मध्यरातमा (देवेन्द्र सुर्केली)

मध्यरातसम्म पनि निन्द्राले छुँदै नछोए पछि म उठेर टुक्रुक्क बस्न पुगेको छु । ठीक अगाडीपट्टिको फाटकमा पव उच्च उच्च स्वरमा घन्किरहेको छ उसलाई पनि मलाई जस्तै पटक्कै निन्द्रा लागेको छैन । निन्द्रा नलागेर नै उ पनि मेरो अगाडि टुसुक्क बस्न पुगेको छ । म प्रष्ट देखिरहेछु मेरा हितैषी एकजना साथी मैले अपलोड गरेको फेसबुकको तस्वीरमाContinue reading… मध्यरातमा (देवेन्द्र सुर्केली)

जिन्दगी (सावित्रा काफ्ले)

अनिदो रात भोका सपनाहरु एक हुल झ्याउकिरीहरु सँगै अभाबको भजन गाउछन् बिबश भएर हराउन खोज्छन मनहरु कबिताको मैदानमा।। नपोखिएको घामका झुल्काहरु समेट्न खोजेर अन्जुलिमा सप्तरङ्गी सपना खेल्छन बिहानी शितबिन्दुमा र यिनै स्वप्निल आकाशमा उमङगित बनेर हराउन खोज्छन मनहरु कबिताको मैदानमा।। अपुरा यात्राहरु बुनेर ईच्छाका धोक्रोहरु सुस्केरा हाल्छन हरेक साँझ थकित यात्राहरु बिना उद्देश्य अर्को पाईलाContinue reading… जिन्दगी (सावित्रा काफ्ले)

स्वतन्त्रताको लागि आवाजहरु (टंक सम्वाहाम्फे)

उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस वालक देखि वृध्दासम्म र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै स्वतन्त्रताको लागि आवाजहरु वस्ति वस्ति ,गाउँ गाउँ गाउवस्तिवाट शहरतिर वढ्दैछन् ,सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि तर आवाजहरुको स्वतन्त्र वेग लिएरContinue reading… स्वतन्त्रताको लागि आवाजहरु (टंक सम्वाहाम्फे)

आत्महत्याको पत्र (समदर्शी काइँला)

आफ्नो भएभरको जायजेथा आँशु पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न बहुरङ्ग सपनाको हाटमा जादा पिन सुक्रीबिक्री फरिफार्छे नभएर यो नियाँस्रो आइतबार समसाँझ म मरुभूमिको लामो पच्याङबाटो हिडेर एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु। र चिद्वैषम्यताले एकोहोरो सोचिरहेछु जीवन फगत काकाकूलको तिर्खैतिर्खा जीवन फगत मृगमरीचिकाको गिर्खैगिर्खा। मेरो म को अस्तित्वContinue reading… आत्महत्याको पत्र (समदर्शी काइँला)

विवाहित कविता (विक्रम सुब्बा)

कविको आँशु  र रगतबाट नयाँ कविता जन्मिई जमानाको खहरेमा उ हुर्की, बढी र जवान भई जवान कवितालाई आफ्नै छातीमा छाप्न अतृप्त सम्पादकहरू आतुर भए जवान कवितालाई आघउँन्जेल दिमागले चाट्न लाठे पाठकहरू पत्रिका पसलहरूमा तैनाथ भए छिप्पट समालोचकहरू तत्पर भए जवान कविताका अंगअंगको रस-चर्चा गर्न यतिकैमा, जवानीले ठीक उद्देश्य भेटेझैँ एकदिन कविताको बिहे भयो र, उContinue reading… विवाहित कविता (विक्रम सुब्बा)

साहित्य महासंघको सहयोगमा खोटाङमा कविता प्रतियोगिता सम्पन्न

विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको आर्थिक तथा नैतिक सहयोगमा खोटाङमा कविता प्रतियोगिता सम्पन्न भएको छ । स्पर्शन साहित्यिक मन्च सिम्पानी खोटाङको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा कवि जीवन चाम्लिङ प्रथम, स्वर्गिय सुमन द्वितिय र अमृत गिरी अश्रु तृतिय भएको खोटाङबाट प्राप्त समाचारमा जनाईएको छ । स्पर्शन साहित्यिक मन्च सिम्पानी, खोटाङका अध्यक्ष कृष्ण श्रीको सभापतित्वमाContinue reading… साहित्य महासंघको सहयोगमा खोटाङमा कविता प्रतियोगिता सम्पन्न

उदाउदो तारा साहित्य समाजको आयोजनामा देउसी कार्यक्रम

पेनाङ्ग,विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाजको आयोजनामा मलेशियाको पेनाङ्गको विभिन्न स्थानमा यहि नोभेम्बरको ५ तारीकको साँझ देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली मात्रको दोस्रो महान चाड दिपावलीको अवसरमा खेलिएको उक्त देउसी भैलोमा प्रवासमा कार्यरत सम्पुर्ण नेपालीहरु खुशीमा झुम्दै एकापसमा रमाएका थिए । प्रवासमा पनि आफ्नो सस्कृति बचाउन साथै थोरै भएContinue reading… उदाउदो तारा साहित्य समाजको आयोजनामा देउसी कार्यक्रम

प्रथम अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिता सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवक युवती दुबैलाई प्रतिनिधित्व गर्छ वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।Continue reading… प्रथम अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिता सार्वजनिक

विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण

बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्ले र रमेशContinue reading… विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण

साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने

विश्व नेपाली साहित्य महासङ्घ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज वेलायत तथा ब्रुनाईले यस बर्ष पनि नेपालका सडक बालबालिकालाई भाईटिकाको साथमा खानपीन गराउने भएको छ । धरानकी समाजेसेवी निलिफा सुब्बाले विगत केही बर्षदेखि निरन्तर सडक बालबालिकालाई बर्ष दिनको चार्ड तिहारमा अरु अभिभावक भएका नानीहरुले रमाइलो गरि मनाई रहेको बेला आफ्नो भन्ने कोहि नभएका वेसहारा बालबालिकालाई टिकाContinue reading… साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने