बहुभाषिक सृजना वाचन भव्य रुपमा सम्पन्न

काठमाडौं, २१ फेब्रुअरी २०२४ गणेश वाम्बुले राई – विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली भाषाकाContinue reading… बहुभाषिक सृजना वाचन भव्य रुपमा सम्पन्न

पारसमणि जयन्ती तथा कृति लोकार्पण भव्यरुपमा सम्पन्न

१४ जनवरी २०२४विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ”पारसमणि जयन्ती तथा अनुवाद कृति लोकार्पण” आज १४ जनवरी २०२४ आइतवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ । नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याउनुहुने वरिष्ठ साहित्यकार, भाषाविद्, सम्पादक, व्याकरणविद्, कवि, कथाकार, नाटककार, निबन्धकार डा. पारसमणि प्रधानको १२६औँ जन्मजयन्तीको अवसरमा विनेसाम केन्द्रले आज भर्चुअल्ली भव्य कार्यक्रमकोContinue reading… पारसमणि जयन्ती तथा कृति लोकार्पण भव्यरुपमा सम्पन्न

परिचयात्मक तथा वाचन कार्यक्रम सम्पन्न

५ जनवरी २०२४ विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले आज पौष २० गते २०८०//५ जनवरी २०२४ शुक्रवार प्रदेश र जिल्ला जोडेर परिचयात्मक तथा रचना वाचन कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरेको छ । सचिव कृष्ण ब केसीको स्वागत मन्तव्यसँगै गतिलिएको कार्यक्रममा विनेसाम केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्व, विनेसाम केन्द्रीयContinue reading… परिचयात्मक तथा वाचन कार्यक्रम सम्पन्न

सिर्जना वाचन तथा कर्णाली दर्पणको समिक्षा

१५ डिसेम्बर २०२३/शुक्रवार विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १५ डिसेम्बर २०२३/शुक्रवार आफ्नो नियमित सिर्जना वाचनको ४४औँ शृङ्खला तथा विनेसाम कर्णाली प्रदेशद्वारा प्रकाशित संयुक्त कृति ”कर्णाली दर्पण”को समिक्षा भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो । कार्यक्रमको प्रारम्भ ”कर्णाली दर्पण”को समिक्षाबाट भयो । लिखित शब्दका माध्यमबाट गरिने कलाकृतिको टीकाटिप्पणी र व्याख्या/विवेचना समालोचना हो – टीएस इलिएट – यीContinue reading… सिर्जना वाचन तथा कर्णाली दर्पणको समिक्षा

विनेसाम त्रैमासिक साहित्य गोष्ठी सम्पन्न

०२ डिसेम्बर २०२३, गोमा राना,विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा बेलायतले त्रैमासिक साहित्य गोष्ठी गत २ डिसेम्बर का दिन सम्पन्न गरेको छ । मध्यान्न १२ बजे सुरु भएको सो भर्चुअल साहित्यिक कार्यक्रम विनेसाम केन्द्रीय जुमबाट बह्येको थियो। शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षता रहेको कार्यक्रमलाई स्वागत मन्तव्य गोमा रानाले गर्नुभएको थियो भने कार्यक्रम सचिव शान्तिContinue reading… विनेसाम त्रैमासिक साहित्य गोष्ठी सम्पन्न

लक्ष्मीजयन्ती तथा शुभकामना कार्यक्रम सम्पन्न

१३ नोभेम्बर, विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज १३ नोभेम्बर २०२३ सोमवार ”देउसी/भैलो तथा शुभकामना” कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरेको छ । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती हामीले विशेष रुपमा सम्झदै तिहारको शुभकामना आदानप्रदान गरियो । कार्यक्रममा आसनग्रहण पश्चात् संस्थाका अध्यक्ष तथा आजको कार्यक्रमका सभापति श्री सुरेन्द्र लिम्बू परदेशीज्यूले तिहारको, आउदैContinue reading… लक्ष्मीजयन्ती तथा शुभकामना कार्यक्रम सम्पन्न

विनेसाम गण्डकीद्वारा विशेष कार्यक्रम सम्पन्न

प्रकाश अधिकारी, पोखरा, २६ कार्तिक विश्व साहित्य महासङ्ग गण्डकी प्रदेशले ११५औँ लक्ष्मीजयन्तीको अवसरमा देवकोटाको स्तुत्यकार्यको प्रशंसा गदै श्रद्धासुमन अर्पण गरेको छ । विनेसामले भर्चुअलरुमा सातै प्रदेशका घगडान कवि तथा साहित्यकारहरुको विशेष उपस्थितीमा लक्ष्मीजयन्ती विशेष रचनावाचन गरेको छ । कार्यक्रममा वाचकले विम्ब, प्रतिक र अलाङ्कारले भरिएका छन्द, छन्दमुक्त कविता, गजल, मुक्तक र कथा, लघुकथा सुनाए ।Continue reading… विनेसाम गण्डकीद्वारा विशेष कार्यक्रम सम्पन्न

११५औँ लक्ष्मीजयन्तीमा विनेसाम गण्डकीले विशेष रचनावाचन गर्ने

पोखरा, कार्कीक २५,विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेश (विनेसाम)ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्म जयन्तीका अवसरमा शुभकामना आदनप्रदान तथा विशेष रचनावाचन गर्ने भएकाे छ । विनेसाम गण्डकी प्रदेशले लक्ष्मी पूजा तथा देवकोटाको ११५औँ जन्मजयन्तीका अवसरमा कार्तिक २६ गते परिचयात्मक शुभकामना आदनप्रदान तथा विशेष रचनावाचन गर्ने आयाेजकले जनाएकाे छ । विनेसाम नेपाल शाखाकाे समन्वयनमा गण्डकी प्रदेशलेContinue reading… ११५औँ लक्ष्मीजयन्तीमा विनेसाम गण्डकीले विशेष रचनावाचन गर्ने

विनेसाम गण्डकी प्रदेशद्वारा विशेष कार्यक्रम सम्पन्न

६ अक्टोबर २०२३/पोखराप्रकाश अधिकारी : साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” को एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको अनलाइन विमोचन समारोहमा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशिल सिस्नुपानी नेपाल तथा फित्कौली अनलाइन पत्रिकाका संस्थापक नरनाथ लुर्इंटेलको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि लुईटेलले नेपालीContinue reading… विनेसाम गण्डकी प्रदेशद्वारा विशेष कार्यक्रम सम्पन्न

बागमती प्रदेशद्वारा कृति लोकार्पण साथै ललितपुर शाखा घोषणा

असोज १३ गते २०८०/१ अक्टोबर २०२३ शनिवार, विश्व नेपाली साहित्य महासङ्घ बागमती प्रदेश शाखाकाे आयोजनामा कवि बुद्धिमान महर्जनकाे पारदर्शी कविता सङ्ग्रह लाेकार्पण तथा विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला घोषणा आज १३ असोज २०८०/ ०१ अक्टोबर २०२३ शनिवार भव्य रुपमा सम्पन्न भएको छ । महेन्द्र आदर्श माध्यामिक विद्यालय ललितपुर इमाडाेलमा सम्पन्न समाराेहकाे अध्यक्षता बागमती प्रदेशकाContinue reading… बागमती प्रदेशद्वारा कृति लोकार्पण साथै ललितपुर शाखा घोषणा