विश्व नेपाली साहित्य महासङ्घको सञ्जाल विस्तार, अमेरिका र अफ्रिकामा नयाँ शाखा

काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्दै संयुक्त राज्य अमेरिका र अफ्रिका शाखा गठन गरेको छ । महासङ्घका अध्यक्ष डा. लेखनाथ काफ्लेको अध्यक्षतामा जुलाई १९ मा बसेको केन्द्रीय समितिको बैठकले दुवै शाखाको कार्यसमिति घोषणा गरेको हो ।

सन् २०१० मा स्थापना भएको महासङ्घले विश्वभर छरिएर रहेका नेपाली साहित्यकार, स्रष्टा र सर्जकलाई एउटै सञ्जालमा आबद्ध गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार तथा प्रवर्द्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

संयुक्त राज्य अमेरिका शाखाको अध्यक्षमा रीता देवी प्रधान ‘रुमाथ’ चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा मोहन यादव, उपाध्यक्षमा शकुन्तला अधिकारी (खनाल), महासचिवमा यशोधा लामा, संगठन सचिवमा अनिल मल्लिक, सचिवमा हरिकृष्ण अधिकारी, कोषाध्यक्षमा कृष्णेश्वरी श्रेष्ठ तथा सदस्यमा प्रमिला मानन्धर, श्रीजना भट्ट, कविता घिमिरे र केशी श्रेष्ठ चयन हुनुभएको छ । सल्लाहकारमा राम लामा ‘अविनाशी’, केशर ताम्राकार, सरला श्रेष्ठ, सुन्दरी सुनी गुरुङ र विजय चौधरी रहनुभएको छ ।

यस्तै, अफ्रिका शाखाको अध्यक्षमा रमेश शर्मा चयन हुनुभएको छ । संरक्षकमा हिक्मत थापा, सल्लाहकारमा मन थापा र कुल कार्की, उपाध्यक्षमा राजु थापा, महासचिवमा कृष्ण गिरी, सचिवमा विष्णु गिरी, कोषाध्यक्षमा विकास डंगोल तथा सदस्यमा कृष्णचन्द्र सेढाई र अयुब अली रहनुभएको छ ।

महासङ्घले नवगठित दुवै शाखाले सम्बन्धित क्षेत्रमा नेपाली भाषा, साहित्य र कलाको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय साहित्यिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । केन्द्रीय समितिले नवगठित शाखाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *