घोडा (गोविन्द गिरी प्रेरणा)

(कथा)

वासिङ्गटन डि.सी. को डलस अन्तर्राष्ट्रिय विमान स्थलको आगमन कक्षमा आइपुगेपछि धर्मराजले श्रीमतीलाई भने -बुझिस् बुढी ! अमेरिका आइपुगियो । यही हो अमेरिका !
धर्मराजको कुरा सुनेर सुभद्रा एकछिन त ट्वाल्ल परिन् अनि झट्ट सम्झेजस्तो गरी भनिन् -कत्ति न पानी पँधेरो गरे जस्तो गरी भन्नु भा !
धर्मराजले मस्किंदै भने- म जे भए पनि देश खाएर शेष भाको हुँ नि त ! अमेरिका नआए पनि आए जस्तै हो मलाई !
सुभद्राले क्यै जवाफ दिइनन् ।
आगमन कक्षको सबै झण्झट सकेर उनीहरु विमानस्थल भवनको बाहिर सडकमा निस्किए । सडकको पेटीमा उनीहरु जस्तै तर विभिन्न मुलुकका मानिसहरु सुटकेस ह्याण्डब्यागहरु घिसार्दै गुडाउँदै र लतार्दै आफन्तका गाडी ट्याक्सी आदिको प्रतीक्षामा उभिइरहेका थिए ।
एक्कासि आएको सिरेटोले कानलाई हिउँ झैं चिसो बनाएको अनुभव भयो दुवैलाई । यसो हेर्दा सडकमा पेटीमा टाढा टाढा जताततै भुइँमा हिउँ जमेको दृश्य देखे ।
सुभद्राले सुइय लामो सास फेरिन् ।
जाडो भो धर्मराजले सोधे ।

निद्राले टाउको रिङाइरहेछ जाडो त छँदैछ । सुभद्राले भनिन् ।
दुवैको आँखा छोराको खोजीमा थियो । दुई वर्ष यता उनीहरुले छोराको मुख देख्न पाएका थिएनन् । योग्य छोरा पाइएछ । धर्मराजको मनले भन्यो ।
छोराको भाग्यले अमेरिका आउन पाइयो । सुभद्राको मनले भन्यो ।
लौ कतिखेर आइपुग्नु भयो बाटोमा क्यै तकलिफ त भएन एक्कासि सामुन्ने उदाएको छोरा प्रवीणले भन्यो ।
धर्मराजको ओठ हाँस्यो ।

छोरा अर्थात् प्रवीणले बुबा आमालाई ढोग गर् यो । त्यसपछि भन्यो- ट्राफिकले मार् यो बाटोमा अनि ढिलो भयो । जवाफमा उनीहरुले क्यै भनेनन् ।
वास्तवमा छोराले के भनेको त्यो उनीहरुले राम्रै भेउ नपाएर चुप लागेका थिए ।
प्रवीणले सुटकेश कारको डिक्कीमा राख्यो । अरु झोलाहरु पछाडिको सिटमा राख्यो अनि बुबालाई भन्यो -तपाईं अगाडि बस्नोस् !
धर्मराज अगाडि बसे । प्रवीणले सिटबेल्ट बाँधिदियो ।
मलाई चैं त्यो के जातीले बाँध्न पर्दैन सुभद्राले छोरालाई सोधिन् ।
पर्दैन आमा ! अगाडि मात्रै हो ! प्रवीणले भन्यो ।

त्यसपछि प्रवीणले कार गुडायो र लोर्टन भर्जिनियाको गन्तव्यतिर लाग्यो ।
पहिलोपल्ट लामो उडानबाट आएका बूढाबूढी थकित थिए । घरमा पुग्ने बित्तिकै प्रवीणले सोध्यो -बा ! आमा ! क्यै खानुहुन्छ कि
धर्मराजले भने – भैगो बाबु भोक छैन ! पिलेनमा के के जाती ख्वाइरहँदो रहेछ भोक छैन ।ू सुभद्राले भनिन् ।
प्रवीणले बा आमालाई भनेर खाली गरेर राखेको कोठामा लग्यो । खाट मिलाएको तन्ना मेच यौटा टेबुल ! भुइँमा गलैंचा । भित्तामा बडेमानको पेण्टिङ !
धर्मराज दङ्ग परे ।
रेष्टरुम यहाँ छ । छोराले कोठासँगैको ढोका देखाउँदै भन्यो- नुहाइ धुवाइ त भोलि गरे हुन्छ नि !
दुवैले मुण्टो हल्लाए ।
छोरो गयो ।
एकै छिनमा पुनः छोरो कोठामा आएर एक बोतल पानी टेबुलमा राख्यो ।
आमा ओछ्यानमा पल्टिसकेकी थिइन् ।
धर्मराजले सोधे- बुहारी नाति खै त !
बुहारी काममा गाुकी छ । अब ३ घण्टामा आउँछे । नाति चैं छिमेकमा गाुछ । प्रवीणले भन्यो ।
ए ! यत्ति भने बूढाले ।
त्यसपछि प्रवीण कोठाबाट बाहिरियो ।
बिहान ढोका ढकढक गरेपछि दुवैको निद्रा खुल्यो । धर्मराजले ढोका खोले ।
बाहिर नाति रहेछ ।

मेरो नातिु भनेर धर्मराजले नातिलाई अँगालो हाले । नाति बूढाको छातीमा लपक्क टाँसियो ।
यत्तिकैमा बुहारी भावना देखा परी ।
भावनाले ढोग गरी सासू ससुरालाई ।
ल हजुर बुबालाई दुःख नदे ! उहाँहरु तयार भएर आउनुहुन्छ अनि सँगै ब्रेक फास्ट खाने ! भावनाले भनी !
म हजुरबा हजुरआमासँगै आउँछु नाति विपुलले भन्यो ।
हैन हैन दुःख नदे ! भन्दै भावना गई । धर्मराज र सुभद्रा दुवैले नुवाइ धुवाइ सके ।
यतिाजेल नाति उनीहरुको कोठाबाट बाहिरिसकेको थियो ।
तल बैठक कोठामा भावना टि.भी. हेर्दै थिई । नाती विपुल चािहं यौटा अरमट्ठिएको कालो ठिटोको ढाडमा चढेर हट् घोडा हट् भनिरहेको थियो ।
यो को हो धर्मराजलाई सोध्न मन लाग्यो ।
यो को हो सुभद्रालाई सोध्न मन लाग्यो ।
तर दुवै चुप लागे ।

ल अब ब्रेकफास्ट खाने ! भावनाले भनी ।
सबैजना त्यसपछि डाइनिङ टेबुल वरिपरि बसे । पाउरोटी जाम बटर सिरियल दूध चिया कफी सबै थियो ।
विस्तारै सबैले चिया कफीसँगै पाउरोटी लगायतका इच्छा लागेका खानेकुरा खान थाले ।
अनि छोरो ॥ सुभद्राले सोधिन् ।
ल उहाँको त अफिसियल जब छ नि ! बिहान आठै बजे पुग्नुपर्छ । पाँच बजे छुटेर आउनुहुन्छ । हप्तामा ३ दिन पार्ट टाइम पनि जानुहुन्छ । त्यत्तिबेला चैं राति १२ बज्छ । भावनाले भनी ।
म चािहं दिउँसो ३ बजेदेखि ११ बजे रातिसम्म काम गर्छु । भावना भनी – यो मोरो घोडा छ मलाई चािहं यसैले ल्याउने पुर् याउने गर्छ । किनमेल गर्न पनि सघाउँछ ।
ब्रेक फास्टपछि उनीहरु सबै बैठक कोठाको सोफामा बसे । त्यहाँ कुनै च्यानलमा अंग्रेजी फिलिम लागिरहेको थियो । विपुलले रिमोट समातेर तुरुन्तै कार्टून लगायो र एक्लै रमाउन थाल्यो ।
छोराको विण्टर ब्रेकु छ साह्रै हैरान गर्छ । स्कूल गयो भने त झण्झट थिएन । अब हजुरहरु हुनुहुन्छ अलि ढुक्क भयो । बुहारीले भनी ।

यत्तिकैमा भावनाको सेलफोनको घण्टी बज्यो र उठाई ए तिमीहरु तयार भइसक्या हेर न हिजो किन्न भ्याइन अब छिट्टै निस्केर जान्छु गिफ्ट किन्न अनि एक घण्टाभित्र आइपुग्छु है ! … ओ के बाई !
फोन टेबुलमा राखेर भावनाले भनी- आज यौटा साथीको बर्थ डे लाचको प्रोग्राम थियो बाहिर जानु छ । हजुरहरु बस्दै गर्नोस् नातिसँग यो घोडाले मलाई पुर् याएर आउँछ अनि खाना दिन्छ राम्ररी खानु होला ।
धर्मराज र सुभद्राले केवल मुण्टो हल्लाए ।
एकै छिनमा बुहारी घोडासँग निस्किई ।
घर अगाडि पार्किङ गरेको गाडीमा पुगेकी भावनालाई विपुलले ुबाई मम्मीु त भन्यो तर उसले सुनिन ।
धर्मराज र सुभद्राको मन त्यो हुइँकिएको कारको हावाको झोंक्काले भित्रैसम्म चिसो भयो ।
छोरा बुहारी बूढा र बूढी र नाती पाँचैजना डाइनिङ टेबुलमा वरिपरि बसेका थिए । पहिलोपल्ट यो साथ जुरेको थियो । धर्मराज र सुभद्रा अमेरिका पुगेको झण्डै एक महिनापछि यो मौका जुरेको थियो ।
धर्मराजले आज छोरासँग रेड वाइन पिए । छोराले मुटु बलियो पार्छ भनेपछि धर्मराजले हौँसिएर लौ तु भनेर गिलास उठाए । बूढीले निकै कर पछि गुलियो हुन्छ भनेर बुहारीले साह्रै गरेपछि आधा गिलास ह्वाइट वाइन् पिइन् । विपुलले चािहं अंगुरको जुस पियो ।
खाँदा खाँदै धर्मराजले भने -अब नेपाल फर्कने विचार छैन हैन त !

जान त मन छ नि तर के गर्ने यो घर गाडी सुविधा – यी सबले बाँधेको छ । यो छोराको पढाइ यसले बाँधेको छ । सबथोक फुकाउँछु भन्दा भन्दै दिन बित्छ उमेर बित्छ । सबैको यस्तै छ यहाँ ! प्रवीणले भन्यो ।
अनि हामी बूढाबूढी चैं नेपाल कुरेर बस्ने सुभद्राले भनिन् ।
हैन त्यसो होइन । अब हामी १/२ वर्षमै अमेरिकाको नागरिक बन्छौं तपाइर्ंहरुलाई सिधै गि्रनकार्ड प्राप्त हुन्छ । त्यसपछि ६ महिना नेपाल बस्नुस् ६ महिना अमेरिका । यता नियास्रो लागे उता उता नियास्रो लागे यता । झन् रमाइलो !ू भावनाले भनी ।
हुन त हो भन्न कति सजिलो छ हगि धर्मराजले भने ।
हैन त्यो मोरो घोडा अझै आएन । सँगै खान्थ्यो नि मोराले ! भावनाले भनी ।

यसको प्रत्युत्तरमा क्वै बोलेनन् ।
भोक लाग्यो कि आमा ! प्रवीणले सोध्यो ।
छैन ! यति विधि खाइयो ! खानै खान नपर्ने जस्तो ! सुभद्राले भनिन् ।
खाउँ न अलिकति खाना । तयार गर । प्रवीणले भावनालाई भन्यो ।
भावनाले कता कता वेमनले खानाका परिकारहरु टेबुलमा सजाउन थाली ।
खानापछि उनीहरु केहीबेर बैठकमै गफमा लागे ।
प्रवीणले भन्यो -अब भोलि हामी लूरे पहाड जाने । तपाईंहरुलाई नेपालको बाइरोडको बाटोको झझल्को आउँछ । भोलि मेरो पूरै खाली छ । कतै कुनै काम छैन ।
म त भोलि बेबी सावरमा जानु छ । ३ जना जाने सल्लाह छ । भावनाले भनी ।
अलि ढिलो गए हुन्छ भने सबै जना जाँदा राम्रो … यत्ति भन्यो प्रवीणले ।
हेरौं ! भावनाले भनी ।
आखिर भावना नजाने भई र धर्मराज सुभद्रा प्रवीण र विपुल लूरेतिर लागे ।
अग्लो पहाडको टाकुराबाट घरि यता घरि उता गुडिरहँदा जताततै दृश्यहरु रमाइलो देखिन्थ्यो । कति ठाउँमा गाडी रोकेर सुस्ताउने दृश्यावलोकन गर्ने ठाउँहरु थिए त्यहाँ । त्यस्ता ठाउँमा रोक्दै फोटो खिच्दै गाडीमा राखेको कुलबक्सबाट चिसो पेय-कोक फेण्टा पानी जुस पिउँदै घण्टौं उनीहरु स्काइ लाइन ड्राइभमा रमाइरहे ।
सुभद्राले प्वाक्क भनिन्-बुहारी पनि भइदिएकी भए कति रमाइलो हुन्थ्यो ।
जवाफमा प्रवीणले क्यै भनेन ।
एकछिन पछि विपुलले ओठ खोल्यो -ममी त घोडा अंकलसँग जानु भोु होला ।
शान्त पोखरीमा ढुङ्गा हानेजस्तो भयो विपुलको यो वाक्य ! कोही कसैले प्रतिकि्रयामा क्यै बोलेनन् । तर त्यसको तरङ्ग भने सबैको मनमा पोखरीमा झैं फैिलंदै फैलिँदै गयो ।
स्काइ लाइन ड्राइभु त निकै लामो थियो । साँझ पर्ला जस्तो भएपछि प्रवीणले भन्यो-अब फर्कौं होला । यो त अनन्तै छ लामो ।

हुन्छ फर्कौं । धर्मराजले भने ।
उनीहरुको यात्रा अब ओरालो लाग्यो ।
घर आइपुग्दा घर सुनसान थियो ।
उनीहरु घर पुगेको २ घण्टा जति पछि घोडा आइपुग्यो । यसो एकैछिन सँगै बस्यो । प्रवीणले भन्यो-यो केटो पाजावी हो । बाबु आमाले सानैमा छाडेछन् र यो कहिले कहाँ कहिले कहाँ बस्दो रहेछ । एकदिन यौटा स्टोरमा फेला पर् यो । यसलाई यौटा कोठा चाहिएको रहेछ । हामीलाई पनि त्यतिबेला ३ बेड रुमको कोठा बढ्तै भइरहेको थियो । २÷४ पैसा जोगाउन यसलाई राख्यौं । अब त यो घरकै सदस्य झैं भइसक्यो । यो पनि हामीलाई छाड्न चाहन्न । हामीलाई पनि यो भएर सजिलै भएको छ ।
कफी चिया के बनाउँ घोडाले भन्यो ।
कफी बनाऊ न सबैलाई । प्रवीणले भन्यो ।
कफी बनाउँदा बनाउँदै उसको सेल फोनको घण्टी बज्यो ।

हजुर म आइहालें ! उसले यति भनेर फोन राख्यो र हतार हतार धर्मराज सुभद्रा र प्रवीणलाई कफी कपमा राखेर दियो अनि भन्यो-म्याडमलाई लिएर आउँछु ।
म पनि जान्छु ! विपुलले भन्यो ।
ल हिँड ! उसले भन्यो र घोडा र विपुल भावनालाई लिन हिँडे ।
किन किन यो घोडा मलाई मनै परेन । के तिमीहरुलाई यसको घर भाडा नभए घरै नचल्ने हो सुभद्राले भनिन् ।
त्यसो होइन आमा ! यसले सजिलै भा छ । छोरालाई स्कुलबाट ल्याइदिन्छ । बुहारीलाई काममा जाँदा आउँदा परेको बेलामा ल्याउने लैजाने गर्दछ । महिनाको पाँचसय डलर पनि दिन्छ । भाँडा माझ्न लुगा धुन सहयोग गर्छ । फेरि विपुललाई साथी पनि भएको छ । प्रवीणले भन्यो ।

तै पनि … आमाले अलिकति मुख बिगारेर भनिन् ।
स-परिवारै गएको हप्ता यौटा पार्टीमा गएका थिए ।
कसैले खासखुस भनेको थियो- प्रवीण त नामर्दै हो ! स्वास्नीले घरमा घोडा पालेकी छ । कस्तो असजिलो नलागेको !
यो सुनेर धर्मराजलाई भाउन्न होला झैं भएको थियो । सुभद्रा पनि त्यसै त्यसै तिलमिलाएकी थिइन् ।
त्यसैले सुभद्राले घोडा मन नपरेको कुरा छोरालाई सुनाएकी थिइन् । तर छोराले यसलाई हल्कासँग र सहज रुपले लिएपछि भन्ने सुन्ने कुनै कुरा बाँकी रहेन ।
फेरि व्यस्तताको मौसम सुरु भयो ।
विपुल बिहानै स्कुल ।
प्रवीण बिहानै काममा ।

बुहारी भावना बाह्र बजेसम्म ओछ्यानमै त्यसपछि छिटो छिटो नुहाइ धुवाइ अनि खानापछि घोडालाई लिएर काममा । घोडाचािहं बिहानै काममा निस्केपछि विपुललाई लिएर दिउँसो आइपुग्थ्यो र भावनालाई लैजाने र खाना खाने समय ठिक्क पारेर आइपुग्थ्यो ।
धर्मराज र सुभद्रा त्यसपछि झण्डै मध्यरातसम्म कहिले टि.भी. हेर्दै त कहिले यसो निस्केर बाहिर परसम्म पुग्थे । नजिकको पार्कमा पुगेर अमेरिकाको स्वच्छ सफा नीलो आकाश हेर्दै घरको विरक्तलाग्दो वातावरणप्रति विचार विमर्श गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *