दोबाटोमा एक्लै भेटे तिमीलाई (सीता सन्ध्या राईँ शाही)

(गीत)

दोबाटोमा एक्लै भेटे तिमीलाई
यो मनमा बेग्लै सजाएँ तिमीलाई

जानी जानी तिम्रो मनको घाउँ
आए म त सरासर तिमी छेउ
तिम्रो पीर मेरो ब्याथा आपसमा बाँडौला
बिहानीले खुशी ल्याए संगै हाँसौला

दोबाटोमा एक्लै भेटे तिमीलाई
यो मनमा बेग्लै सजाएँ तिमीलाइ
जीवन भन्नु अचम्मको धुन हो

कहिले औंसी कहिले पूर्णिमाको जून हो
चर्खा जस्तै घुमी घुमी दुःख सुख आउछ
माया साटी हेर थाहै नपाई जुनि बित्छ

दोबाटोमा एक्लै भेटे तिमीलाई
यो मनमा बेग्लै सजाएँ तिमीलाई

– भक्तपुर नेपाल

One thought on “दोबाटोमा एक्लै भेटे तिमीलाई (सीता सन्ध्या राईँ शाही)

  1. Sita ji aviwadan.
    Sancha kuahalai hunu hun6 holany ? Malai chinnu bhayo uhilai Itaharima hami sangai [adhthyauni thaha 6 ? Tapaiko rachana ta dui choti hamro pustakma chhapiyo tara hamima samparka huna dakena . Kripaya tapaiko samparka no malai dinu bhaama ramro hune thiyo.
    Uhi Surendra Limbu
    email- skparadeshi@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *