२५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

२९ वैशाख २०८२//१२ मे २०२५ सोमवार
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज २९ वैशाख २०८२ तदनुसार १२ मे २०२५ सोमवार जुम भर्चुअल माध्यमबाट २५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा समपन्न भयो । कार्यक्रमको शिर्षक ”सम्बोध विमर्श” दिइएको थियो ।

– सभापति विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी
– प्रमुख अतिथि रसियाका लागि महामहिम नेपाली राजदुत प्रा. डा. जङ्गव चौहानज्यू,
विशिष्ट अतिथिज्यूहरू-
– प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ, कुलपति त्रिपुरा विश्वविद्यालय, भारत
– प्रा.डा. भीम खतिवडा, पूर्व उपकुलपति तथा शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय ।
– प्रा.डा. डिम्बृल डासिबाल्दानोभ, शिक्षाध्यक्ष, बुद्धिज्म विश्वविद्यालय, रसिया ।
– श्री भीम उदासज्यू – पूर्वराजदुत तथा वरिष्ठ भाषासेवी , काठमाण्डौ ।
– प्रा.डा. दिवाकर प्रधान, अध्यक्ष, भारतीय भाषा विभाग, काशी हिन्दू विश्वविद्यालय, वाराणशी ।
– प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ विद्धान, त्रिभुवन विश्वविद्यालय, नेपाल
– प्रा.डा. महेश प्रधान, अध्यक्ष, नेपाली विभाग, साउथफिल्ड कलेज, दार्जिलिङ।
– डा. इन्द्रमान सुब्बा, बुद्धधर्ममा विद्यावारिधि ।
– डा. गीता क्षेत्री , साहित्यकार, दार्जिलिङ, भारत ।
– श्री दिनानाथ राजभण्डारी, उपाध्यक्ष, रूस नेपाल मैत्रीसंग तथा बुद्धधर्म अभियन्ता ।
– श्री चिनीमाया माझी, अध्यक्ष, नेपाल माझी संघ केन्द्रीय समिति ।
~ अतिथिज्यूहरू…
– श्री डम्बर पहाडीज्यू, काठमाडौं ।
– कवि, कविता राई, भोजपुर ।
– जमा वाम्बुले राई लिम्बु, इलाम ।
विनेसाम केद्रीय सल्लाहकारज्यूहरू, पदाधिकारीहरू, राष्ट्रिय शाखा, प्रदेश र जिल्लाहरूबाट जोडिनुभएको थियो । साथै आजीवन सदस्य र थुप्रै साहित्यिक मनहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम ”सम्बोध विमर्श”मा विनेसाम केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको स्वागत मन्तव्य पछि केही रचना वाचन, केही शुभकामना र केही मन्तव्य पश्चात् प्रा.डा. डिम्बृल डासिबाल्दानोभ (शिक्षाध्यक्ष, बुद्धिज्म विश्वविद्यालय, रसिया)ज्यूलाई ”विनेसाम बोधी सम्मान २०२५”द्वारा सम्मानित गरियो । सम्मान भएपश्चात् वहाँले आभार व्यक्त गर्नुहुँदै मानव कल्याणका कार्य गर्न अझ प्रेरित गरेको भन्दै खुसी भएको अभिव्यक्ति दिनुभयो र यसलाई विनेसमा केन्द्रीय उपाध्यक्ष गोविन्दप्रसाद गौतमले अनुवाद गर्न सहयोग गर्नुभयो ।
कार्यक्रममा बुद्ध दर्शनमा विद्यावारिधि गर्ने र बुद्ध धर्म अध्ययन-अनुसन्धान गर्नुहुने विद्वानहरूले महत्वपूर्ण मन्तव्य तथा शुभकामना राख्नुभयो । डा. इन्द्रमान सुब्बा, प्रा. डा. भीम खतिवडा, प्रा. डा. महेश प्रधान, प्रा. डा. दिवाकर प्रधान, डा. मौसम शर्मा, डा. मदन मानन्धर, प्रा. डा. जङ्गब चौहानज्यू, प्रमुख अतिथि (रसियाका लागि महामहिम नेपाली राजदुत)ले निकै महत्वपूर्ण कुराहरू राख्नुभयो ।

भीम विरही राई, डम्बर पहाडी ‘एलाक’, कविता राई, जमा वाम्बुले राई लिम्बु, देविका मंग्राती राई, चरित्र शाह आदिले सिर्जना वाचन गर्नुभयो ।

”सम्बोध विमर्श” कार्यक्रममा उपस्थित् हुनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू लगायत संस्थामा आबद्ध लगायत नेपाली भाषा-साहित्यलाई मायागरि साथ दिनुहुने समस्तप्रति आभार व्यक्त गर्दै कार्यक्रमका सभापति विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रम समापन गर्नुभएको कार्यक्रमलाई महासङ्घकी केन्द्रीय महासचिव श्री सुनिता राई कन्दङ्वाज्यूले सञ्चालन गर्नुभएको थियो ।

One thought on “२५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

  1. सहित्य जीवन दर्शन हो। आवश्यक्तामा साहित्य
    बौद्विक सम्पत्ति भएर देखा पर्दछ ।

    कृपया , विश्व नेपाली साहित्य संघको कार्यक्रमहरूमा म पनि सहभागी हने चाहना भएकोले , मेरो लेखन पठाउने ठेगाना , फोन न.
    आदि जानकारी गराईदिन हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *