जुलिया अनि म (इन्दिरा चोङ्बाङ)

आज बिहान ५ बजे मोर्निंग वल्क गएर फर्कदा भर्खर ६.३० बजेछ । आज शनिबार तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ती बडिरहेको छ । म कोठामा सुतिरहेको छोरालाई बिउझायेर जुलिया नआयेको खबर सुनाउछु, छोरा बिउझियेर जुलियाको मोबाइलमा फोन लगाउछ; उनी त्रेनमा आउँदै गरेको खबर पछि मेरो मनमा अली शान्ति आउछ । लिविङ रूममा बसेर केहिछिन सोचे, फेरि किन हो किन किचनतिर जान मन लाग्छ तेसैले तेतैतिर पाइला अघी बडाउछु उत्तिनै बेला जुलियाको प्रबेश । उनको आगमनले आतेस भैरहेको मनमा केही सान्त्वना मिल्यो त्यसाइले फेरि म लिविङ रूमतिर फर्के । जुलिया किचेनमा मेरो लागि ब्रेकफास्ट बनाउन लागि म पनि ब्रेकफास्ट खानको लागि डाइनिङ रूममा गएर बसे ।

यो हप्ता जुलियासँगको अन्तिम भेट, हिजो सम्म अपरिचित एक स्पेनिश युबती आज तीन महिनामा आफ्नै घरको सदस्य झै भएकी छे । उनी मेरो यो तीन महीने अमेरिका बसाइमा एक्दमै आफ्नो मान्छे बनिन । मलाई अहिले मेरो परिवार सँग छुट्न जति गाह्रो भैरहेको छ त्यतीनै पिडा उनी सँग छुत्नु पर्दा पनि छ । मलाई अहिले लाग्दै छ मेरो छोरी मलाइ अत्यन्त माया गर्ने छोरीलाई छोडेर म कही अन्तै जादैछु । मैले जानै पर्छ तैपनी मेरो मन किन यति कम्जोर बनिरहेको छ स्वयम आँफैलाई थाहा छैन । डाइनिङ रुममा यसरी सोचमग्न भएर बसिरहेको थिए एक्कासी ड्याडी अब अमेरिका फेरि कहीले आउनुहुन्छ भन्ने प्रश्नले म झस्किए । यसरी ड्याडी भनेर सम्बोधन गरेको उनले यो प्रथम पटक हो मैले उत्तर दिए अर्को साल । म फेरि गम्भिर भएर सोच्न थाले शायद म नेपाल जादैछु भन्ने थाहा पाएर उनलाई पनि मनमा कतै न कतै पिर परेको हुनुपर्छ नत्र किन यो प्रश्न, यो पनि यतिको समय पछि । जुलियाले ब्रेकफास्ट तयार गरेपछी मेरो टेबलमा राखिदिइन्, म खान थाले । उनी फेरि किचेनमा मेरो लागि लन्च र डिनर तयार गर्न थाली । म खाइसकेर लिविङ रूममा फर्के टि.भी खोलेर न्युज हेर्न थाले ।

मान्छेको मन पनि कस्तो जता गयो, जता बस्यो उतै रमाइलो लाग्ने, हुनत यो अमेरिकाको एक्लो जिन्दगी देखि वाक्क भैसकेको छु । जतिसक्दो चाँडो नेपाल फर्कनु छ मलाई तैपनी यो मनमा चैन भने छैन । शायद म फर्किए पछि मेरो छोरालाई पनि केहिसमय यहाँ एक्लो महसुस होला, जुलियालाई पनि अर्को काम खोज्ने चटारो होला । किन यो मन बेचैन बनिरहेको छ, जब उनले ड्याडी भनिन त्यस्पछी त झन मेरो मन नै पग्लेर आयो । आफ्नै छोरीलाई माया गरु, आफ्नो बेदनाहरु सबै कहु जस्तो लाग्यो तर मैले केही गर्न सकिन । यो तीन महिनाको अवधिमा उनी मेरो खाना बनाउनको लागि जागिरे छिन् तर उनको परिवार कहाँ छ, उनी कहाँ बस्छिन मलाइ केही जानकारी छैन । उनी आउछिन आफ्नो काम गर्छिन बाँकी केही कुरा हुन्न मेरो । मलाइ उनको बारेमा जान्ने धेरै जिज्ञासाहरु छन्, तर चाहेर पनि मैले सोध्न सकेको छैन । जब म उनलाई केही कुरो सोध्न मन लाग्छ त्यतिनै बेला छोराले भनेको कुराले झसँग हुन्छु ” बुवा अमेरिकामा प्राइवेसी एकदम महत्वपुर्ण कुरो हो त्यसैले अर्काको नीजी कुरा सोध्नु यहाँ राम्रो मनिनदैन “, यही कुराले मनमा जति प्रश्नहरु आए पनि मनमै राखे ।
दुई जना छोराको जन्म पछि मेरी प्राण प्यारीले यो संसारबाट बिदा लिईन्, सायद उनले मेरो जीवनमा त्यो भन्दा बढी समय साथ दिएकी भए मेरो पनि यी दुई छोराको साथ साथै जुलिया जस्तै मायालु छोरीको जन्म हुने थियो होला । भाग्यमा भए भन्दा बढी केही पाइन्न भन्छन त्यसैले त होला मैले जे पाये त्यसैमा म सन्तुस्ती छु र हुनु पनि पर्छ । छोरी नभएर के भो र अहिले मलाई माया गर्ने दुई छोरा मात्रै छैनन साथमा दुई बुहारी अनी दुइकै गरि चार नाता नातिनी छन् । जुलियासँग भेटे पछि किन किन मलाई छोरीको कमी महसुस भैरह्यो तर चाहेर पनि मैले कुनै प्रस्नहरु सोध्न सकिन ।

मैले त सुनेको थिए स्पेनिशहरु राम्रो सँग ईंग्लिश बोल्न जान्दैनन्, त्यसैले ज्यादै सस्तो ज्यालामा काम गर्छन् तर त्यसको ठीक उल्टो पाये मैले उनमा । उनी हेर्दा स्मार्ट देखिन्थिन, ईंग्लिश पनि एकदम राम्ररी बोल्थिन र काम पनि एकै छिनमा फटाफट सक्थिन् । शायद उनमा यो एक किसिमको बेग्लाइ कला मान्नु पर्छ । छोराको भनाइ अनुसार उनी एक सिछित युबती हुन उनी कुनै ओफिस्मा काम गर्छिन अनी फुर्सदको समयमा extra पैसाको लागि पार्ट टाइम काम गरेकी हुन् । यहाँ कामलाई सम्मान गरिदो रहेछ भने कुरो जुलियाको काम गराइ बाट थाहा भयो । हाम्रो देशमा अफिसमा काम गर्ने त होईन आफ्नो मान्छे बिदेश्मा छ भने सम्म घरको काम आफै गर्दाइन्न तर यहाँ सबै काम सकेर फेरि पार्ट टाईम यो सम्झदा फेरि मलाइ अर्को प्रश्न सोध्न मन लाग्थ्यो शायद उनको घरमा केही समस्या होला की तैपनी मैले केही सोध्न सकिन । कहीले काही त उनलाई केही सोध्न नसकेकोमा धेरै नै असन्तुस्ती हुन्थे त्यसैले अली अली कुरो कोत्याउथे फेरि उनको यस र नो बाहेक कुन्नै जवाफ नपाए पछि छोराको कुरो सम्झन्थे अनी आफूलाई रोक्थे ।

सबैले भन्छन् छोरा छोरी बडे हुर्के पछि आमा बाबुको मन सन्तोक हुन्छ, मर्दा पनि केही फरक पर्दैन तर खोइ मलाइ अहिले मर्न मन छैन । आधा उमेरमै मेरी सङिनीले मलाई छोडेर गैइ तैपनी मर्ने कुरो मेरो दिमागमा कहीले आएन । सन्तानको सुख र उनिहरुको भबिस्यको लागि जस्तो सुकै त्याग पनि गर्न सकिदो रहेछ । मैले मेरो दुई छोराहरुको खुशी र भबिस्यको लागि अर्को बिहे गरेर सुखी जीवन बिताउने कल्पना कहिल्यै गरिन । अहिले लग्भग ७० बर्ष पुगिसके अब त झन त्यो कुरो मेरो लागि परको बिषय बनिसक्यो । मेरो तपस्याको फल नै मन्नु पर्छ मेरो दुई छोराहरुले मेरो ईच्छा अनुसार पढे । जेठो छोरो नेपालमै राम्ररी सेटल भैसकेको छ, कान्छो छोरालाई दु:ख गरेर अंमेरिका पढन पठाएँ उनले पनि राम्रै नै पढ्यो र यही जागिरमा सेटल भयो । एक्लो बाबुले दु:ख गरेर यहाँ आइपुग्दा कस्को मन पो फुरुङ हुन्न र तेसैले म आफै फुरुङ हुन्छु कहीले काही।

मान्छेलाई सबै कुरा हुँदा हुँदै पनि कुनै न कुनै पिडाले सताइराख्दो रहेछ । छोराहरुको सफलताले गद गद भएको मन जब कान्छा छोराको पारिवारिक कुरोलाई सोच्छु फेरि नराम्ररी घायल हुन्छु । मेरो कान्छा छोराको एक छोरा र एक छोरी छन् तैपनी मैले अमेरिका आएपछी नाता नतिनीबाट पाउने सन्तुस्ती भने पाउन सकिन । छोरा र बुहारी बेग्ला बेग्लाइ अपर्त्मेन्ट्मा बस्छन तैपनी छोरा छोरीको हेरचाह दुबइले गर्छन् । यस बारेमा मैले उनिहरुलाई कति सम्झाये तर उल्टै मलाई नै सम्झाउछन । छोरा भन्छ ” बुवा हामी दुबैको समज्दारीमा हामी अलग अल्ग बसेको हो, हामी दुबैले छोरा छोरीको लागि जिम्मेवारी निभाइ रहेका छौ संगै बस्नु नबस्नु हाम्रो आफ्नै कुरो हो तपाईं चिन्ता नगर्नुहोस् “। उनको यो वाकयले मलाई अरु बढी केही भन्ने हिम्मत नै हुन्न । हुन पनि उनिहरु बीचमा असमझ्दारी छ जस्तो पनि देखिन्न । हरेक दिन आफ्नै श्रीमान श्रीमती जस्तै फोनमा कुरा गर्छन्, बच्चालाई स्कुल लाने, घुम्न लाने पनि पालाई पालो गर्छन् । कतै पार्टीतिर जादा संगै जन्छन त्यसैले मेरो बेचाइनी आफै सन्तोस हुन्छ । बुहारी कहीले काही छोराकोमा आएर मलाइ खाना पनि बनाइदिन्छे तर मलाइ थाहा छैन उनिहरुको केमा असमझ्दारी हो । नेपालमा रहेका नाती र नातिनी बाजे कहीले नेपाल फर्कने हो भन्ने प्रतिछ्यामा छन् तर यहाँ परिवार भएर पनि एक्लो मेरो छोरालाई छाडेर जान एकदम दु:ख लगिरहेको छ ।

मेरो छोराको माया त्यसपछी जुलिया यी दुइजनाका कारण कहीले नेपाल पुगाऔ भएको मनमा किन किन हल छल आइरहेको छ । खोइ बुदेशकाल भए पछि त मरु मरु लाग्छ भन्ने सुनेको थिए त्यो त भ्रम पो रहेछ । नेपालमा नाता नातिनीको मायाले संसार भुलाउछ, फेरि अमेरिकामा आएपछी अर्को माया थपियो । यति धेरै कुरो सोचिरहदा जुलियाले मेरो लागि लन्च डिनर सबाइ बनाइ सकिछे, उनी घर फर्कने तर्खरमा फेरि ड्याडी आइ एमडोन भन्दा पो झसँग भए । बाइ गरेर अन्तिम हात हल्लाए उनको लागि शायद यो अन्तिम बोली थियो, थाहा छैन यो यात्रा अनी यो जीवन भोली फेरि भेट होला या नहोला ।

One thought on “जुलिया अनि म (इन्दिरा चोङ्बाङ)

  1. दिदी तपाइको लेख धेरै राम्रो लाग्यो । अफ लाइन बाट नै भए पनि तपाई संग धेरै कुरा गर्न मन लाग्यो । त्यसैले सक्नुहुन्छ भने मेरो इमेल मा तपाइको बारेमा छोटकरीमा लेखेर पठाइदिनु है त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *