भेट्नै पर्ने उनीलाई रहर प्यारो लाग्यो (ओमनाथ आचार्य “अक्लेश”)

(गजल) भेट्नै पर्ने उनीलाई रहर प्यारो लाग्यो उनी बस्ने रमझम शहर प्यारो लाग्यो मनभरी उमङ्ग थ्यो पुग्नु पर्ने चाँही टाढा दु:ख धेरै भए पनी सफर प्यारो लाग्यो लजाउने गर्छिन उनी सामु पर्दा मेरो लजाउदै मुस्काएको अधर प्यारो लाग्यो कसरी जानु खै शहर यो छोडि अब उनीसग बिताएको प्रहर प्यारो लाग्यो – स्विडेन

दोबाटोमा एक्लै भेटे तिमीलाई (सीता सन्ध्या राईँ शाही)

(गीत) दोबाटोमा एक्लै भेटे तिमीलाई यो मनमा बेग्लै सजाएँ तिमीलाई जानी जानी तिम्रो मनको घाउँ आए म त सरासर तिमी छेउ तिम्रो पीर मेरो ब्याथा आपसमा बाँडौला बिहानीले खुशी ल्याए संगै हाँसौला दोबाटोमा एक्लै भेटे तिमीलाई यो मनमा बेग्लै सजाएँ तिमीलाइ जीवन भन्नु अचम्मको धुन हो कहिले औंसी कहिले पूर्णिमाको जून हो चर्खा जस्तै घुमीContinue reading… दोबाटोमा एक्लै भेटे तिमीलाई (सीता सन्ध्या राईँ शाही)

मुलुकले डाकेको छ (तिलक मल्ल)

(कविता) फर्कौ भो स्वदेशमा अब त मुलुकले डाकेको छ कालो बादल फाटेर सुनौला घाम लागेको छ नयां नेपालको पुनर्निर्माणमा मेचीकाली जागेको छ यस घडिमा देशले हाम्रो पनि भूमिका मागेको छ ।। l अर्काको बाच्छो चाटी मुखभरि रौं भर्नलाई हामी खर्चेर पसिना जीवनभर पर्राईभूमिमा नबसौं दास बनि जन्म्यो जुन धर्तीमा उत्तम छ त्यहीं मर्नलाई पनि बेलाContinue reading… मुलुकले डाकेको छ (तिलक मल्ल)

आमा तिमि ( सन्तोष न्यौपाने)

गाउको धुलो मैलो बस्तिसगैं जन्म दियौ आमा तिमि चराचुरुगिं नदिनाला संग मितेरि गास्दै बाल्यकालमा माटोलाई चिनाऔ आमा तिमि फागुनको हुरि नभनि साउनको भेल सगैं जुध्न सिकाउने तिम्रा ति पौरखि हातहरु सन्तानले दिएको दुखसगैं अटुट सन्तानकालागि रुकेका छैनन ति पौरखि हातहरु हिजो तिमिले माटो चिनाएर हुर्काएका सन्तानहरु आज तिमिमाथि उल्टै ब्रजपात गर्दैछन तिमिले दिएका शिक्ष्ँदिक्ष्ाँ असलकुराहरुContinue reading… आमा तिमि ( सन्तोष न्यौपाने)

सावादी -बैंकक (खगेन्द्र पन्धाक चुम)

बाइयोक टावरभन्दा अलि अग्लो रहेछु र देखें ? यसले छेलेको चाउफ्राया किनारका वस्तीहरु ! उसो र संझिरहें-मेरो माझी गाउँ सावादी ख्राप ! यहाँका सडकमा सबै हिंड्न सक्दैनन्- भीरै-भीर जस्तो यहाँका बतीहरु सबैलाई उज्यालो हुँदैन घाम लागे जस्तो भो’ सियामीहरु ! तिमेरुको सोम्ताम जस्तो स्वादिलो छैन यो बैंकक पहेंला गुम्बाहरुका ठूला-ठूला ऐनामा आफुलाई निलो देख्न आएकोContinue reading… सावादी -बैंकक (खगेन्द्र पन्धाक चुम)

घोडा (गोविन्द गिरी प्रेरणा)

(कथा) वासिङ्गटन डि.सी. को डलस अन्तर्राष्ट्रिय विमान स्थलको आगमन कक्षमा आइपुगेपछि धर्मराजले श्रीमतीलाई भने -बुझिस् बुढी ! अमेरिका आइपुगियो । यही हो अमेरिका ! धर्मराजको कुरा सुनेर सुभद्रा एकछिन त ट्वाल्ल परिन् अनि झट्ट सम्झेजस्तो गरी भनिन् -कत्ति न पानी पँधेरो गरे जस्तो गरी भन्नु भा ! धर्मराजले मस्किंदै भने- म जे भए पनि देशContinue reading… घोडा (गोविन्द गिरी प्रेरणा)

जुलिया अनि म (इन्दिरा चोङ्बाङ)

आज बिहान ५ बजे मोर्निंग वल्क गएर फर्कदा भर्खर ६.३० बजेछ । आज शनिबार तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ती बडिरहेको छ । म कोठामा सुतिरहेको छोरालाई बिउझायेर जुलिया नआयेको खबर सुनाउछु, छोरा बिउझियेर जुलियाको मोबाइलमा फोन लगाउछ; उनी त्रेनमा आउँदै गरेको खबर पछि मेरो मनमा अली शान्ति आउछ । लिविङ रूममा बसेरContinue reading… जुलिया अनि म (इन्दिरा चोङ्बाङ)

महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी

प्रज्ञा उपकुलपति गंगा उप्रेतीलाई औपचारिक जानकारी पत्र प्रदान गर्दै महासंघका प्रतिनिधि । महासंघले यथासम्भव सबै साहित्यिक संघसस्थालाई औपचारिक जानकारी दिने निर्णय अनुसार गैर आवासिय नेपाली सघका अध्यक्षलाई पनि जानकारी पत्र प्रदान गरि सकेको छ । आआफ्नो देशमा रहेका साहित्यिक संघसंस्थालाई सोहि देशमा रहेको महासंघ शाखाले जानकारी गराउनु पर्ने निर्णय भएको छ साथै अन्य भाषाका साहित्यिकContinue reading… महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी