घोडा (गोविन्द गिरी प्रेरणा)

(कथा) वासिङ्गटन डि.सी. को डलस अन्तर्राष्ट्रिय विमान स्थलको आगमन कक्षमा आइपुगेपछि धर्मराजले श्रीमतीलाई भने -बुझिस् बुढी ! अमेरिका आइपुगियो । यही हो अमेरिका ! धर्मराजको कुरा सुनेर सुभद्रा एकछिन त ट्वाल्ल परिन् अनि झट्ट सम्झेजस्तो गरी भनिन् -कत्ति न पानी पँधेरो गरे जस्तो गरी भन्नु भा ! धर्मराजले मस्किंदै भने- म जे भए पनि देशContinue reading… घोडा (गोविन्द गिरी प्रेरणा)

जुलिया अनि म (इन्दिरा चोङ्बाङ)

आज बिहान ५ बजे मोर्निंग वल्क गएर फर्कदा भर्खर ६.३० बजेछ । आज शनिबार तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ती बडिरहेको छ । म कोठामा सुतिरहेको छोरालाई बिउझायेर जुलिया नआयेको खबर सुनाउछु, छोरा बिउझियेर जुलियाको मोबाइलमा फोन लगाउछ; उनी त्रेनमा आउँदै गरेको खबर पछि मेरो मनमा अली शान्ति आउछ । लिविङ रूममा बसेरContinue reading… जुलिया अनि म (इन्दिरा चोङ्बाङ)

महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी

प्रज्ञा उपकुलपति गंगा उप्रेतीलाई औपचारिक जानकारी पत्र प्रदान गर्दै महासंघका प्रतिनिधि । महासंघले यथासम्भव सबै साहित्यिक संघसस्थालाई औपचारिक जानकारी दिने निर्णय अनुसार गैर आवासिय नेपाली सघका अध्यक्षलाई पनि जानकारी पत्र प्रदान गरि सकेको छ । आआफ्नो देशमा रहेका साहित्यिक संघसंस्थालाई सोहि देशमा रहेको महासंघ शाखाले जानकारी गराउनु पर्ने निर्णय भएको छ साथै अन्य भाषाका साहित्यिकContinue reading… महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी

My experience of the visit to Shanghai World Expo 2010 (Ganesh Thada)

‘The world is being a real global village’! Preface Being a citizen of china’s close neighbor, I have heard a lot about China and read through Internet. While I was in UNMIL Mission in Liberia 2004, UNMIK mission in Kosovo during 2006-2008 and course period in Italy 2005, I get an opportunity to eye-witness aboutContinue reading… My experience of the visit to Shanghai World Expo 2010 (Ganesh Thada)

मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य (धीरेन्द्र प्रेमर्षि)

कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता पाउँदै आएको देखिन्छ । स्थानीय कला र उत्पादनको प्रदर्शन, प्रवर्द्धन तथा उपभोगमा पनि चाडपर्वले विशिष्ट भूमिका निर्वाह गर्दछन् ।Continue reading… मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य (धीरेन्द्र प्रेमर्षि)

यो प्रेम गर्दा मर्नु रहेछ (बसन्त मोहन अधिकारी)

यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु नदिनु चोखो मुटु कसैले चिरेर जलाई दिन्छन् हेरत आज यहि मायामा जिउँदै म बलिरहेछु बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु नसोध कोही प्रेम मलाई चोटै चोटले लडेकोछु त्यहि चोटले उठ्न नसकी हेर त म गलिरहेछु बाँच्नुको अर्थ जल्नु रहेछContinue reading… यो प्रेम गर्दा मर्नु रहेछ (बसन्त मोहन अधिकारी)

पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)

(बहर हजज मुसम्मन् अखरब महजूफ अखरम ऽऽ॥ऽऽऽऽऽऽऽ। मुस्तफ्इलुंमुस्तफ्फैलुन्ंमफ्ऊलात रुक्नमा आधारित) पाखा र पखेरो नाँचेको मान्छे म सिन्की र ढिँडोले बाँचेको मान्छे म । आँटो र पिठो जे जस्तो पाके हुन्छ मूला नुन थेबे चाटेको मान्छे म । धान्दै छु हिमाली गाई-गोरु गोठ जन्मै छ भकारो टाँसेकॊ मान्छे म । सेवा छ सधैँको गाई चौँरीे जातContinue reading… पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)

गर्जिदैछ आकाश आज (सुरेन्द्र ईङ्नाम)

(गीत) गर्जिदैछ आकाश आज, यो मन किन आत्तिन्छ नि चट्याङ्ग पर्यो सांघर छेउ, मुटू किन जल्दिन्छ नि छैन निद हर् साँझ् जस्तै, मन त्यसै पोली दिन्छ दुस्मन सँग लड्दा लड्दै, घर कै याद आई दिन्छ धड्किदैछ छाती सारै, धड्कन त्यसै बड्दिन्छ नि घरी घरी सम्झिदैछु, यो मन किन पोल्दिन्छ नि काँध लाए राईफललाई, खुईया ठुलोContinue reading… गर्जिदैछ आकाश आज (सुरेन्द्र ईङ्नाम)

मेरो प्यारो ओखलढुंगा (डा. कविताराम श्रेष्ठ)

तलुवा डाडाँलाई म चढेको जहाजले फेरो मार्न लाग्दा झ्यालबाट छर्लंग देखें – ओखलढुंगा । अनायास मेरो अन्तस्करणले उच्चारण गर् यो – ूमेरो प्यारो ओखलढुंगा । तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए । तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमाContinue reading… मेरो प्यारो ओखलढुंगा (डा. कविताराम श्रेष्ठ)