संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन

उदाउदोतारा साहित्य समाज (साहित्य महासंघ सम्बद्ध) पेनाङ, मलेशियाको दोस्रो साहित्यिक प्रकाशन संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण स्रष्टा/द्रष्टा लगायत ईच्छुक सबैमा उपस्थितको लागि अनुरोध छ । मितिः २०११/०२/०४ शुक्रबार समयः दिनको १२ बजेबाट स्थानः सीतल ईन्टरप्राईजेजको सभाहल, पेनाङ रोड, कोमतार

देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं (पुरु जोशी)

पहिले म गर्छु अनि तपाई गर्नुस् अनि हामी सबै गरौं हामी नेपाली बिदेश पलायन भएपछि मात्र देशभक्तिको साँचो आभाष पाउंछौं । देशमा हुंदा खान लाउन कुनै अप्ठ्यारो नभएर होला हामीलाई कुनै कुराको चिन्ता भएन । कोरियामा काम नभए कसैले गन्दैनन् । आफ्नै साथीहरु समेतले हेप्न थाल्छन् । खान पाउंदैनन् । तर त्यसको ठीक उल्टो नेपालमाContinue reading… देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं (पुरु जोशी)

विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया समिति

१४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् । अध्यक्ष : खगेन्द्र अधिकारी “अमृत” उपाध्यक्ष : सूर्य विक्रम याक्खा महा सचिव : पुष्पक वली सचिव : कमल शाही निर्मल सहसचिवः रुपक दाहाल अर्थसचिव : दुर्गा बहादुर भण्डारी अर्थ सहसचिव :Continue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया समिति

साहित्य महासंघको प्रथम बैठक सम्पन्न – नेपाल सम्बन्धि सूचना सुधार कार्यदल गठन

गत २४ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम बैठक विविध विषयमा निर्णय गर्दै सम्पन्न भयो । बैठकको शुरुवात अघिल्लो भेलाका निर्णयहरु कार्यन्वयन भएनभएको समिक्षाबाट भएको थियो । महासंघको तत्कालिन कार्यनिधिमा रहेको नेपाल र नेपाली सम्बन्धि विदेसी लेखकहरुले विभिन्न भाषामा लेखेका पुस्तक तथा लेखहरुमा भएका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिन नेपालContinue reading… साहित्य महासंघको प्रथम बैठक सम्पन्न – नेपाल सम्बन्धि सूचना सुधार कार्यदल गठन

भन् भगवती ! (युवराज नयाँघरे)

(निबन्ध) आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुई घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको चुलो तताउने । तर यतिबेला लासको बाकस आएर बसेको छ आँगनमा । अनेक अड्कलबाजीकाContinue reading… भन् भगवती ! (युवराज नयाँघरे)

भेट्नै पर्ने उनीलाई रहर प्यारो लाग्यो (ओमनाथ आचार्य “अक्लेश”)

(गजल) भेट्नै पर्ने उनीलाई रहर प्यारो लाग्यो उनी बस्ने रमझम शहर प्यारो लाग्यो मनभरी उमङ्ग थ्यो पुग्नु पर्ने चाँही टाढा दु:ख धेरै भए पनी सफर प्यारो लाग्यो लजाउने गर्छिन उनी सामु पर्दा मेरो लजाउदै मुस्काएको अधर प्यारो लाग्यो कसरी जानु खै शहर यो छोडि अब उनीसग बिताएको प्रहर प्यारो लाग्यो – स्विडेन

दोबाटोमा एक्लै भेटे तिमीलाई (सीता सन्ध्या राईँ शाही)

(गीत) दोबाटोमा एक्लै भेटे तिमीलाई यो मनमा बेग्लै सजाएँ तिमीलाई जानी जानी तिम्रो मनको घाउँ आए म त सरासर तिमी छेउ तिम्रो पीर मेरो ब्याथा आपसमा बाँडौला बिहानीले खुशी ल्याए संगै हाँसौला दोबाटोमा एक्लै भेटे तिमीलाई यो मनमा बेग्लै सजाएँ तिमीलाइ जीवन भन्नु अचम्मको धुन हो कहिले औंसी कहिले पूर्णिमाको जून हो चर्खा जस्तै घुमीContinue reading… दोबाटोमा एक्लै भेटे तिमीलाई (सीता सन्ध्या राईँ शाही)

मुलुकले डाकेको छ (तिलक मल्ल)

(कविता) फर्कौ भो स्वदेशमा अब त मुलुकले डाकेको छ कालो बादल फाटेर सुनौला घाम लागेको छ नयां नेपालको पुनर्निर्माणमा मेचीकाली जागेको छ यस घडिमा देशले हाम्रो पनि भूमिका मागेको छ ।। l अर्काको बाच्छो चाटी मुखभरि रौं भर्नलाई हामी खर्चेर पसिना जीवनभर पर्राईभूमिमा नबसौं दास बनि जन्म्यो जुन धर्तीमा उत्तम छ त्यहीं मर्नलाई पनि बेलाContinue reading… मुलुकले डाकेको छ (तिलक मल्ल)

आमा तिमि ( सन्तोष न्यौपाने)

गाउको धुलो मैलो बस्तिसगैं जन्म दियौ आमा तिमि चराचुरुगिं नदिनाला संग मितेरि गास्दै बाल्यकालमा माटोलाई चिनाऔ आमा तिमि फागुनको हुरि नभनि साउनको भेल सगैं जुध्न सिकाउने तिम्रा ति पौरखि हातहरु सन्तानले दिएको दुखसगैं अटुट सन्तानकालागि रुकेका छैनन ति पौरखि हातहरु हिजो तिमिले माटो चिनाएर हुर्काएका सन्तानहरु आज तिमिमाथि उल्टै ब्रजपात गर्दैछन तिमिले दिएका शिक्ष्ँदिक्ष्ाँ असलकुराहरुContinue reading… आमा तिमि ( सन्तोष न्यौपाने)