ब्रुनाई २८ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता को सम्बन्धमा छलफल गर्न बसेको बैठकले विभिन्न विषयहरुमा निर्णय गर्यो । प्रतियोगितामा प्रथम हुनेलाई विनेसाम साउदी अरेविया शाखा र विनेसाम रसिया शाखाले रु २० हजार नगदको प्रायोजन गर्नेछ । दोस्रो स्थान प्राप्त गर्नेलाई नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारले रु १०Continue reading… साहित्य महासंघले विश्वब्यापी प्रतियोगिता बारे विभिन्न निर्णय गर्यो
साहित्य समाज ब्रुनाईको शुभ कामना कार्यक्रम सम्पन्न
ब्रुनाई १६ अप्रिल २०११ विश्व नेपाली साहित्य महासङ्घ संग सम्बद्ध प्रवासी नेपाली साहित्य समाज Nepali Diaspora Literature Society (NDLS) बेलायत/ब्रुनाईले शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो । नयाँ बर्ष २०६८ लाई स्वागत गर्न ब्रुनाईको सेरिया स्थित साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा ब्रुनाईका राजधानी जिआरयु सेरिया लगायतका स्रष्टाहरुको सहभागिता थियो । उक्त कार्यक्रमका प्रमुख, अतिथिContinue reading… साहित्य समाज ब्रुनाईको शुभ कामना कार्यक्रम सम्पन्न
साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु
१४ अप्रिल २०११, ब्रुनाई, नयाँ बर्ष २०६८ को पहिलो दिन विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिले इ-शुभकामना कार्यक्रम सम्पन्न गर्यो । नेपालको समय बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा महासङ्घका महासचिव विश्वास दीप तिगेलाले ब्रुनाईबाट सबैलाई नयाँ बर्षको शुभकामना सहित अभिवादन टक्राए, त्यसपछि स्काइपीमा भेला भएका मध्ये सबैभन्दा ज्येष्ठलाई रोजेर वेलायतबाट सहभागि साहित्यकार मुरारीराज शर्मालाईContinue reading… साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु
मान बहादुर के सि (मुस्कान)
सँगै जिउछौ सँगै मर्छु भन्नेहरु पराई हुँदा समालिनै गार्हो भयो पहाड पनि तराई हुँदा दुई मुटुको एउटै धड्कन चल्न पनि असजिलो आफ्नै मनको डेरा पनि अन्तै बसाई सराई हुँदा – सँगमटोल टि. न. पा. ७ कैलाली हाल: सिल्बासा, भारत
घाम नडुब्दै भेट्नु सखी! (दिप्स शाह)
घाम नडुब्दै भेट्नु सखी! अन्धकारको के भरोसा जहाँ छाँया समेत मेटिन्छ त्यहाँ मायाको कती ग्यारेन्टी होला?? घामको बैजनी किरण तिम्रो मुहारमा पोतिँदाको आभा दुइआँखा भरि भरि नियालेर म त्यही आक्रिती मनको क्यानभासमा कोर्न सकुँ ताकी जिन्दगीका भयानक अन्धकारमा पनि देखिरहुँ तिमीलाई झल्मल सम्झनाको नियास्रो नेपथ्यमा, याचनै सम्झ बरु तर बिन्ती! घाम नडुब्दै भेट्नु सखी! अन्धकारकोContinue reading… घाम नडुब्दै भेट्नु सखी! (दिप्स शाह)
प्रश्न (राजेन्द्र पहाडी)
उसले मलाई सोध्यो मान्छे के हो जीवन के हो धर्म के हो कर्म के हो राख्यो उसको धारणा पोख्यो उसको वेदना र सोध्यो महाशय म मान्छे बन्न सकें कि सकिन मान्छेको धर्म मान्छेको कर्म व्यापार र मिसावट राजनीति र गिरावट धोका खाएर बसें कुण्ठा साँचेर बसें धेरै पटक जितें धेरै पटक हारें जित र हारकोContinue reading… प्रश्न (राजेन्द्र पहाडी)
माया भएर त फर्की आएँ (राकेश कार्की)
(गजल) माया भएर त म फर्की आएँ बृष्टी भन्दा छिटो दर्की आएँ जागिर थियो गाडी थियो त्यैपनि खुशी नभई सुखसितै तर्की आएँ ठूलो शहर कान फूट्ने आवाज रीतिरिवाज देखि झर्की आएँ रहरले हैन बाध्यताले पसिना विदेशी भूमीमा छर्की आएँ आमाको स्नेहले यस्तरी तान्यो सद्दे लिएर गा’को मुटु चर्की आएँ – लस् एन्जेलस्
नयाँवर्ष (खगेन्द्र अधिकारी)
बसन्तको विहानीमा पवनले छुन सकोस् नयाँवर्ष नेपालीको सुखमय हुन सकोस् अमृतको बर्षा होओस् नेपालीका शिरशिर्मा रिसराग कटुतालाई ममताले धुन सकोस् – साउदी
नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)
साईली तिमीले पठाएको शुभ-कामना म स्विकारु कि नकारु ? ती अक्षरहरु मेटौ कि सजाउ ? भन म खुशी हु कि रिसाउ ? तिमी भन्छौ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना तर खै त नया वर्षहरु ? म त देख्छु उस्तै दैनिकी थोत्रो सडकको वेरोजगारी यात्रा । पुरानै रितीथिती न त नयाँ बिचारहरु न त नयाँ उदेश्यहरुContinue reading… नयाँ युगको अनगमन (जीतमान राई ‘सबिन’)
गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् (बिपुल बिक्रम सिजापति)
गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् आँखा तरेझै गर्छिन छातीमा टाँसी दिन्छिन् । कहीँ दौडदै लोदुँ म नयन भिज्छ उनको हर चोटको दुखाई मुटुमा गाँसी दिन्छिन् । दुवै लोचन मुदित आतुर खुसी संगाल्न मेरा माधुरी बचन्मा जिन्दगी भासी दिन्छिन् । ढाकी सप्कोले हर्दम मेहरो सरी धूपमा आफ्नै रगत जलाई औडाहा मासी दिन्छिन् । आमाContinue reading… गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन् (बिपुल बिक्रम सिजापति)