तालुमा आलु फल्यो नभन्नू ।
पानीमा आगो बल्यो नभन्नू ।
रोए नि पथ्थर फूलले हान्दा
यो मुटु मेरो गल्यो नभन्नू ।
मरेर बाच्दै, बाचेर मर्दै
जिन्दगी कस्तो चल्यो नभन्नू ।
फलेर भीरमा, उधो न उभो
भाग्यले मलाई छल्यो नभन्नू ।
रावणकी लंका, नढल्दा सम्म
सुमेरु पर्वत ढल्यो नभन्नू ।
– कृष्णपुर २, काचनपुर महाकाली
अनाममण्डली, मलेसिया