साहित्य महासङ्घको साइवर बैठक सम्पन्न

ब्रुनाई, २९ अप्रिल १२, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको साइवर बैठक विभिन्न विषयमा निर्णय गर्दै सम्पन्न भयो । भर्खरै निर्माण भएको साहित्य महासङ्घ मलेशिया शाखालाई हार्दिक बधाईको प्रस्ताव पारित गरयो । त्यस्तैगरि अन्तराष्ट्रिय नेपाली साहित्य समाजको सम्पन्न हुन गइरहेको निर्वाचनको लागि शुभ कामना प्रस्ताव पारित गर्यो । साहित्य महासङ्घले प्रकाशन गर्न लागेको विश्व नेपालीContinue reading… साहित्य महासङ्घको साइवर बैठक सम्पन्न

साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ । साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थिती रहेको स्रष्टा भेलाले निम्नअनुसार नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्ष दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मनि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्रContinue reading… साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

कविता शर्मा

यो मुटुमा पिर व्यथा सल्किने पो होकि आखावाट आसु बनि छल्किने पो होकि कथा सुन्दा यौटै लाग्थ्यो हामीहरु सबको घाटी भन्दा हाड ठुलो अड्किने पो होकि गार्हो पर्छ की त माया साची राख्नलाइ निर्गतिलो संबन्ध नै खड्किने पो होकि सम्झननि डर लाग्छ समाज को रिति सपनिमा बिउझे झैँ झस्किने पो होकी – इजरायल

साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो । विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाण्डो शाखाद्धारा काठमाण्डो केन्द्रित कार्यक्रम गर्नेContinue reading… साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

कोसेली परदेशबाट

कविता सग्रह कवी नगेन्द्र इंगनाम प्रकाशकः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति Download Koseli Book by Nagendra PDF file “एक समीक्षा – काव्यकृति “कोसेली परदेशबाट” को (अशोक राई) कवि नगेन्द्र ईङ्नाम “आठराईली” को काव्यकृति न्यूयोर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढिसकेको हुनुपर्दछContinue reading… कोसेली परदेशबाट

महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

२५ फेब्रवरी, विश्व नेपाली साहित्य महासंघ, बेलायत शाखाको आयोजनामा साहित्यकार भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती कबि गोष्ठी र प्रवचनको आयोजना गरी भब्य रुपमा मनाइयो ! पिटरबोरो स्थित स्टार्टफोर्ड सभा गृहमा आयोजना गरिएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै महामहिम राजदुत डा. सुरेसचन्द्र चालिसेले साहित्यका निधि भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्तीका अबसरमा यसरी कबिता र कलाकोContinue reading… महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

सुचना

लण्डन, विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा भोलि वेलायतब्यापी नेपाली साहित्य भेला सम्पन्न हुने कुरा महासंघ शाखा वेलायतको सुचनामा जानकारी गराईएको छ । साहित्य महासंघका पदाधिकारी तथा सम्पूर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु साथै सम्पूर्ण साहित्यकारहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । शाखा अध्यक्ष समिर जर्जर तथा सचिव पवन शर्माको अनुसार केन्द्रिय समितिको पदाधिकारीहरुको समेत उक्तContinue reading… सुचना

सरस्वती पुजाको अवसरमा साहित्य महासङ्घबाट पुरस्कार स्थापनाको घोषणा

ब्रुनाई, २८ जनवरी १२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिले सरस्वती पुजाको अवसरमा सिर्जना वाचनको कार्यक्रम सम्पन्न गर्‍यो । वेलायतबाट बलदेव भट्ट, मुरारीराज शर्मा, सुरेसजङ शाह, रसियाबाट डा. मधुकृष्ण श्रेष्ठ, मलेशियाबाट दीप दर्शन, थाइल्याण्डबाट खगेन्द्र लिम्बु, कतारबाट राजेश रुम्बा, सागर अजनबी, पोर्चुगलबाट भिम के. सी., जापानबाट तिलक मल्ल, बेल्जियमबाट विमल गिरी, नेपालबाट विश्वविमोहन श्रेष्ठ,Continue reading… सरस्वती पुजाको अवसरमा साहित्य महासङ्घबाट पुरस्कार स्थापनाको घोषणा