५ औ गणतन्त्र दिवसको अवसरमा साहित्य महासंघको कार्यक्रम सम्पन्न

ब्रुनाई, २८ मे २०१२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको नियमित साइवर बैठक सम्पन्न भयो ।

संविधान जारी भएको पहिलो दिन शुभकामना साटासाट गर्ने लक्ष्य राखि बोलाइएको बैठक अन्ततः ५ औ गणतन्त्र दिवसको अवसरमा शुभकामना साटासाटमै सिमित रहयो । वैठकमा उपस्थित स्रष्टाहरुले आआफ्नो सिर्जनाहरु पनि बाचन गरेका थिए ।

बैठकमा महासंङ्घको बरिष्ठ उपाध्यक्ष गोविन्द गिरी प्रेरणा (अमेरिका), उपाध्यक्ष सुरेसजङ्ग शाह (वेलायत), उपाध्यक्ष तिलक मल्ल (जापान), सल्लाहकार मुरारीराज शर्मा (वेलायत), सदस्य हरी शिवाकोटि (क्यानडा), सुरेन्द्र लिम्बु (भारत), दीप दर्शन (मलेशिया), भिम केसी (पोचुगल), सागर श्रेष्ठ (साउदी अरेबिया), महेश बनेम (ब्रुनाई), सोम सापकोटा (डेनमार्क) लगायतको उपस्थिती रहेको थियो भने बैठकको अध्यक्षता डा. मधु माधुर्य (रसिया) ले गर्नुभएको थियो । बैठकलाई ब्रुनाईबाट महासचिव विश्वासदीप तिगेलाले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *