साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो ।

विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाण्डो शाखाद्धारा काठमाण्डो केन्द्रित कार्यक्रम गर्ने छलफल भएको छ ।

अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा हरी शिवाकोटि –क्यानडा), पुरानोघरे (अमेरिका), भगवती वस्नेत (इजरायल), दीप दर्शन (मलेशिया), सागर श्रेष्ठ (साउदी अरेविया), पुरु जोशि (दक्षिण कोरिया), चर्चित ढुङ्गेल (युएइ) लगायतले सिर्जना बाचन गरेका थिए । साथै इजरायल शाखाका अध्यक्ष कविता शर्मा, क्यानडा शाखाका अध्यक्ष लगायतको उपस्थितीलाई बैठकले स्वागत गरेको थियो । बैठकलाई महासचिव विश्वासदीप तिगेलाले संचालन गरेका थिए ।

महासङ्घका पदाधिकारीहरु गोविन्द गिरी प्रेरणा (अमेरिका), समदर्शि काँइला (युएइ), खगेन्द्र अधिकारी (साउदी अरेविया), वेदा दाहाल (अमेरिका), तीर्थ संगम राई (कतार), भानु सुनुवार (कतार) लगायतले काम विशेष बैठकमा उपस्थित हुन नसकेको औपचारिक जानकारी गराउनु भएको थियो ।

बैठकले महासङ्घ केन्द्रिय सदस्य गणेश खड्का (सेसेल्स) भर्खरै विवाह बन्धनमा बााधिनु भएकोमा शुभ कामना प्रस्ताव पारित गरयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *