साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ ।

साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थिती रहेको स्रष्टा भेलाले निम्नअनुसार नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्ष दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मनि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्र विवस र सदस्यहरु निरज सापकोटा, राजकुमार तेयुङ ‘तरेबा’, भिम स्नेही, जितेन राई रहनु भएको छ भने नयाँ नेतृत्वको घोषणा संगै अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको थियो ।

महासंघ स्थापना पछि तेस्रो शाखा बनेको मलेशिया शाखा लामो समय निष्कृय भएको कारण साहित्य महासंघ केन्द्रीय समितिको गत २८ जनवरीमा सम्पन्न बैठकले औपचारिक विघटन गरि साहित्यकार देवानलाई संयोजक तोकेको थियो ।

Dewan in Malaysia Chapter of GFNL

Kathmandu, April 24: A gathering of Nepali litterateurs working in Malaysia formed the Malaysia chapter of Global Federation for Nepali Literature (GFNL) under the chairmanship of Jeevan Dewan.

GFNL works for the development, promotion and protection of Nepali literature globally. GFNL general secretary Biswasdip Tigela was present on the occasion.
Dilip Rai ‘Sagar’ is the vice president, Shreejan Shree is the secretary, Mani Rai ‘Gothale’ the joint secretary and Ganindra Bibas the treasurer of the Malaysia chapter of the GFNL. Similarly, Niraj Sapkota, Raj Kumar Teyung ‘Tarewa’, Bhim Snehi and Jiten Rai are its members. RSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *