ब्रुनाई, २९ अप्रिल १२, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको साइवर बैठक विभिन्न विषयमा निर्णय गर्दै सम्पन्न भयो ।
भर्खरै निर्माण भएको साहित्य महासङ्घ मलेशिया शाखालाई हार्दिक बधाईको प्रस्ताव पारित गरयो । त्यस्तैगरि अन्तराष्ट्रिय नेपाली साहित्य समाजको सम्पन्न हुन गइरहेको निर्वाचनको लागि शुभ कामना प्रस्ताव पारित गर्यो ।
साहित्य महासङ्घले प्रकाशन गर्न लागेको विश्व नेपाली साहित्य नामक मुखपत्रको सम्बन्धमा अध्यक्ष डा. मधु माधुर्यले कार्यप्रगतिको बारे जानकारी गराउनु भएको थियो ।