कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता पाउँदै आएको देखिन्छ । स्थानीय कला र उत्पादनको प्रदर्शन, प्रवर्द्धन तथा उपभोगमा पनि चाडपर्वले विशिष्ट भूमिका निर्वाह गर्दछन् ।Continue reading… मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य (धीरेन्द्र प्रेमर्षि)
Author: gfnl
यो प्रेम गर्दा मर्नु रहेछ (बसन्त मोहन अधिकारी)
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु नदिनु चोखो मुटु कसैले चिरेर जलाई दिन्छन् हेरत आज यहि मायामा जिउँदै म बलिरहेछु बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु नसोध कोही प्रेम मलाई चोटै चोटले लडेकोछु त्यहि चोटले उठ्न नसकी हेर त म गलिरहेछु बाँच्नुको अर्थ जल्नु रहेछContinue reading… यो प्रेम गर्दा मर्नु रहेछ (बसन्त मोहन अधिकारी)
पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)
(बहर हजज मुसम्मन् अखरब महजूफ अखरम ऽऽ॥ऽऽऽऽऽऽऽ। मुस्तफ्इलुंमुस्तफ्फैलुन्ंमफ्ऊलात रुक्नमा आधारित) पाखा र पखेरो नाँचेको मान्छे म सिन्की र ढिँडोले बाँचेको मान्छे म । आँटो र पिठो जे जस्तो पाके हुन्छ मूला नुन थेबे चाटेको मान्छे म । धान्दै छु हिमाली गाई-गोरु गोठ जन्मै छ भकारो टाँसेकॊ मान्छे म । सेवा छ सधैँको गाई चौँरीे जातContinue reading… पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)
गर्जिदैछ आकाश आज (सुरेन्द्र ईङ्नाम)
(गीत) गर्जिदैछ आकाश आज, यो मन किन आत्तिन्छ नि चट्याङ्ग पर्यो सांघर छेउ, मुटू किन जल्दिन्छ नि छैन निद हर् साँझ् जस्तै, मन त्यसै पोली दिन्छ दुस्मन सँग लड्दा लड्दै, घर कै याद आई दिन्छ धड्किदैछ छाती सारै, धड्कन त्यसै बड्दिन्छ नि घरी घरी सम्झिदैछु, यो मन किन पोल्दिन्छ नि काँध लाए राईफललाई, खुईया ठुलोContinue reading… गर्जिदैछ आकाश आज (सुरेन्द्र ईङ्नाम)
मेरो प्यारो ओखलढुंगा (डा. कविताराम श्रेष्ठ)
तलुवा डाडाँलाई म चढेको जहाजले फेरो मार्न लाग्दा झ्यालबाट छर्लंग देखें – ओखलढुंगा । अनायास मेरो अन्तस्करणले उच्चारण गर् यो – ूमेरो प्यारो ओखलढुंगा । तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए । तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमाContinue reading… मेरो प्यारो ओखलढुंगा (डा. कविताराम श्रेष्ठ)
गुरुजी ट्याक्सीमा छुस छ ? (विश्वास दीप तिगेला)
केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा विताएर सम्भवत मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधान सभाको चुनावको लागि घरदेश पुगेको थिए । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यता अनुसार यस पटक मलाई मोटर वाइकमा मनखुसि हुइकिन मन लागेन । काठमाण्डौको अस्तब्यस्त ट्राफिक ब्यवस्थाले त झन राजधानी एकैछिन पनि नबसुContinue reading… गुरुजी ट्याक्सीमा छुस छ ? (विश्वास दीप तिगेला)
अनि जोडले कराएँ जय लिम्बुवान् ( डा. गोविन्दराज भट्टराई)
सिलिगुडीमा उत्रेर रातभरिको रेलको निद्रा झट्कारेँ, आँखा पुछेँ, अनुहार पखालेँ र झोला टिपेर फेरि उडेँ। सुमोमा चढेर सरर… हरियो बगानैबगान हुइँकिँदा ख्याल मजा भएको होइन। म ता भसक्कै निधाइसकेको थिएँ; ‘पानीट्याङ्की’ कराएको सुनेपछि झसङ्ग भएर उठेँ। त्यहाँबाट झिटीगुन्टा रिक्सामा खाँदेर सिमाना कटेँ। यतिखेर मन चङ्गा हुनुपर्ने, निकै दिनपछि शिलाङ् यात्राबाट घर फिर्दैछु, तर आज किनContinue reading… अनि जोडले कराएँ जय लिम्बुवान् ( डा. गोविन्दराज भट्टराई)
माध्यरातपछिको सडकसित (वैरागी काइला)
आधारातपछि रक्सी दोकानबाट म के निस्किएको छु प्रत्येक खोंगी र खोरभित्रबाट पखेटा फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् । यहाँको बातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि आज, ठूलो आँधीसरह भइसकेको छ सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरु आफ्नो जगसहित आफ्नो कमजोरी माटोमुनि गाडिदिनु अब,Continue reading… माध्यरातपछिको सडकसित (वैरागी काइला)
सोध्न मन लाग्यो (भुवन सुनुवार भानु)
(गजल) कति माया गर्र्छौ सानु, सोध्न मन लाग्यो, तिमी भित्र मलाई सानु, खोज्न मन लाग्यो भमरा भई धेरै घुमे, मेरो दिलको वागमा, किन किन तिम्लाई सानु, रोज्न मन लाग्यो जादु टुना गरेयौ कि, मेरो मन मझेरीमा, चोखो माया तिम्लाई सानु, पोख्न मन लाग्यो ओइलिन्छ कि रहर कतै, डर लाग्छ मनमा, तराजुमा यो मन्लाई सानु, जोख्नContinue reading… सोध्न मन लाग्यो (भुवन सुनुवार भानु)
सम्झनामा बाँचेको छु (मोहन “परदेशी”)
(गीत) सम्झनामा बाँचेको छु दिन रात गन्दै छुट्टी जाने दिनहरु कहिले आउँछ भन्दै पख्र्यो कि त देउरालीमा मेरो बाटो हेर्दै गायौ कि त गोठाले गीत भाका फेर्दै फेर्दै सपनीमा हाँसको छु तिम्रै रुप हेर्दै छुट्टी जाने दिनहरु कहिले आउँछ भन्दै पख्र्यो कि त खबर मेरो हुलाकीलाई हेर्दै रोयौ कि त एकान्तमा तस्वीर मेरै हेर्दै कल्पनामाContinue reading… सम्झनामा बाँचेको छु (मोहन “परदेशी”)