मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य (धीरेन्द्र प्रेमर्षि)

कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता पाउँदै आएको देखिन्छ । स्थानीय कला र उत्पादनको प्रदर्शन, प्रवर्द्धन तथा उपभोगमा पनि चाडपर्वले विशिष्ट भूमिका निर्वाह गर्दछन् । संस्कृतिको अजस्र भण्डारका रूपमा सुपरिचित मिथिलामा अनेकौँ चाडपर्व मनाइन्छन् । मिथिलामा चाडपर्व नमनाइने कुनै महिना नै छैन । यस दृष्टिले मिथिलाञ्चललाई पर्व-प्रदेशका रूपमा पनि चित्रित गर्न सकिन्छ । हिन्दूबहुल मिथिलामा धेरैजसो हिन्दू समाजका आम पर्वहरू नै भए पनि केही भने मौलिक पर्व पनि मनाइन्छन्, जो सम्भवतः मिथिलाबाहेक अन्यत्र मनाइन्नन् ।

मिथिलामा मनाइने चाडपर्वका मुख्यतया पाँच पक्ष हुन्छन्- १. पूजा २. व्रत -उपवास) ३. कथा ४. अरिपन -अल्पनाचित्र) ५.गायन । यीमध्ये तीन पक्ष कलासँग जोडिएका छन्- कथा, गायन र चित्राङ्कन । हरेक चाडपर्वका निश्चित नियम-निष्ठा र विधान हुन्छन् । यी पर्वहरूमा गरिने पूजा तथा उपवासको विधिमा पनि विविधताका साथै यिनमा प्रयोग हुने कथा, गीत-सङ्गीत र अल्पना चित्रहरू फरक-फरक हुन्छन् । चाडपर्वसँग सम्बन्धित कथाहरूमा यद्यपि नवीनता हुँदैन, प्रायः कुनै समयमा तयार भएको एक निश्चित कथाको प्रत्येक पटक वाचन तथा श्रवण हुन्छ तर गायन र चित्राङ्कनले भने नियमित रचनाशीलता पाएको हुन्छ । यस प्रकार विभिन्न कलाहरूको संरक्षण तथा प्रवर्द्धनमा पनि मिथिलाका चाडपर्वहरूले टेवा पुर्‍याइरहेका छन् ।

मिथिलाका हरेकजसो चाडपर्वहरू धार्मिकतासँगै गाँसिएका हुन्छन् । फागुजस्तो विशुद्ध मनोरञ्जक र उल्लासमय पर्वमा पनि पहिले देउतालाई अबीर चढाएर मात्र आपसमा रङ-अबीर दलिन्छ । धार्मिक भावनाले मात्र मनाइने चाडपर्वहरूमा पनि लोककल्याणका पक्ष र विधिविधानहरू यथेष्ट पाइन्छन् । यी चाडपर्वले मानिसलाई कर्मनिष्ठ बन्न प्रोत्साहित गर्नुका साथै पर्यावरणीय सन्तुलनका सन्देशहरू प्रवाह गरिरहेका हुन्छन् । सामान्यतया मिथिलामा मनाइने चाडपर्वलाई निम्न नौ भागमा बाँड्न सकिन्छ-

१. हर्षोल्लाससम्बन्धी पर्वः दशमी, सुकराती, जूडशीतल, विवाहपञ्चमी, रामनवमी, जानकी नवमी, झूलन, कृष्णअष्टमी, कार्तिक पूणिर्मा, सरस्वती पूजा, होली, महाबीरी झण्डा आदि ।

२. कृषि तथा पशुसम्बन्धी पर्व ः गबलग्गी, कदपखार, लबान, श्रीपञ्चमी, गोधन, गबहा सकराँती, पखेब, जनार आदि पर्व एवं अनुष्ठान कृषिसँग सम्बन्धित पर्वका रूपमा मनाइन्छ ।

३. दाम्पत्य जीवनसम्बन्धी पर्व ः सफल र सुदीर्घ दाम्पत्य जीवनका लागि मैथिल नारीले बरिसाइत, तुसारी, साँझ, मधुश्रावणी, हरिसो, कोजगरा, सोमवारी आदि पर्व मनाउँछन् ।

४. दाजुभाइ-दिदीबहिनीबीचको स्नेहसम्बन्धी पर्व ः भाइ-बहिनीबीचको प्रेमपर्वका रूपमा भाइटीका मनाइन्छ, जसलाई मैथिलीमा भरदुतीया भनिन्छ । अर्को महìवपूर्ण पर्व सामा-चकेवा हो । आजकल रक्षाबन्धन पनि विकसित हुँदै आएको छ ।

५. परिवार कल्याणसम्बन्धी पर्व ः सन्तानको मङ्गल एवं दीर्घायुका लागि जितीया पर्व मनाइने मिथिलामा सम्पूर्ण परिवारका लागि मनाइने अन्य पर्वहरू छठि, घरी, चौरचन, तिला सकराँति आदि हुन् ।

६. मातापिताको कल्याण तथा मुक्तिसम्बन्धी पर्व ः पितृपक्ष, मातृनवमी, कुशी अमावश्या आदि ।

७. पर्यटन पर्व ः मिथिला परिक्रमा, पुषी पूणिर्मा, बोलबम यात्रा, सलहेस मेला आदि ।

८. मिथिला विभूति पर्व ः विद्यापति स्मृति पर्व, सलहेस जयन्ती आदि ।

९. विशुद्ध धार्मिक पर्व ः देवोत्थान, निर्जला र हरिशयनी एकादशी, नागपञ्चमी, शिवरात्रि, अनन्त पूजा, माघ सप्तमी, वकपञ्चक, जेठ दशहरा आदि मुख्यतया धार्मिक दृष्टिले मनाइने चाडपर्वहरू हुन् ।

मिथिलाका विभिन्न जातीय विभूतिहरू सलहेस -दुसाध), कृष्णाराम र लोरिक -अहीर), गणिनाथ-गोविन्द -हलुवाइ, तेली, सूडÞी), दीना-भद्री -मुसहर), गरिबन भुइयाँ -धोबी), लालबन -चमार), श्याम सिंह -डोम), गाँगो र कमला-कोइला -मलाह), साहेब खबास -केओट) आदि विविध जातिका महामानवहरूको जयन्ती पनि सम्बन्धित जातीय समुदायभित्र तिनलाई देवतातुल्य मानेर निकै श्रद्धा र भव्यतापूर्वक मनाउने गरिन्छ । सलहेस जस्ता केही लोकदेवतालाई मिथिलाका सबै जातिका मानिसले समान श्रद्धा गर्दछन् । यसैगरी मिथिलामा बस्ने मुसलमानहरूले ईद, बकरीद, मोहर्रम, रमजानलगायतका पर्वहरू धूमधामसाथ मनाउँछन् । मिथिलाका मुसलमानहरूले दाहा निकाल्दाका सन्दर्भमा गरिने झर्री नृत्यमा भने मिथिलाको जनजीवन र सङ्गीतात्मकताको मौलिक छाप पाइन्छ । मिथिलाका नवागन्तुक पर्वका रूपमा तीज, गणपति महोत्सव आदि छन् ।

प्रमुख चाडपर्व र तिनका विशेषताहरू ः संस्कृतिको अङ्ग्रेजी शब्द कल्चर त्यहाँ मात्र बढी मौलाएको हुन्छ, जहाँको जनजीवन कृषि अर्थात् एगि्रकल्चरमा आधारित हुन्छ । यस प्रकार एगि्रकल्चरलाई कल्चरको जननी पनि भन्न सकिन्छ । मिथिला पूर्णतः कृषिमा आश्रति क्षेत्र भएकोले नै यहाँ सांस्कृतिक सम्पन्नता पाइन्छ । संस्कृतिलाई प्रकटीकरण गर्ने माध्यम चाडपर्व नै भएकोले मिथिलामा चाडपर्वहरू यथेष्ट मात्रामा मनाइन्छन् । यहाँ मिथिला क्षेत्रमा मनाइने केही प्रमुख चाडपर्वको बारेमा सङ्क्षिप्त जानकारी दिने प्रयास गरिएको छ ।

जूडशीतल ः सांस्कृतिक विधिपूर्वक मनाइने मिथिलाको नव वर्षलाई ‘जूडÞशीतल’ भनिन्छ । यस पर्वको नाम र यसअन्तर्गत सञ्चालन हुने क्रियाकलापहरूबाटै पनि स्पष्ट हुन्छ- यो शीतलता जुराउने पर्व हो । वैशाखदेखि मिथिला क्षेत्रमा गर्मीले प्रचण्ड रूप लिन्छ । गर्मीले मानिस, जीवजन्तु तथा वनस्पतिहरूमा पार्ने प्रतिकूल प्रभावलाई जल-सिञ्चन गरेर मत्थर पार्न सकिने सन्देशका साथ यस दिन एकाबिहानै घरका मुख्य व्यक्तिले केटाकेटीलगायत घरका सम्पूर्ण सदस्यको टाउकोमा पानी छम्केर शीतल गराउने गर्दछन् । यस्तै यस दिन आˆनो क्षेत्रमा रहेका सम्पूर्ण रूख-बिरुवा, वनस्पतिहरूमा पानी हाल्ने तथा घरपालुवा पशुहरूलाई समेत नुहाइ-धुवाइ गराउने गरिन्छ ।

जूडÞशीतललाई सरसफाइ तथा स्वच्छताको अभियान चलाउने उत्सवका रूपमा पनि हेर्न सकिन्छ । यस दिन फागु पर्वमा रङ खेलेझैँ मानिसहरू एक-अर्कामाथि हिलो छ्यापेर रमाइलो गर्दछन् । हिलो खेल्ने कार्यसँगै सरसफाइ पनि गाँसिएको हुँदा सफाइ गर्नका लागि पहिला फोहोरमै पस्नुपर्ने पनि यसले सिकाउँछ । हिलो खेल्ने क्रममै इनार-पोखरी जस्ता जलाशयहरू सफा गरेर चुना, पोटास आदि राखी तिनलाई स्वच्छ बनाउने काम पनि जूडÞशीतलमा गरिन्छ । साथै, माटो र पानीभन्दा पवित्र वस्तु संसारमा अरू केही होइन, मानिसका लागि प्रकृतिको विशिष्ट उपहार माटो र पानीे नै हो, यसलाई संरक्षण तथा माया गर्नुपर्छ, यससँग घृणा गर्नुहुँदैन भन्ने शिक्षा पनि यसबाट प्राप्त भइरहेको हुन्छ ।

जूडÞशीतलमा गरिने खानपान साधारण भइकन पनि प्रतीकात्मक र विशिष्ट प्रकृतिको हुन्छ । यस पर्वका लागि निर्धारित खाद्यपदार्थहरू शीतल तथा आरोग्यवर्धक हुन्छन् । यस पर्वमा सातु अनिवार्य रूपले खाइन्छ, जसलाई सतुआइन भनिन्छ । साथै चिराइतो अथवा गुर्जोको रस खाने चलन पाइन्छ । यो उदर-विकार हटाउनमा सहयोगी हुनुका साथै ऊष्णतानाशक हुन्छ । यीबाहेक बेशनबाट बनेको विशिष्ट परिकार ‘बडÞी’ को यस दिन विशेष महìव हुन्छ । साथै बितेको वर्षको खाद्य-सामग्री नयाँ वर्षमा पनि खानुपर्छ भन्ने मान्यताका साथ बासी खाना पनि खाने चलन पाइन्छ । हालको अबस्थामा जूडÞशीतलमा गरिने सांस्कृतिक क्रियाकलापलाई आरोग्यवर्धन तथा वातावरणीय संरक्षण र प्रवर्द्धनका दृष्टिले अत्यन्त महìवपूर्ण कार्य मान्न सकिन्छ । नयाँ वर्षमा निर्मल हृदय, स्वच्छ वातावरण र सुरूचिपूर्ण भोजनका साथ हरेक विकटताका विरुद्ध लड्ने तत्परता देखाउँदै अगाडि बढ्नु नै जूडÞशीतलको मुख्य विशेषता हो ।

दशमी ः नेपालीमा बडादसैँ भनिने यस महापर्वलाई मिथिलामा दशमी, दसहरा, जतरा आदि नामले जानिन्छ । मिथिलामा अनेकौँ रैथाने चाडपर्व प्रचलित रहे पनि समस्त हिन्दूहरूको प्रमुख पर्व दशमीको महìव किञ्चित पनि कम छैन, बरू मिथिलाको सर्वाधिक समर्पण भावले मनाइने पर्व दशमी नै हो भन्दा पनि फरक पर्दैन ।

मिथिला क्षेत्रमा अनेकौँ शक्तिपीठहरू छन् । गाउँ-गाउँमा दुर्गा भवानीका मन्दिरहरू पाइन्छन् । दशमीको समयमा मिथिलाका हरेकजसो गाउँमा दुई-चार ठाउँ दुर्गाका मूर्तिहरू बनाइन्छन् । नेपालतर्फको मिथिला भूमिमा सप्तरीको सखडÞास्थित शक्रेश्वरी भगवती वा भारदहस्थित कङ्कालनी भगवती तथा जनकपुरधामको राजदेवी मन्दिरमा विशाल मेला लाग्ने गर्दछ । मिथिलाका पुरुषहरू प्रायः नवरात्रभरि शक्तिपीठ वा दुर्गा मन्दिरमा गएर दुर्गाकवच पाठ गर्दछन् । महिलाहरू नित्य भगवतीको पूजा-आराधना गर्नुका साथै भगवतीलाई भोग लगाएर कुमारी भोजन गराउने गर्दछन् । सप्तमीदेखि नवमीसम्म भगवती मन्दिर तथा मूर्ति बनाइएका ठाउँहरूमा भव्य मेला लाग्दछन् ।

मिथिलामा सङ्गीत तथा नाट्यकलाको संरक्षण एवं प्रवर्द्धनमा दशमी पर्व सहयोगी सिद्ध हुँदै आएको छ । प्रायः प्रत्येक गाउँमा सप्तमीदेखि दशमी मात्र नभई कोजाग्रत पूणिर्मासम्म सङ्गीत-नाट्य-समारोहहरूको आयोजना हुन्छ । मिथिलाको प्रसिद्ध लोकनृत्य झिझियालाई संरक्षण दिने पर्व पनि यही हो । सामान्यतया झिझियालाई बोक्सीको प्रकोपबाट मुक्त हुने अनुष्ठान भनिन्छ तर यथार्थमा सधैँभरि पर्दाभित्र बस्न बाध्य मैथिल महिलाहरूलाई शारदीय सन्ध्यामा उन्मुक्त विचरण गर्ने अबसर जुटाउने माध्यम हो झिझिया । झिझिया खेल्ने नाममा महिलाहरू एक जुट भई गाउँभरि घर-घर गएर नाचगान गर्दछन् ।

दसैँको कोजाग्रत पूणिर्मालाई मिथिलामा वैवाहिक कर्मसँग जोडेर थप महिमामण्डित गरिएको छ । केही जातिमा कोजाग्रत पूणिर्मा विधिविधानपूर्वक भव्य रूपमा मनाइन्छ, जसमा मिथिलाको मौलिक उत्पादन मखान र पानको सेवन अनिवार्य पारिएको छ । यस्तै हरेक शुभ कार्य साइत हेरेर मात्र गरिने मिथिलामा दशमीलाई ‘जतरा’ पनि भनिन्छ । जतरा अर्थात् यात्रा वा साइत । भनिन्छ दशमीमा दस वटै दिशा खुल्ला हुन्छ । यस दिन जुनसुकै कार्यको शुभारम्भ शुभ फलदायक हुन्छ । यसबाटै पनि मिथिलामा दशमी निकै महìवसाथ मनाइने पर्व हो भन्ने स्पष्ट हुन्छ ।

सुकराति ः तिहारको दीपावलीलाई मिथिलामा सुकराति भनिन्छ । यो शब्द सुखरात्रिको अपभ्रंश हो । सुखको लक्ष्मीलाई स्रोत मानिने सन्दर्भमा लक्ष्मीको पूजा गरिने रातलाई सुकराति भनिएको हो । यस दिन साँझपख घरमूलीले लक्ष्मीको आहृवान गर्दै घरको प्रत्येक कोठामा ऊँक देखाउँछन् । सन्ठी -जुटको रेशा निकाली सकेपछिको बाँकी भाग) र खरलाई कुचोजस्तो आकृतिमा ढालेर टुप्पोमा क्रस बनाइएको आकृतिलाई ऊँक भनिन्छ ।

अन्यत्रझैँ मिथिलामा पनि सुकरातिमा दीपमाला सजाइन्छ । दीपमालाको उद्देश्य वातावरणलाई ज्योर्तिमय बनाउनुका साथै वषर्ायाममा उत्पादन भएका बग्रेल्ती कीटपतङ्गको सामूहिक दाहसंस्कार गर्नु पनि हो । दीपावली गरिसकेपछि घर-घर पुगी सानाले ठूलालाई ढोग्ने प्रचलन छ । यस प्रचलनबाट सामान्यतया वर्षभरिमा कतै-कुनै कटुता उत्पन्न भएको छ भने सुकरातिको दिन त्यो समाप्त भएर जान्छ । सुकरातिको बिहानी पख घरका मूल महिलाले प्रत्येक कोठामा गई लक्ष्मी आउ, दरिद्रा जाउ भन्दै नाङ्लो ठटाउँछन् । यो उपक्रम भनेको प्रतीकात्मक रूपले एकाबिहानै सबैलाई उठ्न प्रेरित गर्नु हो । यसो गरेमा आरोग्य प्राप्त हुनुका साथै सबेरै उठेर बढीभन्दा बढी काम गर्न सकिन्छ । यति हुनासाथै आफसे आफ लक्ष्मीको आगमन र दरिद्राको पलायन हुन्छ ।

सुकरातिमै जोडिएर अरू दुई महìवपूर्ण पर्व पनि आउँछन् । सुकरातिको भोलिपल्ट गोवर्द्धन पूजासँगै पखेब नामक पशुपर्व मनाइन्छ भने पर्सिपल्ट भाइटीका मनाइन्छ, जसलाई भरदुतीया भनिन्छ । भरदुतीया फरक नाम र फरक तरिकाले नेपालका अन्य समुदायमा पनि मनाइन्छ । यसको मूलमा दाजुभाइ-दिदीबहिनीबीचको प्रेम नै हुन्छ तर पखेब भने मिथिलाको मौलिक पर्व हो । यस दिन बिहानैदेखि गाई, भैँसी, बाख्रा, हात्ती, घोडा आदि घरपालुवा जनावरहरूको विभिन्न किसिमले शृङ्गार गरिन्छ । सिँगहरूमा तेल लगाइन्छ, तिनलाई बाँध्ने पुराना दाम्लाहरू फालेर रङ्गीचङ्गी दाम्लाले बाँधिन्छ । विशेष प्रकारका खानेकुराहरू खुवाइन्छ । यसै दिन पशुहरूको पराक्रम पनि प्रदर्शन गराइन्छ । यस क्रममा साँझपख गाउँभरिका पशुहरूलाई एउटा चौरमा लगिन्छ । त्यहाँ एउटा सुँगुरलाई बाँधेर त्यसलाई सिंगले हानेर मार्न गाईभैँसीलाई उक्साइन्छ । यस पर्वमा पशुलाई विशेष महìव दिएर तिनको पराक्रम देखाउने मौकासमेत दिनु त राम्रो कुरा हो, तर त्यहीँनेर अर्को पशु सुँगुरलाई विभत्स तरिकाले मार्नुलाई भने नकारात्मक पक्ष मान्नुपर्ने हुन्छ ।

प्रतिहार षष्ठी वा छठि ः संसारको आदिपर्वका रूपमा रहेको सूर्यपूजाको पर्व छठि पर्व कुनै समयमा प्राचीन मिथिला भूभागभित्र मात्र प्रचलित थियो । कालान्तरमा यो पर्व त्यस क्षेत्रका मैथिली र भोजपुरी भाषाभाषी जनतासँगै देश-देशान्तरसम्म विस्तृत हुँदै गयो । छठि वास्तवमा सहरी मिथिलाको ग्रामीण पर्व हो । खेतीपाती र लोकजीवनसँग यसको गहिरो साइनो छ । सांस्कृतिक समन्वय र सामाजिक सद्भावको मियोको रूपमा रहेको छठिका अनेकौँ लोककल्याणकारी पक्षहरू गाउँ-घरमा पाउन सकिन्छन् ।

छठि पर्वमा धनी र गरिबबीचको फरक छुट्टिँदैन र छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन । छठिमा प्रसादका रूपमा चढाइने सामग्रीहरूको सङ्ख्या ७० सम्म पुर्‍याउनुपर्ने मान्यता छ । यस्ता सामग्रीमा मूला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् । कुनै कारणले ७० प्रकारका सामग्रीहरू पुर्‍याउन सकिएन भने गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ । गम्हरीलाई औषधीय गुणयुक्त धान मानिन्छ । गम्हरीलगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफँै उत्पादन गर्न सक्छ । त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत र तडकभडक देखाउने नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो । यसमा एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले आ-आˆनो पूजा गर्दछन् । यसरी छुवाछूतबाट पनि यो पर्व मुक्त रहेको छ । यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीहरूले समेत छठि माताको भाकल गर्दछन् । यसरी यस पर्वले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ ।

छठिको सबैभन्दा आहृलादकारी पक्ष हो- यसको समय, शैली र रमझम । झिसमिसे साँझ अनि मिरमिरे बिहानीमा ब्रतालुका साथै घरका सदस्यहरूको लस्कर जलाशयसम्म जाँदा र र्फकंदाको दृश्य अत्यन्तै लोमहर्षक हुन्छ । सबैको हातमा पूजाका कुनै न कुनै सामग्री, यी सामग्रीहरूमाथि बलिरहेको दियोले वातावरणलाई उल्लासपूर्ण बनाएको हुन्छ । जलाशयछेउमा लहरै बनाइएका पूजाका घाटहरू, मैथिल ललना -नारी) हरूद्वारा घाटैपिच्छे समूह-समूहमा आबद्ध भई छठि परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीतहरू, पोखरीको डिलमा ढोल, पिपहीजस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अर्घ दिइरहेका ब्रतालुहरू, परालको बुजोमाथि बलिरहेको दियो, पोखरीभरि तैरिरहेको दीपसमूहले बिछट्ट रोमाञ्च र भक्तिभाव सिर्जना गर्दछ ।

छठिलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ । यसमा पुजिने सूर्य र जल दुबै आदिशक्ति हुन् । पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै ‘आरोग्यं भाष्करादिच्छेत’् भनिएको छ । छठि मनाउनाले आरोग्य र विशेषगरी चर्मरोगहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । चर्मरोगहरूको कारणमा प्रदूषित पानी पनि एक रहेको परिप्रेक्ष्यमा छठिले जलाशयहरू सफा राख्ने सन्देश दिन्छ । सबै चाडपर्वमा झैँ यसबाट पनि सुख-समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने मान्यताअनुसार यो पनि सही नै हुन आउँछ । छठिले अस्ताउँदो सूर्यको समेत पूजा गरेर मानवीयताको सन्देश पनि दिइरहेको हामी पाउँछौँ ।

सामा-चकेवा

सामान्यतया लौकिक प्रेम-सम्बन्धलाई नकारात्मक दृष्टिले हेरिने मिथिलामा प्रेमको उत्कर्ष दर्शाउने चाडपर्व भने बडो उल्लासका साथ मनाउने गरिन्छ । मिथिलाका महिलाहरूले कार्तिक पूणिर्माका राति धार्मिक र सांस्कृतिक नियम-निष्ठा तथा उल्लासका साथ सामा-चकेवा पर्व मनाउँछन् । सामा-चकेवामा मूलतः दाजुभाइ र दिदीबहिनीबीचको स्नेह-सद्भावको गाथा वर्णन गरिन्छ । यसको पृष्ठभूमिमा दाजुले बहिनीको प्रेम साकार पार्न गरेको सहयोगको कथा छ ।

पद्म-पुराणअनुसार कृष्ण र सत्यभामाका साम्ब र श्यामा नामक छोरा-छोरी थिए । ऋषिकुमार चारुवक्यसँग श्यामाको प्रेमका सम्बन्धमा महत्तक चूडकले अतिरञ्जनापूर्वक कृष्णलाई सुनाइदिएपछि क्रोधित भएर उनले दुबैलाई चरा हुने श्राप थिए । यस घटनाका बखत राज्यभ्रमणमा रहेका राजकुमार साम्बले पछि आˆनो तपोबलबाट बहिनी र चारुवक्य दुबैलाई श्रापमुक्त गराए । त्यसैबेलादेखि दिदी-बहिनीले दाजुभाइको दीर्घायु एवं सुख-समृद्धिको कामना गर्दै यो पर्व मनाउन थालेको जनश्रुति मिथिलामा प्रचलित छ ।

यस पर्वलाई वर्तमान परिप्रेक्ष्यमा मैथिल महिलाको मूर्तिकला र सङ्गीतकलालाई अक्षुण्ण राख्ने तथा नारी-उन्मुक्तिको पर्वका रूपमा पनि लिने गरिएको छ । किनकि यस पर्वसँग सम्बन्धित सम्पूर्ण मूर्तिहरू महिलाहरूले आफैँ बनाउँछन् भने यसका लागि माटो खन्ने, मूर्ति बनाउने तथा मूर्तिलाई शीत चटाउन भनी बाहिर लाने काम हरेक दिन गीत गाउँदै महिलाहरूद्वारा नै गरिन्छ ।

मधुश्रावणी ः मिथिलाका ब्राहृमण, कायस्थ, देव, स्वर्णकारलगायतका जातिमा विवाहपछिको पहिलो साउन महिनामा निकै भव्यतापूर्वक मधुश्रावणी पर्वको आयोजना गरिन्छ । यौनोद्दीपक मौसमको रूपमा चिनिने साउन महिनामा यौवनको मधुमयतासँग साक्षात्कार गराउने उद्देश्यले आयोजना गरिने हुनाले यसलाई मधुश्रावणी भनिन्छ । उहिलेको जमानामा अहिलेको जस्तो सजिलै यौनज्ञान प्राप्त गर्न सक्ने आधारहरू उपलब्ध नभएकोले होला- मधुश्रावणीमा शिव-पार्वतीको प्रेम-प्रसङ्गलाई आधार बनाएर प्रतीकात्मक रूपमा यौनसम्बन्धी सैद्धान्तिक ज्ञान दिइन्छ । सैद्धान्तिक ज्ञानसमेत दिनका लागि मधुश्रावणीमा वर-वधुलाई अचेलको हनिमुनझैँ बाहिरको कुनै रमणीय स्थानमा नपठाई घरकै वातावरण रमणीय र मादक बनाउने प्रयत्न गरिन्छ ।

तेह्रदेखि पन्ध्र दिनसम्म चल्ने मधुश्रावणीमा नवदुलहीले प्रत्येक दिन आफ्ना सङ्गीहरूसँग मिलेर गाउँभरि डुल्दै फूल टिप्छन् । फूल टिप्न जाँदा साथीहरूबीच हुने कुराकानी नवविवाहिता भएको नाताले प्रायः यौन सम्बन्धकै हुन्छन् । यस क्रममा अनुभवी साथीहरूबाट नववधूले ज्ञानगुनका अनेक कुरा सिक्न पाउँछन् । हरेक दिनको पूजाको क्रममा पनि कुनै प्रौढ महिलाले शिव-पार्वती परिणयका कथाहरू सुनाउँछन् ।

मिथिला परिक्रमा ः वसन्तको आगमनसँगै फागुको रङमा रङ्गिएर होरी-जोगिरा गाउन थाल्ने मिथिलावासीहरू जनकपुर छेउछाउमा भने हरेक वर्ष बडो आतुरताका साथ मिथिला परिक्रमा समापनको बाटो हेर्ने गर्दछन् । मिथिला परिक्रमा उसो त धार्मिक विश्वासअनुसार गरिने १५ दिने परिक्रमा हो तर प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र वरपरका बासिन्दाका लागि भने यो एउटा सांस्कृतिक उत्सवको रूपमा स्थापित भइसकेको छ । त्यसैले अन्यत्र तिथिको हेरफेरका कारण फागु जुनसुकै दिन खेलिए तापनि जनकपुर-क्षेत्रमा परिक्रमाको पन्ध्रौँ दिनमा अन्तर्गृही परिक्रमा सिद्धिनासाथ फागु खेल्न थालिहालिन्छ ।

मिथिला परिक्रमा फागुन महिनाको औँसीदेखि सुरु हुन्छ । धनुषा जिल्लाको कचुरी गाउँको मिथिलाविहारी मठबाट उक्त दिन मिथिलाविहारीको डोला जनकपुरधामस्थित रत्नसागर हुँदै जानकीमन्दिरमा पुर्‍याइन्छ । जानकी मन्दिरबाट जानकीको डोलाका साथै जनकपुर-परिसरका अन्य मन्दिरहरूबाट समेत डोलाहरू ल्याई परिक्रमा-यात्रा आरम्भ हुन्छ ।

परिक्रमाका सहभागीहरूले पहिलो रात जनकपुरधामसँगैको कुवा-हनुमाननगरमा विश्राम लिन्छन् । त्यहाँबाट यो परिक्रमा कल्याणेश्वर -भारत), गिरिजास्थान -भारत), मटिहानी

-महोत्तरी), जलेश्वर -महोत्तरी), मडई -महोत्तरी), ध्रुवकुण्ड -महोत्तरी), कञ्चनवन -महोत्तरी), पर्वता -धनुषा), धनुषाधाम -धनुषा), सतोषर -धनुषा), औरही -धनुषा), करुणा -भारत) र बिसौल -भारत) हुँदै चौधौँ रातको विश्राम गर्न पुनः हनुमाननगर आइपुग्छ । पन्ध्रौँ दिन मुख्य जनकपुरको पाँच कोसको परिक्रमा गरी यो यात्रा सम्पन्न हुन्छ । अन्तिम परिक्रमालाई अन्तगर्ृही परिक्रमा भनिन्छ ।

महात्मा सूरकिशोर दासद्वारा मिथिलाको खोजी गरिएपछि मिथिला परिक्रमाको थालनी सोतिमट्ठी मठका सीताप्रसाद र बराही मठका सूरदास नामक दुई साधुले गरेका थिए । पछि जनकपुरधामस्थित सीता कुण्डका रामदास आचारीको प्रयत्नबाट यस परिक्रमामा स्थानीय र प्रवासी साधुसन्तहरूलाई सङ्गठित गरी यसमा प्रहरी तथा सामान्य नागरिकलाई समेत सहभागी गराउन थालियो । आचारी बाबाको निधनपछि कचुरी निवासी उनका शिष्य लारली शरण उनका उत्तराधिकारी भए । आजसम्म पनि परिक्रमाको नेतृत्व गर्ने अधिकार कचुरी मठमै छ । शूद्र कुलका लारली शरणलाई दिइएको उक्त सम्मान सामाजिक समन्वयका दृष्टिले पनि उदाहरणीय कदम हो ।

विद्यापति स्मृति पर्व ः नेपाली जातिको गौरवबोध गराउने व्यक्तित्वका रूपमा आदिकवि भानुभक्तलाई लिइएझैँ मैथिलीहरूको जातीय चेतनाका प्रतीकका रूपमा महाकवि विद्यापतिलाई लिइन्छ । विश्वको छब्बीसौँ -एथ्नोलगको सर्वेक्षणअनुसार) सबैभन्दा ठूलो जनसमूहले बोल्ने भाषा तथा नेपालको दोस्रो ठूलो जनसमूहको मातृभाषा मैथिलीको सन्दर्भमा महाकवि विद्यापतिलाई यस भाषा, साहित्य, संस्कृतिको पर्याय मानिन्छ । “देसिल वयना सबजन मिट्ठा” भन्ने आदर्श बोकी संस्कृत भाषामा मात्र साहित्य सिर्जना गर्ने तत्कालीन परिपाटीलाई भत्काउँदै जनभाषामा रचना गरेका कारण विद्यापतिका गीतहरू उनको अवसानको सात सय वर्ष बितिसक्दा पनि मिथिलाको जन-जीवनमा परिव्याप्त छ ।

विद्यापतीय साहित्यको सुवास मिथिलामा मात्र सीमित नरही आसाम, उडिसा, बङ्गालसम्म फैलिएको थियो । तत्कालीन नेपाल उपत्यकाका मल्ल राजाहरूले सम्भवतः उनकै काव्यकलाबाट प्रभावित भएर मैथिलीलाई राजभाषा बनाउनुका साथै मैथिल विद्वान्हरूबाट साहित्य रचना गराए तथा स्वयं आफैँले पनि यथेष्ट मात्रामा मैथिली भाषाका अनेकौँ महìवपूर्ण काव्य तथा नाट्यकृतिहरूको प्रणयन गरे ।

यसै कारण मैथिली साहित्यको इतिहासमा नेपालका मल्ल राजाहरूको अबदान स्वणर्ाक्षरले मुदि्रत छ । विद्यापतिको काव्यशौष्ठवबाटै वशीभूत भएर कविगुरु रवीन्द्रनाथ ठाकुरले भने- “मेरो काव्यचेतनालाई सबैभन्दा पहिले छुने र घचघच्याउने काम मैथिल कवि कोकिल विद्यापतिरचित सुकोमल पदहरूले गरे ।”

चौधौँ शताब्दीमा आफ्नो साहित्यको प्रकाशबाट विश्वलाई नै आलोकित पार्न सफल महाकवि विद्यापति नेपालमा शाहवंशको उदयपछि ओझेलमा परेजस्ता भए तर भूगोलविहीनताको अबस्थामा बाँचिरहेका मैथिलहरू आफ्नो पहिचानको प्रमुख आधार महाकवि विद्यापतिलाई कसैगरी बिर्सन चाँहदैनन् । त्यसैले आˆना व्यवहार र संस्कारहरूमा महाकविलाई जीवन्त राख्नुका साथै आफ्नो घरको पूजाकोठामा देवीदेउताका तस्बिरहरूसँगै विद्यापतिको तस्बिर पनि सजाउने गरेका छन् ।

मिथिलावासीहरूले प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशी तिथिका दिन विद्यापति स्मृति पर्व समारोह मनाउँछन् तर यो समारोह त्यही एक दिन मात्र भने मनाइँदैन । वस्तुतः यस दिनबाट विद्यापति स्मृति पर्वको विधिवत सुरुआत हुन्छ । यो क्रम छ-सात महिनासम्म पनि चलिरहन्छ । यस दृष्टिले भन्ने हो भने संसारमै विद्यापति मात्र यस्ता साहित्यिक विभूति होलान्, जसको स्मृतिमा यति लामो समयसम्म समारोहहरू आयोजित भइरहन्छन् ।

उपसंहार ः मैथिली संस्कृति मूलतः धार्मिक परम्परामै आधारित रहेको देखिए पनि धार्मिक आडम्बरमा जकडिएका पर्वहरू मिथिलामा पाइँदैनन् । हरेकजसो चाडपर्वले मानिसलाई कर्म र लोककल्याणतर्फ उत्प्रेरित गर्ने गर्दछन् । मिथिलामा चाडपर्वमै प्रकृति संरक्षणका साथै धार्मिक सहिष्णुता, जातीय-साम्प्रदायिक सद्भाव, सरसफाई आदि गतिविधिलाई पनि संरक्षण दिइएको छ । साथै यी चाडपर्वहरूले कलाका विभिन्न आयामहरूलाई पनि संरक्षण दिँदै आएका छन् ।

प्रत्येकजसो चाडपर्व वा अवसरहरूमा मिथिलाले गीत-सङ्गीतलाई अनिवार्य बनाएको छ । यस्ता संस्कार गीतहरू प्रायः महिलाहरूले समूहमा गाउँछन् । यसैगरी प्रत्येक पर्वमा पूजा गरिने स्थललाई लिपपोत गरी सर्वप्रथम त्यसमा महिलाहरूले अल्पनाचित्र बनाउँछन् । त्यसैले मिथिलाको लोकचित्रकलामा मैथिल महिलाहरू सिद्धहस्त हुन्छन् । मधुश्रावणी र बरिसाइतमा कपडाका पुतलीहरू बनाइन्छन् भने सामा-चकेवामा पर्वसँग सम्बन्धित मूर्तिहरू बनाइन्छन् । दसैँमा खेलिने झिझियाले नृत्य विधालाई संरक्षण दिएको छ भने विभिन्न चाडपर्वमा बनाइने फरक-फरक किसिमका प्रसादले पाककलाको प्रवर्द्धन गरिरहेको छ । यसप्रकार कलाका विभिन्न आयामलाई मिथिलाका चाडपर्वले संरक्षण दिनुलाई महìवपूर्ण पक्ष मान्नुपर्दछ । यस्ता गतिविधिका माध्यमबाट महिलाहरूले प्रायः घरभित्रै सीमित भएर बस्नुपर्ने तत्कालीन अवस्थालाई पनि सिर्जनशीलतामा रूपान्तरित गरिएको स्पष्ट हुन्छ ।

– मधुपर्क मंसिर, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *