(गीत)
गर्जिदैछ आकाश आज, यो मन किन आत्तिन्छ नि
चट्याङ्ग पर्यो सांघर छेउ, मुटू किन जल्दिन्छ नि

छैन निद हर् साँझ् जस्तै, मन त्यसै पोली दिन्छ
दुस्मन सँग लड्दा लड्दै, घर कै याद आई दिन्छ
धड्किदैछ छाती सारै, धड्कन त्यसै बड्दिन्छ नि
घरी घरी सम्झिदैछु, यो मन किन पोल्दिन्छ नि
काँध लाए राईफललाई, खुईया ठुलो सास फेरे
यता उती नजर् लाई, तिम्रो तस्विर चस्स हेरे
लडाईको मैदान् मा नि, तिम्रै याद आई दिन्छ नि
किन आज मेरी उन्लाई, यो मनले खोजी रहन्छ नि
गर्जिदैछ आकाश आज, यो मन किन आत्तिन्छ नि
चट्याङ्ग पर्यो सांघर छेउ, मुटू किन जल्दिन्छ नि
– ब्रुनाई