पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)

(बहर हजज मुसम्मन् अखरब महजूफ अखरम
ऽऽ॥ऽऽऽऽऽऽऽ। मुस्तफ्इलुंमुस्तफ्फैलुन्ंमफ्ऊलात रुक्नमा आधारित)


पाखा र पखेरो नाँचेको मान्छे म
सिन्की र ढिँडोले बाँचेको मान्छे म ।

आँटो र पिठो जे जस्तो पाके हुन्छ
मूला नुन थेबे चाटेको मान्छे म ।

धान्दै छु हिमाली गाई-गोरु गोठ
जन्मै छ भकारो टाँसेकॊ मान्छे म ।

सेवा छ सधैँको गाई चौँरीे जात
मोही र दहीले साँचेको मान्छे म ।

नारेर सधैँ गोरु खेतीको याम
जोतेर हली मै दाँजेको मान्छे म ।
गजल कुटेरीविशालमार्ग नारायणगढ चितवन ।

4 thoughts on “पाखा र पखेरो नाँचेको मान्छे म (गोर्खे साइँलो)

  1. विजया दशमी २०६८ को पवन अवसरमा निलगिरी टोल विकास संस्थाको आयोजनमा साहित्यीक शुभकामना आदान–प्रदान कार्यक्रममा आमन्त्रण गरिन्छ । यहाँहरुको ठेगानामा पत्राचार गरिएको छ, यदि पत्र नआइपुगेको भए यसै स्टाटसलाई सूचनामानी आई दिनु हुन अनुरोध छ । प्रेमविनोद नन्दन गोर्खे साइलो बालकृष्ण थपलिया रमेश प्रभात पुष्पअधिकारी अञ्जली किसान प्रेमी धनराज गिरी केशवराज आमोदी रामबाबु घिमिरे डा. हरिहर पौडेल प्रभाकर पण्डित संगित आयाम सृजन अविरल उदय अधिकारी रमा घिमिरे विजयराज ज्ञावली विमलप्रकाश देवकोटा सरला जोशी नमूना शर्मा सरस्वती रिजाल सृजना शर्मा भिम न्यौपाने सुमनराज श्रेष्ठ भुपिन व्याकुल भावना शर्मा पाठक कपिल अज्ञात होमनाथ सापकोटा धनेश्वर भट्टराई पोषराज पौडेल इन्द्र रेग्मी डि.आर. पोख्रेल चेतकान्त प्रेम रिमाल रविकिरण निर्जिव सुरेन्द्र अस्तफल गणेश शर्मा

    • हामी ठान्छौ निलगिरी टोल अरु टोलहरुको भिडमा छुट्टै पहिचान बनाउन सफल टोलहो यस टोलले चितवन जिल्लाका 30 जना स्रष्टाहरुलाई विशेष सम्मानकासाथ सम्पन्न गर्ने उदेश्य रहेको सो कार्यक्रमलाई हल्का रुपमा लिई उपस्थित नहुनु भएका स्रष्टा प्रति दुःखका साथ यो निवेदन गर्छौकी जो उपस्थित हुनुभो उहाँहरुले बताई सक्नु भोहोला एउटा टोलले पनि यति सभ्य, भव्य र शालीन कार्यक्रम आयोजना गर्दो रहेछ भनेर । खै के भनौ ?

  2. हामी ठान्छौ निलगिरी टोल अरु टोलहरुको भिडमा छुट्टै पहिचान बनाउन सफल टोलहो यस टोलले चितवन जिल्लाका 30 जना स्रष्टाहरुलाई विशेष सम्मानकासाथ सम्पन्न गर्ने उदेश्य रहेको सो कार्यक्रमलाई हल्का रुपमा लिई उपस्थित नहुनु भएका स्रष्टा प्रति दुःखका साथ यो निवेदन गर्छौकी जो उपस्थित हुनुभो उहाँहरुले बताई सक्नु भोहोला एउटा टोलले पनि यति सभ्य, भव्य र शालीन कार्यक्रम आयोजना गर्दो रहेछ भनेर । खै के भनौ ?

  3. Sachainai Kati Dherai Bastabiktako Dharatalma Chitrayaman 6 Gajal……
    Sir, Tapaibat Hami Naba Sirjanakar Harule Astai Saral Ra Mithas Gajalko Aasa Garda6au…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *