(गजल)
माया भएर त म फर्की आएँ
बृष्टी भन्दा छिटो दर्की आएँ
जागिर थियो गाडी थियो त्यैपनि
खुशी नभई सुखसितै तर्की आएँ
ठूलो शहर कान फूट्ने आवाज
रीतिरिवाज देखि झर्की आएँ
रहरले हैन बाध्यताले पसिना
विदेशी भूमीमा छर्की आएँ
आमाको स्नेहले यस्तरी तान्यो
सद्दे लिएर गा’को मुटु चर्की आएँ
– लस् एन्जेलस्