६०औँ सृजना वाचन कार्यक्रम सम्पन्न

विनेसाम- विश्व केन्द्रीय समिति

६०औँ सृजना वाचनको कार्यक्रम, १५.०२.२०२६
*केन्द्रीय समितिको सृजना वाचन कार्यक्रम आजीवन सदस्य साथै केन्द्रीय सदस्यहरूसँग
——————————-
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति २०२५-२०२८ द्वारा आयोजित ६०औँ प्रकरणको मासिक सृजना वाचनको कार्यक्रम १५.०२.२०२६ दिन साँझ ०६:०० बजेदेखि भव्य रुपमा जुम भर्चुअल प्ल्याटफर्ममा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता वरिष्ठ उपाध्यक्ष श्री डेन्जोङ साम्पाङले गर्नुभएको थियो lकार्यक्रमका प्रमुख अतिथि एवम प्रमुख वक्ता प्रा• डा• दिवाकर प्रधान हुनुहुन्थ्यो l विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिमा यो महिनाको सृजना वाचनको कार्यक्रममा केन्द्रीय पदाधिकारीगण साथै आजीवन सदस्यहरूलाई लिएर गरिएको थियो । केन्द्रीय महासचिव श्री देविका मंग्राती राईद्वारा सञ्चालित उक्त कार्यक्रम प्रेम दिवसलाई लक्ष्य गरेर सबैले प्रेमिल सृजनाहरू वाचन गर्नुभयो l प्रा• डा• दिवाकर प्रधानज्यूले प्रेम दिवस र पूर्वीय सिधान्त बारे आफ्नो वक्तव्यमा गहन, मनन योग्य, महत्वपूर्ण कुराहरू राख्नुभयो l
कार्यक्रमलाई फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो l
उपस्थित हुनुहुने साथै उत्कृष्ट सृजनाहरू वाचन गर्नुहुने पदाधिकारीज्यूहरूमाः-

केन्द्रीय समितिबाट :-

1..केन्द्रीय अध्यक्ष डा लेखनाथ काफ्लेज्यू(ताइवान)|(वाचन गर्नु भएन)
2.केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री डेनजोम सामपाङज्यू( अमेरिका )
3.केन्द्रीय सल्लाहकार प्रा• डा• दिवाकर प्रधानज्यू (भारत)
4.केन्द्रीय सल्लाहकार डा• भीम खतिवडाज्यू (नेपाल)
5.केन्द्रीय उपाध्यक्ष श्री गोविन्द प्रसाद गौतमज्यू ( रसिया )
6.केन्द्रीय उपाध्यक्ष श्री सुनिता राई कान्दङ्वाज्यू ( जापान )
7.केन्द्रीय महासचिव श्री देविका मंग्राती राई्ज्यू (भारत)
8.केन्द्रीय संगठन सचिव श्री कल्पना पौडेल जिज्ञासुज्यू (नेपाल)
9.केन्द्रीय सदस्य श्री रीतादेवी प्रधानज्यू (अमेरिका)
10.केन्द्रीय सदस्य श्री मणिराज सिंहज्यू (नेपाल) ( वाचन गर्नु भएन)
11.केन्द्रीय सदस्य श्री ऋषिराम सापकोटाज्यू, ( नेपाल )
12.आजीवन सदस्य श्री मोहन गौतमज्यू (भारत शाखा )

धन्यवाद,

देविका मंग्राती राई
महासचिव विनेसाम,
विश्व केन्द्रीय समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *