जापान १५ जनवरी २०२६, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति २०२५-२०२८ द्वारा आयोजित ५९औँ प्रकरणको मासिक सृजना वाचनको कार्यक्रम साथै परिचयात्मक भेटघाट १५.०१.२०२६ दिन साँझ ०५:०० बजेदेखि भव्य रुपमा जुम भर्चुअल प्ल्याटफर्ममा सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिमा ५४ भन्दा धेरै शाखाहरूमध्ये जापान शाखा एक हो ।जापान शाखाले धेरै उदाहरणीय साहित्यिक कार्यक्रमहरू गर्दै आईरहेका छन् यो महिनाको सृजना वाचनको कार्यक्रममा जापान शाखालाई लिएर गरिएको थियो । केन्द्रीय महासचिव श्री देविका मंग्राती राईद्वारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व केन्द्रीय उपाध्यक्ष श्री सुनिता राई कन्दङ्वाले गर्नुभएको थियो।
कार्यक्रमलाई फेसबुकमा प्रत्यक्ष प्रसारण गरियो।
उपस्थित पदाधिकारीज्यूहरूमाः-
केन्द्रीय समितिबाट :-
1.केन्द्रीय उपाध्यक्ष, श्री सुनिता राई कान्दङवाज्यू (जापान)
2.केन्द्रीय महासचिव श्री देविका मंग्राती राईज्यू (भारत)
3.केन्द्रीय संगठन सचिव श्री कल्पना पौडेल जिज्ञासुज्यू (नेपाल)
4. केन्द्रीय कोषाध्यक्ष श्री भिम विरही राईज्यू (नेपाल)
5.श्री कृष्णप्रसाद गौतमज्यू ,(केन्द्रीय सदस्य) नेपाल
6. श्री ऋषिराम सापकोटाज्यू, (केन्द्रीय सदस्य) नेपाल
सृजना वाचनको कार्यक्रममा जापान शाखाबाट सिर्जना वाचन गर्नुहुने उपस्थित सर्जकहरूमा-
१. श्रो रबिन्द्र दिक्खुपाज्यू, अध्यक्ष, जापान शाखा
२.श्री शिवराज राईज्यू- उपाध्यक्ष -जापान शाखा,
३.श्री विजय स्या्ङबोज्यू, महासचिव, जापान शाखा
४. श्री सयपत्री राई थुलुङज्यू , सहसचिव, जापान शाखा,
५.श्री रामचन्द्र न्यूपानेज्यू, अर्थ सचिव, जापान शाखा
६.श्री लक्ष्मी अग्रेजा मगरज्यू, सदस्य जापान शाखा, सबै सर्जकज्यूहरूले उत्कृष्ट सृजनाहरूको वाचन गर्नुभयो l
सृजना वाचन पश्चात सभापतिज्यूले सबैलाई आभार व्यक्त गर्नुहुँदै विनेसामलाई अझै धेरै देशहरू सँग जोड्ने, शाखाहरू बनाएर विनेसामलाई अझ सक्रिय र वृहत बनाउनु पर्छ, भन्ने कुराहरू राख्नुभयो ।
धन्यवाद
देविका मंग्राती राई
महासचिव
विनेसाम, विश्व केन्द्रीय समिति ।