विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सृजना वाचन साथै अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को कार्यक्रम १५/०३/२०२६ आईतवारको दिन बेलुका ०७:०० बजे जूम भर्चुअल मार्फत gfnl फेसबुकको आधिकारिक पेजमा सम्पन्न भयो साथै प्रत्यक्ष प्रसारण गरिएको थियो l कार्यक्रमको अध्यक्षता विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष डा. लेखनाथ काफ्लेज्यूले गर्नु भएको थियो l कार्यक्रका प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिजालज्यू हुनुहुन्थ्यो l विशिष्ट अतिथिमा वरिष्ठ कवि श्री कुन्ता शर्माज्यू, विशिष्ट अतिथिज्यूहरूमा डा. ज्ञानु अधिकारीज्यू- वरिष्ठ साहित्यकार तथा समालोचक, श्री भवानी खतिवडाज्यू नेपाली साहित्यका प्रथम नियात्राकार साथै श्री किरण आचार्यज्यू, वरिष्ठ साहित्यकारहरूका गरिमामय उपस्थिति रहेको थियो l कार्यक्रममा आसन ग्रहण पश्चात स्वागत मन्तव्य उपाध्यक्ष सुनिता राई कन्दङ्वाज्यूले राख्नुभएको थियो l कार्यक्रमको सञ्चालन विनेसाम केन्द्रीय समितिका महासचिव श्री देविका मंग्राती राईलेज्यूले गर्नुभएको थियो l अतिथिज्यूहरू सबैले नारी सशक्तीकरण, साहित्य, समाज, नारी दिवस, प्रज्ञा प्रतिष्ठान आदिबारे गहन मन्तव्य सुझाव, जानकारीहरू राख्दै सृजना वाचनहरू गर्नुभयो l
यो कार्यक्रममा उपस्थित हुनुभएका केन्द्रीय पदाधिकारीज्यूहरूमा:-
केन्द्रीय अध्यक्ष डा. लेखनाथ काफ्लेज्यू- ताईवान,
संस्थापक तथा वरिष्ठ सल्लाहकार डा. मधु माधुर्यज्यू -अमेरिका,
वरिष्ठ उपाध्यक्ष श्री डेन्जोम साम्पाङज्यू- अमेरिका,
उपाध्यक्षहरूमा श्री विजय हितानज्यू – बेलायत,
श्री गोविन्द प्रसाद गौतमज्यू- रसिया,
श्री सुनिता राई कनदङ्वाज्यू- जापान,
महासचिव श्री देविका मंग्राती राईज्यू -भारत,
सचिव डा. के.बी. पौडेलज्यू नेपाल,
कोषाध्यक्ष श्री भीम विरही राईज्यू – नेपाल,
संगठन सचिव श्री कल्पना पौडेलज्यू -नेपालगञ्ज,
केन्द्रीय सदस्यहरूमा श्री मणिराज सिंहज्यू- काठमाडौँ,
श्री रिता देवी प्रधानज्यू -अमेरिका,
श्री ऋषिराम सापकोटाज्यू- नेपाल,
श्री कृष्ण प्रसाद गौतमज्यू -नेपाल l
बेलायत शाखाबाट डा. सुनमाया राईज्यू, श्री चिम्खोले काँईलाज्यू , श्री गंगा भण्डारीज्यू,
नेपालबाट श्री नीता श्रेष्ठ नित्यनूरज्यू, श्री हरि कुमार श्रेष्ठज्यू, सुश्री दिपा मंग्रातीज्यू, भारतबाट श्री चन्द्र राईज्यू श्री खानडोल्मा भूटीयाज्यू साथै डा. चन्द्रकुमार रामुदामु आदि सबैको गरिमामय उपस्थिति रहेको थियो अनि सबैले सृजना वाचन गर्नु भयो l
उत्कृष्ट सृजनाहरू, शुभकामनाहरू साथै वक्तव्यहरू पश्चात अध्यक्षज्यूले आफ्नो वक्तव्य राख्नुभयो अनि कार्यक्रम समाप्तिको घोषणा गर्नुभयो l
देविका मंग्राती राई
महासचिव
विश्व नेपाली साहित्य महासङ्घ
विश्व केन्द्रीय समिति



