२३ मे २०२४/बिहिवार
आज जेठ १० गते २०८१ तदनुसार २३ मे २०२४/बिहिवार, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ”बुद्धत्व चिन्तन र बोधिविमर्श” भव्य रुपमा सम्पन्न भएको छ । २५६८औँ बुद्धजयन्तीको अवसरमा आयोजित यस कार्यक्रममा विशेष व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष व्यक्तिहरूको महत्वपूर्ण वक्तव्य, शुभकामना र चारजना विशेष सर्जकका सृजना प्रसतुत भए ।
विनेसाम कन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलको स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रममा सभापति उपाध्यक्ष डेन्जोम साम्पाङ्ग, प्रमुख अतिथि महामहिम राजदुत श्री मिलानराज तुलाधर/रसियाका लागि नेपाली राजदुत, ..विशिष्ट अतिथिज्यूहरू…
– प्रा डा गङ्गाप्रसाद प्रसाईं// कुलपति- त्रिपुरा विश्वविद्यालय, भारत ।
– प्रा डा भीम खतिवडा // शिक्षाध्यक्ष – नेपाल संस्कृत विश्वविद्यालय/दाङ्-नेपाल ।
– प्राज्ञ किरण आचार्य//साहित्यकार ।
-प्राज्ञ श्री महानन्द ढकाल // साहित्यकार ।
– प्रा डा दिवाकर प्रधान// अध्यक्ष भारतीय भाषा विभाग काशी हिन्दू विश्वविद्यालय भारत ।
– डा विजय लामा ‘मेगी’// सिक्किम, प्रमुख वक्ता ।
– श्री नवराज पोखरेल // अवैतनिक महावाणिज्यदूत रोमानिय ।
– प्राज्ञ- कबिता आले //चर्चित लोक गायिका तथा अभिनेत्री / काठमाण्डौँ ।
– श्री गीता भण्डारी// अध्यक्ष- साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति ।
– श्री समर चेम्जोङ् // अध्यक्ष, सगरमाथा सहित्य प्रतिष्ठान केन्द्रीय समिति, UAE ।
– श्री चिनीमाया माझि// अध्यक्ष – नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समिति/ काठमान्डौ ।
– श्री यु एस तामाङ // अध्यक्ष – तामाङ्ग बुद्धिस्ट संघ / कर्सेङ् ।
– डा मौसम शर्माज //काशी हिन्दू विश्वविद्यालयबाट ।
– डा इन्द्रमान सुब्बा /कालेबुङ, भारतबाट ।
– प्राध्यापक बिष्णु केसी// शान्ति शिक्षा मा विद्यावारिधि गर्नुभएका/ नेपालगञ्ज बाट ।
– लामा श्री फुनचुक पाख्रिन गुरु // धर्मगुरु, कर्सेङ् बाट (शुभकामना)
– श्री फुर्बा तेन्जिंग लामा// सचिव – तामाङ्ग बुद्धिस्ट संस्था / कर्सेङ् ।
– डा सोम बहादुर धिमाल //युनेस्को सहजकर्ता तथा संस्कृतिक अनुसन्धाता /काठमान्डौ ।
– डा गोकुल क्षत्रिया// लेखक/साहित्यकार, गुजरात / भारतबाट ।
– श्री डम्बर पहाडी// लेखक, कवि तथा एलाक प्रवर्तक / काठमाण्डौ ।
– श्री चेतनाथ आचार्य // वरिष्ठ संचारकर्मी तथा साहित्यकार / बेइजिंग,चिन ।
– श्री हारुहितो नोजु // नेपाली भाषा साहित्यलाई अत्यन्त माया गर्नुहुने, जापान ।
– श्री गणेश वाम्बुले राईज्यू //लेखक, पत्रकार, विगत ३ दशक भन्दा लामो समयदेखि मातृ-भाषामा काम गर्दै आउनु भएका , काठमाण्डौ/नेपाल।

अतिथिज्यूहरू …..
– श्री राधा दुलाल कार्की ज्यू //नेपाल प्रज्ञाप्रतिष्ठान कुलपतिज्यूका स्वकीय सचिव ।
– श्री रत्न बज्र लामाज्यू : समाजसेवी //काठमाण्डौ ।
– डा मदन मानन्धर ज्यू //काठमाण्डौ ।
– श्री मन्जुल मितेरी ज्यू // मूर्तिकार तथा कवि जापान ।
– श्री अजित उत्सव ज्यू //संरक्षक, सगरमाथा सहित्य प्रतिष्ठान, अहिले दक्षिण कोरिया ।
– कबिता राई //कवि, राष्ट्रिय कविता महोत्सव विजयी २०७८, भोजपुर/नेपाल ।
– दिपा लिम्बू राई //कवि, राइप्रस ।
विनेसाम केन्द्रीय पदाधिकारीहरू, आजीवन सदस्यहरू, राष्ट्रिय शाखा, प्रदेश, जिल्ला र मनग्गे साहित्यिक सुन्दर मनहरू जोडिनु भएको थियो ।

प्रमुख वक्ता, डा विजय लामा ‘मेगी’ : सिद्धार्थ गौतम बुद्ध बनिसकर ८० वर्षको उमेरसम्म दिनुभएको उपदेश आज पनि उत्तिकै महत्वपूर्ण छ । हामीले यसरी वर्षमा एकदिन मात्रै नभएर गरिने कर्ममा जोड्नु पर्छ यसमा चिन्तन-मनन् गर्न आवश्यक छ । हामी वहाँले प्राप्त भएको भनेर भन्ने गर्दछौँ तर वहाँले तीन कुरा त्याग्नुभएको थियो मोह, लोभ, द्वेष । यो समस्त मानव जगतका निम्ति ठुलो पाठ हो । हामी मंगल ग्रहम पनि छ कि छैन भनेर खोज्दै छौँ तर हामी आफु भित्र मंगल छ कि छैन त्यो खोज्दैनौं भनेर सरल, सहज तरिकाले सबैले बुझ्नेगरी प्रमुख वक्ता डा मेगीज्यूले अत्यन्त महत्वपूर्ण जीवनोपयोगी कुराहरू राख्नुभयो ।
प्रमुख अतिथि, महामहिम राजदुत श्री मिलनराज तुलाधार (रसियाका लागि नेपाली राजदुत) ;
(क) मध्यम मार्ग नै बौधमार्ग हो । बौध मार्ग नै मध्यम मार्ग हो । कुनै अतिवादलाई बौध धर्ममा स्थान छैन ।
(ख) मानव धर्म नै बुद्ध धर्म हो । बुद्ध धर्मको विशेषता भन्नु नै मानव चिन्तन, मानव हृदयलाई प्रमुख केन्द्रको रुपमा राखेको छ ।
मानव नै त्यस्तो एक चिन्तन गर्न सक्ने प्राणि हो, यही चिन्तन गर्ने क्षमताले नै बुद्धले ज्ञान प्राप्त गर्नु भयो । महामहिम राजदुत श्री मिलनराज तुलाधरज्यूले संक्षिप्तमा अत्यन्त सुन्दर कुरा राख्दै कार्यक्रम आयोजक टीमको प्रशंसा गर्नु भयो यति सुन्दर भव्य रुपमा बुद्धजयन्ती कार्यक्रम आयोजना गरेकोमा ।

विशिष्ट अतिथिज्यूहरूले पनि विशेष कुराहरू राख्नुभयो..
~ श्री चेतनाथ आचार्य (वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार, बेइजिंग/चाइना) : चीनमा तीन विशेष स्थानमा बुद्धका अस्थि राखिएको छ ।
(क) पल्लो सान्छी प्रान्तको तामाङ्ग टेम्पलमा (अंग्रेजीमा यसलाई टेम्पल नै भनिएकोले यही नाम राखिएको हो भनेर स्पष्ट पनि पार्नु भो बोल्ने क्रममा) । त्यहाँ बुद्धको साहिली औँलाको हड्डी राखिएको छ । त्यहाँ दुईपटक अन्तर्राष्ट्रिय बौध सम्मेलन पनि भैसकेको छ । सन् २००८ मा तिपफामन टेम्पल नमस्ते को आकारमा एक सुन्दर प्यागोडा बनाइएको छ । यसरी नमस्ते प्यागोडा बनाउनुको दुई अर्थ छन् …एक बुद्धको साहिली औँलाको हड्डी राखिएको र अर्को नमस्ते संकेतले नेपालको प्रतिनिधित्व गर्ने भएकोले यसरी राखिएको हो । त्यो प्यागोडाको नाम नै नमस्ते प्यागोडा राखिएको छ ।
(ख) बेइजिंगको पशिम उत्तर पश्चिम दिशामा रहेको एक पाताक्षु मन्दिरमा बुद्धको दांत राखिएको छ ।
(ग) चीनको च्याङ्सू प्रान्तको नाम्चिङ्मा बुद्धको खप्परको अस्थि धातु राखिएको छ । यसरी चाइनामा तीन विशेष स्थानमा बुद्धका अस्थि धातु राखिएको छ र थुप्रै गुम्बाहरू छन् भनेर अत्यन्त महत्वपूर्ण जानकारी राख्नुभयो श्री चेतनाथ आचार्यले । र वहाँले त्यहाँको चिनिया साइटबाट अध्ययन गर्नुभए अनुसार३५ करोड भन्दा बढी चिनीहरू बुद्ध धर्ममा आस्था राख्दछन् तर विकिपेडिया भने २४ करोड मात्रै देखाउछ । चीनको जनसंख्या अहिले १ अरब ४० करोड छ ।
~ हारुहितो नोजु : जापान ।
~ प्रा डा गङ्गाप्रसाद प्रसाईं / कुलपति-त्रिपुरा विश्व विद्यालय भारत ।
~ प्राज्ञ कविता आले /चर्चित लोक गायिका तथा अभिनेत्री, काठमाण्डु, नेपाल ।
~ डा इन्द्रमान सुब्बा / बुद्ध दर्शनमा विद्यावारिधि, कालेबुङ्/भारत ।
~ डा मौसम सहरमा / काशीहिन्दू विद्यालय, भारत ।
~ रत्न बज्र लामा / काठमाण्डु, नेपाल ।
~ मदम मानन्धर / काठमाण्डु, नेपाल ।
~ डा मधु कुमार श्रेष्ठ /विनेसाम संस्थापक अध्यक्ष वर्तमान सल्लाहकर, अमेरिका ।
~ श्री सुरेन्द्र लिम्बू परदेशी, अध्यक्ष, विनेसाम केन्द्रीय समिति ।
विशिष्ट अतिथिज्यूहरूले अत्यन्त महत्वपूर्ण कुराहरू राख्नुभएको छ आजको कार्यक्रममा ।
महामानव बुद्धको जन्म, ज्ञान प्राप्त र महापरिनिर्माण आजकै दिन भएको थियो ।
आजको कार्यक्रममा ४ जान अतिथि सृजना वाचक रहेका थिए ।
१) श्री मन्जुल मितेरी, कवि तथा कलाकार जापान ।
२) श्री राधा दुलाल कार्की, कवि, काठमाडौं नेपाल ।
३) श्री डम्बर पहाडी, पूर्व-उपप्राध्यापक, टियु/इतिहास विभाग, कवि तथा एलाक प्रवर्तक, काठमाडौं, नेपाल ।
४) श्री गणेश वाम्बुले राई, लेखक, पत्रकार तथा ३ दशक भन्दा लामो समयदेखि वाम्बुले भाषामा कार्यरत, काठमाण्डौ, नेपाल ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रम बुद्धमा समर्पित ”बुद्धत्व चिन्तन र बोधिविमर्श” २५६८औँ बुद्धजयन्ती कार्यक्रम भर्चुअल रुपमा भव्य तरिकाले सम्पन्न भयो ।
कार्यक्रम संचालन महासचिव सुनिता राई कन्दङ्वाले गरिन्, भने स्वागत मन्तव्य सचिव डा मनमुर्ति भुर्तेलले गर्नु भयो र आजको कार्यक्रमको सभापति उपाध्यक्ष श्री डेन्जोम साम्पाङ्गले गर्नुभयो ।
अन्त्यमा प्रमुख अतिथि महामहिम राजदुत श्री मिलानराज तुलाधरज्यू (रसियाका लागि नेपाली राजदुत), विशिष्ट अतिथिजरूहरू, अतिथिज्यूहरू, विनेसाम परिवार, आजीवन सदस्यहरू, राष्ट्रिय शाखाहरू, प्रदेश, जिल्लाबाट जोडिनु भएका र प्रत्यक्ष रुपमा कार्यक्रममा जोडिनु भएका समस्तमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम ”बुद्धत्व चिन्तन र बोधिविमर्श’ को समापन गर्नु भयो सभापति डेन्जोम साम्पाङ्गले ।







