शुभकामना तथा सृजना वाचन सम्पन्न

१५ अप्रिल २०२४/सोमवार

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १५ अप्रिल २०२४/सोमवार भर्चुअल माध्यम जुमद्वारा नेपाली नयना साल बि सं २०८१ को अवसरमा ”शुभकामना तथा सृजना वाचन” कार्यक्रम भव्य रुपमा सम्पन्न गरको छ ।

कार्यक्रममा देश तथा विदेशबाट बाक्लो उपस्थिति रहेको थियो । विनेसाम केन्द्रीय अहद्य्क्षा श्री सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व, वरिष्ठ साहित्यकार तथा लिलाबोधि चिन्तक श्री कृष्ण धराबासीको प्रमुख आतिथ्य, प्रा डा जनार्दन आचार्य (लेखक तथा विश्लेषक), किरण आचार्य (साहित्यकार), वरिष्ठ साहित्यकार श्री ज्ञान उदास, प्रा डा राजकुमार क्षेत्री (दार्जिलिङ/गभ्मेन्ट कलेज), श्री महानन्द ढकाल (प्राज्ञ सदस्य तथा साहित्यकार, नेपाल प्रज्ञाप्रतिष्ठान),  श्री डम्बर पहाडी (साहित्यकार तथा एलाक प्रवर्तक), डा गोकुल क्षत्रिय (साहित्यका, गुजरात/भारत), श्री शारिक रब्बानी (साहित्यकार तथा अध्यक्ष-भारतीय सांस्कृतिक सहयोग एवम् मैत्री सङ्घ उत्तर प्रदेश) आदि विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

साथै समाजसेवी रत्न बज्र लामा, डा मदन मानन्धर, कवि कविता राई (राष्ट्रिय कविता महोत्सव विजयी तथा पहिचान पुरस्कारद्वारा पुरस्कृति २०७८), कवि दिपा लिम्बू राई (बेल्जियम), सामु उप्रेती (अस्ट्रेलिया) आदि अतिथि रहनुभएको थियो । विनेसम केन्द्रीय परिवार, सल्लाहकार, आजीवन सदस्य, राष्ट्रिय शाखा, प्रदेश र जिल्लाबाट जोडिनु भएको थियो ।

उपस्थिति नेपालका विभिन्न ठाउँबाट, भारत विभिन्न ठाउँ/दार्जिलिङ, सिलिगुडी, सिक्किम, गुजरात,मणिपुर, म्यान्मा, अमेरिका, बेलायत, इजरायल, हङकङ, बेल्जियम, अस्ट्रेलिया, आदि देशबाट उपस्थिति हुनुभएका दर्जनौँ स्रष्टा/सर्जकले शुभकामना तथा सृजना वाचन गर्नुभएको थियो ।

अत्यन्त महत्वपूर्ण मन्तव्य सहित शुभकामना र सृजना वाचन भएको थियो विशिष्ट अतिथिज्यूहरू तथा प्रमुख अतिथिज्यूबाट । 

विनेसाम केन्द्रले यस्ता हरेक अवसरमा साहित्यिक कार्यक्रम गर्ने गर्दछ । आजको शुभकामना तथा सृजना वाचन कार्यक्रममा मिठो स्वागत मन्तव्य केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले राख्नुभयो भने कार्यक्रम संचालन केन्द्रीय सदस्य देविका मंग्राती राईले गरिन् ।

कार्यक्रममा उपस्थिति समस्तप्रति हृदयदेखी आभार व्यक्त गर्नुहुँदै कार्यक्रमका सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले विधिवतरुपमा भर्चुअल कार्यक्रम शुभकामना तथा सृजना वाचनको विसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *