कृप्रस स्मृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न

२९ मार्च २०२४/शुक्रवार

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित आज २९ मार्च २०२४/शुक्रवार ”कृष्णप्रकाश श्रेष्ठ स्मृति सभा तथा सम्मान कार्यक्रम” भर्चुअल्ली भव्यरुपमा सम्पन्न भएको छ ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सम्भापतित्व, वरिष्ठ साहित्यकार, संयोजक भारतीय साहित्य आकादेमी नेपाली भाषा परामर्श समितिका डा शंकरदेव ढकालज्यूको प्रमुख आतिथ्य, विशिष्ट अतिथिज्यूहरू.. प्रा डा गोविन्दराज भट्टराई (वरिष्ठ साहित्यकार तथा समालोचक), प्रा डा कृष्णप्रसाद घिमिरे, प्राज्ञ कौशिला रिसाल, प्राज्ञ महानन्द ढकाल, डा गोकुल सिन्हा (वरिष्ठ साहित्यकार तथा अनुवादक साथै आज कृष्ण प्र स्मृति सम्मानद्वारा सम्मानित), विनेसाम केन्द्रीय परिवार, विभिन्न राष्ट्रिय शाखा, प्रदेश, जिल्ला र आजीवन सदस्यहरूको उपस्थिति रह्यो ।

कल्पना पौडेल जिज्ञासु (विनेसाम केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष)को मिठो स्वागत मन्तव्य लगत्तै सम्मान कार्यक्रम भयो । जसमा सम्मानपत्र संस्थाका कोषाध्यक्ष केबी पौडेलले अक्षर्स पढ्नु भयो भने महासचिव सुनिताले भर्चुअल स्क्रिन साझा गर्नुभएको थियो ।
विश्व साहित्यका साहित्यकार हुनुहुन्थ्यो श्री कृष्णप्रकाश श्रेष्ठ भन्दै उहाँकै नाममा सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित भएको बताउदै आभार व्यक्त गर्नुभयो डा गोकुल सिन्हाज्यूले ।

आजको यस विशेष कार्यक्रममा विनेसामसँग जोडिएका स्रष्टा/सर्जक र देश/विदेशबाट मनग्गे साहित्यानुरागीहरूको प्रत्यक्ष उपस्थिति रह्यो ।

मन्तव्य
विशिष्ट अतिथि प्रा डा गोविन्दराज भट्टराई : नेपाली साहित्यलाई रसियामा र रसियान साहित्यलाई नेपालीमा अनुवाद गरि ठुलो गुण लगाउनु भएको छ कृष्ण प्र श्रेष्ठले । रुस र नेपाल समबन्ध सयवर्ष पुगेको अवसरमा मिनायेव डायस्पोरा पुरस्कारको स्थापना भएको थियो । त्यो पुरस्कार स्थापना गर्न अहम् भूमिका खेल्नु हुने कृष्ण प्र श्रेष्ठलाई अत्यन्त ससम्मान सम्झन चाहन्छु भन्नुभयो प्रा डा गोविन्दराज भट्टराईले । उक्त मिनायेव डायस्पोरा पुरस्कारले सन् २००६ मा सम्मानित हुनुभएका भट्टराई आज स्थापनामा पहल गर्ने व्यक्तित्वको स्मृति सभा कार्यक्रमा वक्ताको रुपमा उपस्थित् हुन पाउँदा कस्तो अचम्मको सुन्दर संयोक हो यो भन्नुभयो ।
मिनायेव रसियन विद्वान् जो चन्द्रशेखरको पल नेपाल आएका थिए । र नेपालबाट रुस जाने पहिलो विद्वान् राजा पृथ्वी बहादुर सिंह थिए अतः यी दुई विद्वान्-लाई रुस र नेपाल जोड्ने पुलको रुपमा लिदै विनायेव डायस्पोरा पुरस्कार स्थापना भएको हो ।
नेपाली भाषा, साहित्य, कला संस्कृति, सम्पदा जस्ता धेरिया कुराहरूलाई रुसमा परिचित गराउने महान व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो । नेपालको भानुभक्त र देवकोटालाई रुसमा चिनाउने नै कृष्णप्रकाश श्रेष्ठ थिए उनको जति चर्चा गरे पनि त्यो कम हुन्छ भन्दै नेपाल प्रज्ञाप्रतिष्ठानले उहाँ बित्नु केही समय अघि रू दुईलाख राशिको पुरस्कार दिने घोषणा गरेको थियो तर दुर्भाग्य कोरोनको दोस्रो लहरले छोडेन ।

त्यस्तैगरी तेजप्रकाश श्रेष्ठ (कृष्ण प्र श्रेष्ठको माहिलो भाइ)ले उहाँले मेरा निम्ति दाजु सदा प्रेरणाका स्रोत हुनुहुन्थ्यो भन्दै सम्झनु भयो ।
प्रा डा कृष्णप्रसाद घिमिरेज्यूले पनि श्री कृष्ण प्र श्रेष्ठ अत्यन्त आदरणीय अग्रज हुनुहुन्थ्यो । उहाँको योगदान अतुलनीय छ भन्नुभयो ।
कृष्ण प्र श्रेष्ठले पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै उहाँ हाम्रो समाजको ठुलो धरोहर हो भन्नुभयो आजको कार्यक्रमका प्रमुख अतिथि डा शंकरदेव ढकालज्यूले ।

नेपालको साहित्यिक अरनिको भनेर कृष्ण प्र श्रेष्ठ बारे लेख लेख्नुहुने विनेसाम केन्द्रीय सदस्य कपिल अधिकारीले उहाँ अत्यन्त सम्मानित व्यक्ति हुनुहुन्थ्यो भन्दै ससम्मान सम्झनु भयो ।

अत्यन्त सरल स्वभाव, सक्रिय र मलाइ किताई उपनाम थपिदिनुहुने आदरणीय कृष्ण प्र श्रेष्ठलाई ससम्मान सम्झन चाहन्छु भन्नुभयो समाजसेवी रत्न बज्रकिताई लामाले ।

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित ”कृष्णप्रकाश स्मृति सभा तथा सम्मान कार्यक्रम” मा आज उहाँले लेखेर प्रकाशित हुन बाँकी थुप्रै कृति छन् त्यसलाई प्रकाशित गर्न सके उहाँमा साँचो अर्थमा सम्मान हुनेथ्यो भन्ने प्रसङ्ग पनि आयो ।

स्व कृष्ण प्र श्रेष्ठको सम्मानमा समर्पित आजको यस स्मृति सभा तथा सम्मान कार्यक्रमको संचालन संस्थाका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेले गर्नुभयो । यस विशेष कार्यक्रममा उपस्थिति हुनुहुने समस्तमा हार्दिक आभार व्यक्त गर्दै आफ्नो सम्पूर्ण जीवन नेपाली भाषा साहित्य र अनुवादमा समर्पण गर्नुहुने श्री कृष्ण प्र श्रेष्ठको स्तुतिगान गरिरहन सकौँ भन्दै कार्यक्रमका सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमलाई विधिवत रुपमा समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *