विनेसाम नेपालद्वारा नारी दिवस सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नारी विमर्ष तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागका सदस्य श्री बाबा बस्नेतको प्रमुख उपस्थितिमा २०८० फागुन २४ गतेका दिन भर्चुवल माध्यमद्वारा नेपाल शाखा, प्रदेश र जिल्लाहरूको संयुक्त आयोजनामा सो कार्यक्रम सपन्न भएको हो ।

कार्यक्रममा विशेष उपस्थितिहरू विश्व नेपाली महासङ्घ केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, साहित्यकार तथा पूर्व प्रधानाध्यापक किरण आचार्य, अध्यक्ष अनन्त शोध, भारतबाट मनिषा खटाटे र कविता राईको उपस्थिति रहेको थियो ।

उक्त भर्चुवल कार्यक्रममा अतिथीहरू केन्द्रीय समितिका उपाध्यक्ष विनेसाम विश्व, केन्द्रीय महासचिव सुनिता राई, अधिवक्ता नारी अभियन्ता विनेसाम नेपाल, सल्लाहकार प्रतिमा शर्मा, साहित्यकार शान्ता वस्याल, विश्व केन्द्रीय समितिका सल्लाहकार प्राडा भिम खतिवडा, केन्द्रीय कोषाध्यक्ष केवि पौडेल, विश्व केन्द्रीय समितिका सदस्य देविका मग्राती, विश्वनेपाली साहित्यमहासङ्घ नेपालशाखाका सल्लाहकार मणिराज सिंह र ऋषिराम सापको रहनुभएको थियो ।

त्यस्तै नेपाल शाखाका उपाध्यक्ष, सचिव तथा पदाधिकारीहरू र सातै प्रदेशका अध्यक्षहरूमा कोशी प्रदेश मुना आत्रेय, वागमती प्रदेश तोयानाथ सुवेदी, मधेस प्रदेश मणिराज दाहाल, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, लुम्विनी प्रदेश अध्यक्ष लेकप्रसाल प्याकुरेल, कर्णाली प्रदेश चन्द्र रावत, सुदुर पश्चिम प्रदेश बाबुराम आचार्यको उपस्थिति रहेकोथियो त्यस्तै भक्तपुरका रेणु घिमिरे, चितवनका हरिप्रिया रिजाल, काठमाडौँका जनार्दन अधिकारी धड्कन, ललितपुरका वुद्धिमान महर्जन, बाँकेका अध्यक्ष गिता अर्याल, वर्दियाका प्रभात सुवेदी, दाङका सुरेशकुमार पाण्डे र रुपन्देहीका नन्दिकिशोर ढकालको उपस्थिति रहेको थियो ।

रचना वाचन गर्ने सर्जकहरू– विदुर अधिकारी , कोपिला शर्मा, जागेश्वर नेपाल, सुरेशकुमार पाण्डे, गङ्गा आचार्य सापकोटा, निरन्जना योग, रेणु धिमिरे, चन्द्रावती अधिकारी, सुधा मिश्र आदीले रचना वाचन गर्नु भएकोथियो भने कार्यक्रममा तीन दर्जन भन्दा बढीको उपस्थिती रहेको थियो l
कार्यक्रमको अध्यक्षता कल्पना पौडेल “जिज्ञासु “ स्वागत मन्तव्य हरिप्रिया रिजाल र कार्यक्रम सञ्चालन गिता अर्यालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *