विनेसाम काठमाण्डौद्वारा चौथो काव्य गोष्ठी सम्पन्न

 मिति २०८०।११/१८

विश्व नेपाली साहित्य महासङ्घ काठमाण्डौका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवम् विनेसाम केन्द्रका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार, क्वान्टम प्रवर्तक डा. मधु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै श्रेष्ठले विनेसामको स्थापना भएको एक-दशक नाघिसक्यो आज काठमाडौसँग जोडिन पाउँदा अत्यन्त खुसी लाग्यो यस महत्वपूर्ण कार्यक्रममा ।

विनेसाम काठमाडौसँग जोडिएर विशेष साहित्यिक व्यक्तित्वहरूसँग भेट्न पाउँदा हर्षित बनेको बताउनु भयो ।  नेपाली साहित्यमा देखिएका नयाँ प्रयोग साहित्यको नव विधा खोरिया, पन्चाङ्ग, घोयत्रो आदि बारे बुझ्ने अध्ययन गर्ने अवसर पाएँ भन्नुभयो। साथै विज्ञानबाट आएको कुरा साहित्य मार्फत चेतना दिने उद्धेश्यले कन्टम साहित्यको परिकल्पना गरि अगाडि बढाएको जानकारी दिदै मानिसको चेतना पनि एक तरङ्ग हो तसलाई लिएर साहित्य सिर्जना गर्ने कुरामा जोड दिनु भई  “आँखा ” कविता सुनाउनु भयो।

विशिष्ट अतिथि वरिष्ठ साहित्यकार बम बहादुर थापा ज्यूले भक्तराज आचार्य ज्यू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो रचना जहॉं छन् बुद्धका आँखा..   भक्तराजको स्वरबाट जिवन्त भएकोछ भन्नु हुँदै रचना सुनाउनु भयो ।

विनेसाम केन्द्रीय महासचिव सुनिता राई ज्यूले विनेसाम काठमाडौ शाखा अध्यक्षज्यूले यस नियमित कार्यक्रमको थालनी गर्नु भयो सह्रानिय छ भन्नु हुँदै केन्द्रको तर्फबाट सक्दो सहयोग गर्ने जानकारी गराउँनु भयो ।

आज धेरै पछि गुणस्तरिय जमघटमा करुणा, प्रेमले भरिपूर्ण बहुआयामिक विषय समेटिएको रचना सुनेर यो समय उर्जनशिल, उत्पादनशिल भएको बताउनु भयो ।

चुडा निर्भिकको कुशल उद्धघोषणमा भएको उक्त कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु ललिता दोषी, चन्द्रा न्यौपाने, सविता खत्री, वीरबहादुर लोहनी, तारा घिमिरे, अमृता रामदान, टेक बहादुर लौडारी, लगायत १६ जनाले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा अमेरिका, इजरायल र नेपालका विभिन्न ठाउँबाट सहभागी हुनुहुन्थ्यो ।

खोरिया प्रवर्तक, विनेसाम काठमाडौका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया लोक छन्द हो शीर्षक दिएर धेरै खोरिया  लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै खोरिया  विभिन्न भाकामा प्रस्तुत गर्नु हुदै  एक कविता वाचनका गरी प्रमुख अतिथि डा.मधु लगायत सम्पूर्ण साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *