१४ जनवरी २०२४
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ”पारसमणि जयन्ती तथा अनुवाद कृति लोकार्पण” आज १४ जनवरी २०२४ आइतवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याउनुहुने वरिष्ठ साहित्यकार, भाषाविद्, सम्पादक, व्याकरणविद्, कवि, कथाकार, नाटककार, निबन्धकार डा. पारसमणि प्रधानको १२६औँ जन्मजयन्तीको अवसरमा विनेसाम केन्द्रले आज भर्चुअल्ली भव्य कार्यक्रमको आयोजना गरेको छ । पारसमणि प्रधानको जन्म १ जनवरी १८९८ कालेबुङमा भएको थियो भने २ फेब्रुअरी १९८६ मा ८८ बर्षको उमेरमा यो सांसारिक जगतलाई त्याग गर्नुभएको थियो । अतः आज उहाँको सम्झना र सम्मानमा यो कार्यक्रम राखिएको थियो । त्यसैगरी विनेसाम केन्द्रले प्रकाशित गरेको अनुवादित कृति ”नेपाली कविताको बान्की तीन भाषामा”को भर्चुअल लोकार्पण पनि भएको छ । कार्यक्रममा सन् २०२४ र भोलि पर्न जाने माघेसंक्रान्तिको शुभकामना आदानप्रदान पनि गरियो ।

विनेसाम संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल जिज्ञासुको न्यानो स्वागत मन्तव्यसँगै गतिलिएको कार्यक्रमका प्रमुख अतिथि नेपाली साहित्यका शिखरपुरुष बसाइँ उपन्यास मार्फत ६५ वर्षदेखि लगातार त्रिभुवन विश्वविद्यालयमा पढिँदै आउनुभएका वरिष्ठ साहित्यकार पद्मश्री लीलबहादुर क्षेत्रीज्यू रहनु भएको थियो । विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा डा गङ्गाप्रसाद प्रसाईँ, कुलपति, त्रिपुरा विश्वविद्यालय भारत, प्रा डा भीम खतिवडा, शिक्षाध्यक्ष नेपाल सरकार, प्रा डा दिवाकर प्रधान, अध्यक्ष भारतीय भाषा विभाग, काशी हिन्दू विश्वविद्यालय बनारस, प्रा डा कविता लामा, विभाग प्रमुख सिक्किम विश्वविद्यालय, भारत, प्रा डा इन्दुप्रभा देवी, बि बरुवा कलेज, गुवाहाटी असम भारत, प्रा डा गोविन्दमान सिंह कार्की, विभाग प्रमुख, त्रिचन्द्र कलेज, काठमाडौं, प्रा डा शैलेन्दुप्रकाश नेपाल, पूर्वविभाग विभाग प्रमुख, पद्मकन्या क्याम्पस, प्रा डा राजकुमार क्षेत्री, दार्जीलिङ गभर्मेन्ट कलेज भारत, सहप्राध्यापक मेघनाथ क्षेत्री, सोनादा डिग्री कलेज, भारत, सहप्राध्यापक तेजमान बराइली, सिलिगुडी कलेज, भारत, प्राज्ञ कविता आले, काठमाडौं नेपाल, डा महेश दाहाल, घुम डिग्री कलेज, दार्जीलिङ भारत, डा घनश्याम परिश्रमी, कुलपति बर्दघाट प्रज्ञाप्रतिष्ठान, नेपाल, डा ज्ञानु अधिकारी, पद्मकन्या क्याम्पस, काठमाण्डौं, डा नवीनवन्धु पहाडी, निलकण्ठ क्याम्पस, धादिङ, डा देवचन्द्र सुब्बा, सिक्किम विश्वविद्यालय भारत, डा बलराम पाण्डे, सिक्किम भारत, डा लक्ष्मणप्रसाद गौतम, काशी हिन्दू विश्वविद्यालय भारत, नेपाल, डा गोकुल क्षेत्रीय, गुजरात, सहप्राध्यापक भुपेन्द्र कोइराला, क्याम्पस प्रमुख, बेलबारी बहुमुखी क्याम्पस, मोरङ नेपाल, सहप्राध्यापक संगीता राना प्रधान, पूर्वविभाग प्रमुख त्रिभुवन विश्वविद्यालय, काठमाडौं, प्राज्ञ शशिराम कार्की-नेपाल प्रज्ञाप्रतिष्ठान, प्रा डा कृष्णप्रसाद घिमिरे-लुम्बिनी प्राविधिक विश्वविद्यालय, श्री सनतकुमार रेग्मी -पूर्वसदस्य सचिव/नेपाल प्रज्ञाप्रतिष्ठान, श्री गोविन्द गिरी प्रेरणा, वरिष्ठ साहित्यकार हाल, अमेरिका, श्री विश्वासदीप तिगेला, विनेसाम पूर्व अध्यक्ष, बेलायत, श्री चेतनाथ आचार्य, भाषासेवी हाल चीन, श्री शरद प्रधान, लेखक समालोचक, काठमाडौं, श्री ज्ञानबहादुर क्षेत्री, वरिष्ठ साहित्यकार, भारत, श्री हारूहितो नीजु, जापान, श्री विमला तुम्खेवा, अध्यक्ष सञ्चारिका समूह नेपाल, श्री गोवर्धन पूजा, अध्यक्ष अनेसास केन्द्रीय समिति, श्री गीता भण्डारी, अध्यक्ष साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति, श्री तिला लेकाली, अध्यक्ष बेलबारी साहित्य विकास समिति, आदि विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।



कार्यक्रममा १२० भन्दाबढी वरिष्ठ प्राज्ञिक व्यक्तित्वहरू, विद्वान वर्गहरू, विनेसाम केन्द्रीय समिति परिवार, राष्ट्रिय शखाहरू, प्रदेश शाखाहरू, जिल्ला शाखाहरू, आजीवन सदस्यहरू, नेपाली भाषा-साहित्यलाई माया गर्ने साहित्यिक मनहरूको बाक्लो उपस्थिति रहेको थियो । विद्वान व्यक्तित्वहरूबाट डा पारशमणि प्रधान बारे धेरै महत्वपूर्ण मन्तव्यहरू राखिएका थिए भने सुन्दर सृजनाहरू पनि वाचन गरिएको थियो । नववर्षको शुभकामना आदानप्रदान समेत गरिएको कार्यक्रममा विमोचित पुस्तकबारे महासङ्घका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेले बोल्नु भएको थियो भने कार्यक्रमलाई महासङ्घकी केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले सञ्चालन गर्नु भएको थियो । अन्त्यमा शुभकामनासहित सबैलाई धन्यवाद दिँदै सभापति सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भएको थियो ।









