परिचयात्मक तथा वाचन कार्यक्रम सम्पन्न

५ जनवरी २०२४

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले आज पौष २० गते २०८०//५ जनवरी २०२४ शुक्रवार प्रदेश र जिल्ला जोडेर परिचयात्मक तथा रचना वाचन कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरेको छ ।

सचिव कृष्ण ब केसीको स्वागत मन्तव्यसँगै गतिलिएको कार्यक्रममा विनेसाम केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्व, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्य साथै विशिष्ट अतिथिहरू, अतिथिहरू, प्रदेश र जिल्लाबाट जोडिनु भएका अध्यक्ष तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम भव्य बन्यो ।

विनेसाम नेपाल शाखाले नियमित रुपमा गर्दै आएको मासिक वाचन कार्यक्रमलाई यसपटक फरक तवरले गर्ने योजना अनुरुप भव्य भयो । प्रदेश र जिल्ला शाखाहरूलाई जोडेर उहाँहरूले गरिरहनुभएको साहित्यिक गतिविधि र भावी योजना सम्बन्धमा उपस्थित् हुनुभएका सबैले प्रस्तुति दिनुभयो, साथै रचना पनि वाचन गर्नुभयो ।

१) तोयानाथ सुबेदी – अध्यक्ष : बागमती प्रदेश ।
२) प्रकाश अधिकारी – अध्यक्ष : गण्डकी प्रदेश ।
३) बाबुराम आचार्य – अध्यक्ष : सुदूरपश्चिमाञ्चल ।
४) लेक प्र प्याकुरेल – अध्यक्ष : लुम्बिनी प्रदेश ।
५) गीता अर्याल – अध्यक्ष : बाँके जिल्ला ।
६) प्रभात सुवेदी – अध्यक्ष : बर्दिया शाखा ।
७) सुरेश कु पाण्डे – अध्यक्ष : दाङ जिल्ला ।
८) रेणु घिमिरे – अध्यक्ष : भक्तपुर जिल्ला ।
९) बुद्धिमान महर्जन – अध्यक्ष : ललितपुर जिल्ला ।
१०) हरिप्रिया रिजाल – अध्यक्ष : चितवन शाखा ।
पश्चात् विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा तथा अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले शुभकामना मन्तव्य राख्नु भयो । डेन्जोम साम्पाङ्ग, भीम विरही राई, जुमन किरण, संगीता ठाकुर आदिले कार्यक्रममा सुन्दर सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

अन्त्यमा,
राष्ट्रिय शाखा नेपालद्वारा आयोजित प्रदेश तथा जिल्लाहरूलाई समेटेर आयोजना गरिएको यस परिचयात्मक साथै साहित्यिक गतिविधि प्रस्तुतिकरण कार्यक्रमका सञ्चालन लेक प्र प्याकुरेलले गरेका थिए । कार्यक्रममा उपस्थित् हुनुभएका समस्तमा हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा साहित्यिक सम्बन्ध अझ मजबूत बन्ने छ र संगै धेरै कार्य गर्न सकिने छ भन्ने विश्वासका साथ् कार्यक्रमकी सभापति विनेसाम केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *