सिर्जना वाचन तथा कर्णाली दर्पणको समिक्षा

१५ डिसेम्बर २०२३/शुक्रवार

विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १५ डिसेम्बर २०२३/शुक्रवार आफ्नो नियमित सिर्जना वाचनको ४४औँ शृङ्खला तथा विनेसाम कर्णाली प्रदेशद्वारा प्रकाशित संयुक्त कृति ”कर्णाली दर्पण”को समिक्षा भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो ।

कार्यक्रमको प्रारम्भ ”कर्णाली दर्पण”को समिक्षाबाट भयो ।

लिखित शब्दका माध्यमबाट गरिने कलाकृतिको टीकाटिप्पणी र व्याख्या/विवेचना समालोचना हो – टीएस इलिएट – यी भनाइसँगै समिक्षक श्री थानेश्वर लामिछानेज्यूले ”कर्णाली दर्पण” उपर आफ्नो अत्यन्त सुन्दर, सटिक, सरल तरिकाले सबैले बुझ्नेगरि उत्कृष्ट समिक्षा गर्नुभयो । समिक्षक लामिछाने सुर्खेत बहुमुखी क्याम्पस – नेपाली विभागका विभागीय प्रमुख हुनुहुन्छ ।

समिक्षा पश्चात् विनेसाम कर्णाली प्रदेशका अध्यक्ष श्री चन्द्र रावत गुराँसबाट संस्थाले गर्दै आएको साहित्यिक गतिविधि र भावी योजनाबारे पनि आफ्ना सुन्दर भनाइ राख्नुभयो । त्यसपछि वाचन शृङ्खला सुरुभयो ।

विनेसाम कर्णाली प्रदेश शाखाबाट जोडिनुभएका पदाधिकारीहरू तथा सल्लाहकार र केन्द्रीय पदाधिकारीहरू तथा सल्लाहकारज्यूबाट सुन्दर सिर्जना वाचन भयो ।

विनेसाम केन्द्रद्वारा नियमित रुपमा गरिने सिर्जना वाचनको ४४औँ शृङ्खलामा यसपटक कर्णलाई प्रदेश शाखालाई जोडेर रचना वाचन तथा ”कर्णाली दर्पण” को समिक्षा गरियो। 

अन्त्यमा : कार्यक्रम संचालन केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलले गर्नुभएको थियो भने आजको यस सिर्जना वाचन तथा समिक्षा कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्णमा हार्दिक आभार व्यक्तगर्नुभयो साथै कर्णाली प्रदेश शाखालाई शुभकामना दिंदै कार्यक्रमका सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीबाट कार्यक्रम समापन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *