विनेसाम त्रैमासिक साहित्य गोष्ठी सम्पन्न

०२ डिसेम्बर २०२३,

गोमा राना,
विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा बेलायतले त्रैमासिक साहित्य गोष्ठी गत २ डिसेम्बर का दिन सम्पन्न गरेको छ ।

मध्यान्न १२ बजे सुरु भएको सो भर्चुअल साहित्यिक कार्यक्रम विनेसाम केन्द्रीय जुमबाट बह्येको थियो।

शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षता रहेको कार्यक्रमलाई स्वागत मन्तव्य गोमा रानाले गर्नुभएको थियो भने कार्यक्रम सचिव शान्ति लिम्बूले संचालन गर्नुभएको थियो र रचना वाचनको चरण सहसचिव जित छन्त्यालले सन्चालन गरेका थिए ।

शाखाको विशिष्ट सल्लाहकार डा. सुमाया राईले नेपाली साहित्य बेलायत र त्रैमासिक साहित्य गोष्ठीको बारेमा सुन्दर मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यू, विशेष अतिथि विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाज्यू, अनेसासको उपाध्यक्ष माया गुरुङज्यू, विनेसाम दक्षिणा शाखाका सल्लाहकार विश्वासदिप तिगेलाज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सिर्जना वाचनमा – माया गुरुङ, सुनिता राई कन्दङ्वा, जित छन्त्याल, नानू राना थापा, शान्ति लिम्बू, गोमा राना, देवी आले, गङ्गा भन्डारी, जगना गुरुङ, सुरेन्द्र लिम्बू परदेशी, डा. सुमाया राई, लाल सुन्दर राई, शान्ति लिम्बु लगायतले गरेका थिए ।

अन्त्यमा, कार्यक्रममा उपस्थिति साथै भर्चुअल्ली साथ्/सपोर्ट गर्नुहुने सबैप्रित आभार व्यक्त गर्दै विशेष विनेसाम केन्द्रप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो सभापति तथा विनेसाम शाखा पश्चिमका अध्यक्ष लाल सुन्दर राईले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *