लक्ष्मीजयन्ती तथा शुभकामना कार्यक्रम सम्पन्न

१३ नोभेम्बर,

विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज १३ नोभेम्बर २०२३ सोमवार ”देउसी/भैलो तथा शुभकामना” कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरेको छ ।

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती हामीले विशेष रुपमा सम्झदै तिहारको शुभकामना आदानप्रदान गरियो ।

कार्यक्रममा आसनग्रहण पश्चात् संस्थाका अध्यक्ष तथा आजको कार्यक्रमका सभापति श्री सुरेन्द्र लिम्बू परदेशीज्यूले तिहारको, आउदै गरेको छठको, नेपाल संवतको सबैलाई शुभकामना व्यक्त गर्नु भयो । अध्यक्षज्यूको शुभकामना संदेश पछि विनेसाम केन्द्रीय समितिका सल्लाहकार प्रा. डा. भीम खतिवडाज्यूले महाकवि लक्ष्मीप्रसाद देवकोटा बारे अत्यन्त सुन्दर विचार राख्नुभयो । साथै सल्लाहकार डा घनश्याम परिश्रमीज्यूले पनि केही सुन्दर कुराहरू राख्नुभयो ।

शुभकामना र मन्तव्य पछि देउसी/भैलो कार्यक्रम गरियो । विनेसमा केन्द्रीय सदस्य कृष्ण प्र गौतमज्यूले भट्याउनु भयो भने उपस्थिति सबैले देउसीरे भनेर साथ् दिनुभएको थियो । भर्चुअल जुममा गरिएको देउसी/भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य भयो ।

कार्यक्रमको उत्तर्रार्द्धमा उपस्थिति सबैबाट देउसी/भैलो कार्यक्रममा संस्थालाई आर्थिक रुपमा केही टेवा पुगोस् भन्ने हेतु देउसी भेटी स्वरूप सोइच्छाले प्रतिबद्धता जाहेर भयो ।

र, अन्त्यमा कार्यक्रमका सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले सम्पूर्णमा तिहारको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो । भोलि पर्न जाने गोवर्धन पूजा, म्ह पूजा आउंदै गरको छठ, नेपाल संवत आदिको हार्दिक शुभकामना व्यक्त गंरुभायो र कार्यक्रमलाई समापन गर्न्य्भायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *