विनेसाम गण्डकीद्वारा विशेष कार्यक्रम सम्पन्न

प्रकाश अधिकारी,

पोखरा, २६ कार्तिक

विश्व साहित्य महासङ्ग गण्डकी प्रदेशले ११५औँ लक्ष्मीजयन्तीको अवसरमा देवकोटाको स्तुत्यकार्यको प्रशंसा गदै श्रद्धासुमन अर्पण गरेको छ । विनेसामले भर्चुअलरुमा सातै प्रदेशका घगडान कवि तथा साहित्यकारहरुको विशेष उपस्थितीमा लक्ष्मीजयन्ती विशेष रचनावाचन गरेको छ ।

कार्यक्रममा वाचकले विम्ब, प्रतिक र अलाङ्कारले भरिएका छन्द, छन्दमुक्त कविता, गजल, मुक्तक र कथा, लघुकथा सुनाए । सिर्जना मार्फत समयका स्वरुहरु उर्राले । विनेसाम विश्व केन्द्रीय समिति अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जीवनप्रतिको उत्सुक्ता जीवनको रहस्य कवितामार्फत सुनाए । विनेसामका उपध्यक्ष विजय हितानले पर्यावरण कविता सुनाए । युद्धभूमि इजराइलबाट महासचिव सुनिता रार्ई कन्दङ्वाले शान्तिको कामना गदै माटो सुगन्ध छरिन् । परदेशमा बसेर घरदेशको सम्झना गर्दै मगंल धुनहरुले उपस्थित स्रोता दर्शकलाई रुवाइन् । विशेष वाचकहरुले देवकोटालाई असिम स्मरण गरे । विनेसाम कोशी प्रदेशका अध्यक्ष मुना आत्रेय, बागमती प्रदेश अध्यक्ष तोयनाथ सुवेदी, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेल, कर्णाली प्रदेश अध्यक्ष चन्द्र रावत गुराँसले आफ्ना रोज्जा कविता, गजल, मुक्तक र कथा, लघुकथा सुनाए ।

विनेसाम विश्व केन्द्रीय समिति अध्यक्ष तथा प्रमुख अतिथि परदेशीले देवकोटाको स्तुत्यकार्यको लागि नेपालीले चिरकाल सम्म सम्मान गर्नपर्ने बताए । उनले देवकोटाको साहित्य श्रेष्ठतालाई शब्दमा व्यक्त गर्नै नसकिने बताए । विशिष्ट अतिथि सुनिता राई कन्दङ्वा र विनेसाम नेपाल शाखा अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गण्डकी प्रदेश समितीको सक्रियता र सिर्जनशिल कार्यको खुलेर प्रशंसा गरे । विनेसाम गण्डकीका सल्लाहकार, प्रसिद्ध साहित्यकार रुपिन्द्र प्रभावीले गण्डकी प्रदेश साहित्य, सङ्गीत र संस्कृतीको उर्वर भूमी भएको भन्दै यहाँको साहित्य, सङ्गीत र संस्कृतीलाई विश्वसामु पुर्याउनको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विनेसाम गण्डकी अध्यक्ष लेखक तथा पत्रकार प्रकाश अधिकारीको अध्यक्षतमा करिब डेढ घण्टा चलेको भर्चुअल कार्यक्रममा विनेसाम विश्व केन्द्रीय समितिका उपाध्यक्ष द्वय विजय हितान र गोविन्द प्र गौतम, प्रसिद्ध लेखक शिव सस्मित, सामाजिक व्यक्तित्व दिलु बिटालु , विनेसाम केन्द्रीय समिति, नेपाल शाखा र जिल्ला शाखाहरुको सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष सावित्रा गिरीको स्वागत तथा सचिव प्रेम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा सहभागी विशेष वाचक तथा अतिथिलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *