११५औँ लक्ष्मीजयन्तीमा विनेसाम गण्डकीले विशेष रचनावाचन गर्ने

पोखरा, कार्कीक २५,
विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेश (विनेसाम)ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्म जयन्तीका अवसरमा शुभकामना आदनप्रदान तथा विशेष रचनावाचन गर्ने भएकाे छ ।

विनेसाम गण्डकी प्रदेशले लक्ष्मी पूजा तथा देवकोटाको ११५औँ जन्मजयन्तीका अवसरमा कार्तिक २६ गते परिचयात्मक शुभकामना आदनप्रदान तथा विशेष रचनावाचन गर्ने आयाेजकले जनाएकाे छ ।

विनेसाम नेपाल शाखाकाे समन्वयनमा गण्डकी प्रदेशले आयाेजनमा गरेकाे कार्यक्रम विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय अध्यक्ष तथा साहित्यकार सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्यतामा गरिने भएको छ ।

महासङ्घकी केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा र केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु विशिष्ट अतिथि साथै कार्यक्रममा सातै प्रदेशका प्रमुखहरुकाे विशेष उपस्थिति र रचना वाचन रहने विनेसाम गण्डकी सचिव प्रेम थापा मनले जनाकारी दिनुभयाे ।

विशेष वाचनमा काेशी प्रदेशका अध्यक्ष मुना आत्रेय, मधेस प्रदेश अध्यक्ष मनिराज दाहाल, बागमती प्रदेश अध्यक्ष ताेयनाथ सुवेदी, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीकाे प्रस्तुती रहने छ । त्यस्तै गरी लेकप्रसाद प्याकुरेल, चन्द्र रावत गुराँस र बाबुराम आचार्यले रचना वाचन गर्नुहुनेछ । उहाँहरु क्रमश: लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका अध्यक्षहरु हुनुहुन्छ ।

कार्यक्रम भर्चअल माेडेलमा २६ गते कार्तिक २०८०/१२ नोभेम्बर २०२३ आइतावार नेपाली समय साँझ ७:०० बजे हुने छ । सहभागीतकाे लागि विनेसामकाे जुम ID: 810 5517 5553 मा सिधै जाेडिन सकिनेछ । जुमकाे पासवर्ड लाग्दैन । विनेसाम परिवार विश्वको २५ देशमा स्थापित छ र ५० राष्ट्रिय शाखा तथा उपशाखाहरू रहेका छन् । नेपाली साहित्यको उन्नयनमा केन्द्र र शाखाहरू उत्तिकै दत्तचित्तले सक्रिय छन् ।
जुम ID: 810 5517 5553
जुम सोझै जोडिन : https://us02web.zoom.us/j/81055175553
Passcode : No need

विनेसाम गण्डकी प्रदेश समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *