सम्मान तथा रचनावाचन कार्यक्रम

काठमाण्डौ, १८ कार्तिक २०८०/४ नोभेम्बर २०२३ 

विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाले तिहार र छठ्को शुभकामना आदानप्रदान सहित राखिएको साहित्यिक कार्यक्रम कविता रचना वाचनको दोस्रो शृङ्खला शाखाका अध्यक्ष बुद्धिमान महर्जन काे अध्यक्षता र प्रमुख अतिथि : विश्व कवि प्रा,तुलसी दिवसज्यू

विशिष्ट अतिथि : शिखर कवि शैलेन्द्रसाकारज्यू  काे विशेष उपस्थितिमा विश्वकवि तथा संस्कृतिविद प्रा तुलसी दिवस, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाकी अध्यक्ष तथा स्रष्टा कल्पना पाैडेल जिज्ञासु, कवि अशिम सागरलाई ललितपुर शाखाद्वारा साहित्यसम्मान अर्पण गरिएकाे थियाे। उक्त कार्यक्रमा साहित्यकार कृष्ण प्रधानज्यू , ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहज्यू, विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलज्यू, विनेसाम केन्द्रीय अर्थ सचिव के.बी पौडेलज्यू, विनेसाम नेपालका अध्यक्ष कल्पना पौडे्ल जिज्ञासुज्यू विनेसाम नेपालका सल्लाहकार ऋषीराम सापकाेज्यू, डा.शेखरकुमार श्रेष्ठ महालक्ष्मी साहित्य समाज अध्यक्ष श्रीराम पौडेलज्यू, नानीमैया अधिकारीज्यू, गायिका भारती बस्यालज्यू ।

अतिथि कवि :  अशिम सागर, रूबिना राना, मनिषा ठाकुर, राज रजक, लक्ष्मीदास मुस्कान, समृद्धी बस्याल, राकेश कुमार झा, रमण कुमार, लव प्रसाद पौडे्ल, सिकाराम जी, मनुप्रकाश जोशीबाट वाचन गरिएका आ-आफ्ना सुन्दर रचनाले कार्यक्रम सफल भएको थियो । शाखाकी महासचिव सुधा मिश्रले संचालन गरेकाे कार्यक्रममा विनेसाम केन्द्रीय सचिव मनमुर्ति भुर्तेल,अर्थसचिव के वि पाैडेल,संगठन सचिव तथा नेपाल शाखा अध्यक्ष कल्पना पाैडेल जिज्ञासु , सल्लाहकार मणिराज सिंह,ऋषिराम सापकाेटा ले अाफ्नाे मन्तब्यकाे क्रममा विस्वनेपाली साहित्य महासंघ ले नेपाली भाषा र साहित्यकाे विकास गर्न र नेपाली भाषा साहित्य लाई अन्तर्राष्ट्रिय क्षेत्रमा परीचित गराउनकाे लागि रचनात्मक कार्यक्रमहरु गर्दै आएकाे प्रकाश पार्नु भएकाे थियाे। विश्व कवि तुलसी दिवसले सिर्जना अरु कसैकाे जस्ताे नभई  आफ्नैं माैलिक भएमा साहित्य र साहित्यकार जिवन्त हुनसक्ने कुरा राख्दै, साहित्यकै माध्यमबाट आफु ९० भन्दा बढी देशमा पुगेकाे प्रसङ्ग राख्नु भएकाे थियाे।

विशिष्ट अतिथि शिखर कवि शैलेन्दु साकार र साहित्यकार कृष्ण प्रधानले वाचन गरिएका रचना हरुकाे समिक्षा गर्दै कार्यक्रममा सम्मानित व्यक्तित्व  तुलसी दिवस, कल्पना पाैडेल जिज्ञासु र असिम सागरलाई बधाई दिनु भएकाे थियाे। शाखाका अध्यक्ष बुद्धिमान महर्जनले उपस्थित प्रमुख अतिथी बिशिष्ट अतिथि ,अतिथीहरु र सहयोगी युवा समाज सेवी श्री लाल बहादुर महर्जनज्यू  र कमप्युटर डिजाईनर तथा फोटो ग्राफर अनोज महर्जनज्यू कार्यक्रम संचालीका महासचिव सुधा मिश्रज्यू र कार्यलय सचिव जुमन किरण र कार्यक्रमको लागि हल सहजीकरण गरि सहयोगी गरीदिनु हुने बुद्धि विकाश मण्डलका अध्क्ष्य कृष्ण खड्काज्यू र सचिव पदम बहादुर डांगरज्यू र उपस्थित सबैलाई कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकामा हार्दिक धन्यबाद  ज्ञापन गर्नुभएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *