विनेसाम शाखा बर्दियाद्वारा विशेष कार्यक्रम सम्पन्न 

असोज १३ गते २०८० (१ अक्टोबर २०२३),

विश्व नेपाली साहित्य महासङ्घ बर्दिया जिल्ला शाखाद्वारा आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार कल्पना पौडेल जिज्ञासुद्वारा लिखित कथा सङ्ग्रह ‘कचहरी’ को परिचर्चा तथा रचना वाचन कार्यक्रम असोज १३ गते २०८० (१ अक्टोबर २०२३) शनिवार बर्दियाकाे गुलरियामा भव्य रुपमा सम्पन्न भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालको प्रुमख आतिथ्यता र खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा साहित्यकार जिज्ञासुद्वारा लिखित कथा सङग्रह ‘कचहरी’ का बारेमा बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक तथा साहित्यकार वीर बहादुर थापा, शिक्षक नारायण भट्टराई, लक्ष्मी खनाल ‘अभि’ ले परिचर्चा गर्नुभएको थियो । कार्यक्रममा भारतीय सांकृतिक सहयोग एवम् मैत्री संघ उत्तर प्रदेशका अध्यक्ष शारिक रब्बानीलाई विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाकाे तर्फबाट गरिएको सम्मानको सम्मान–पत्र हस्तान्तरण गरिएको थियो ।

विश्व नेपाली साहित्य महासङ्घ बर्दियाका अध्यक्ष प्रभात सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेल तथा नेपाल शाखाकी अध्यक्ष कथाकार कल्पना पौडेल ‘जिज्ञासु’, हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष कथाकार सुमित्रा न्यौपाने, भेरी साहित्य समाज केन्द्रीय उपाध्यक्ष कवयत्री चरित्रा शाह, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा सल्लाहकार ऋषिराम सापकोटा, बर्दिया उपाध्यक्ष डिल्लीराज अर्याल, सचिव सोमनाथ लुईंटेल, सदस्य अभिनन्दन सुवेदी, कवयत्री तथा पञ्चाङ्ग उपाध्यक्ष चन्द्रावती अधिकारी, लक्ष्मी बस्याल, सभ्यता पण्डित, भीम बहादुर शाही, हरि प्रसाद त्रिपाठी लगायतका साहित्यिक व्यक्तित्वहरुको उपस्थिती रहेकाे कार्यक्रमकाे सहजीकरण लक्ष्मी खनाल ‘अभि’ ले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *