बागमती प्रदेशद्वारा कृति लोकार्पण साथै ललितपुर शाखा घोषणा

असोज १३ गते २०८०/१ अक्टोबर २०२३ शनिवार,

विश्व नेपाली साहित्य महासङ्घ बागमती प्रदेश शाखाकाे आयोजनामा कवि बुद्धिमान महर्जनकाे पारदर्शी कविता सङ्ग्रह लाेकार्पण तथा विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला घोषणा आज १३ असोज २०८०/ ०१ अक्टोबर २०२३ शनिवार भव्य रुपमा सम्पन्न भएको छ ।

महेन्द्र आदर्श माध्यामिक विद्यालय ललितपुर इमाडाेलमा सम्पन्न समाराेहकाे अध्यक्षता बागमती प्रदेशका अध्यक्ष ताेयानाथ सुवेदीले र प्रमुख आतिथ्य शैलेन्द्र साकारले गर्नु भएकाे थियाे। उक्त समाराेहकाे संचालन स्वयं यस संस्थाका उपाध्यक्ष सुशिला ढकाल अधिकारीले गर्नुभएकाे थियाे।

साे समाराेहमा विद्यार्थी भाइ बहिनीहरूले पनि आ-आफ्ना भावना कविता मार्फत पाेख्दै वाचन गर्नु भएकाे थियाे। साहित्यकार मणिराज सिंह लगायत विशिष्ट व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे।

विनेसाम बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू निम्न अनुसार ११ सदस्यीय कार्य समिति र ६ जना सल्लाकारहरू रहेका छन्।

१.अध्यक्ष – बुद्धिमान महर्जन
२. उपाध्यक्ष – नीता श्रेष्ठ
३. महासचिव – सुधा मिश्र
४.सचिव- जुमन किरण
५. कोषाध्यक्ष – सुनिता अधिकारी
६. सदस्य- कृष्ण बहादुर विष्ट
७. ” शशी कपुर महर्जन
८. ” बद्रीमान सिं डंगोल
९. ” रुबिना राना
१०. ” निर्मल राना
११. ” राम गाेपाल महर्जन

सल्लाहकारहरू:-
१. शैलेन्द्र साकार
२. ज्ञानुवाकर पौडेल
३. मणिराज सिंह
४. तोयानाथ सुवेदी
५. इन्द्र कुमार श्रेष्ठ
६ सुशीला ढकाल अधिकारी

तपाईंहरू सबैलाई आगामी कार्यकाल सफलताकाे हार्दिक बधाई तथा मंगलमय शुभकामना म लगायत यस संस्थाका समस्त परिवारकाे तर्फबाट व्यक्त गर्दछु । आगामी कार्यकालमा आपसी समन्वय र समझदारीमा साहित्यिक गतिविधि गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु।

ताेयानाथ सुवेदी
अध्यक्ष
विश्व नेपाली साहित्य महासङ्घ बागमती प्रदेश
२०८०/०६/१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *