जुलाई १०
यही आउँदो जुलाई १४ तारिक शुक्रवार बेलुका नेपाली समय सात बजेदेखि विश्व नेपाली साहित्य महासङ्घको १४औं स्थापना दिवस तथा २१०औं भानुजयन्ती र सम्मान कार्यक्रम भव्य रूपमा आयोजना गर्ने तयारी चलिरहेको छ । विश्वको विभिन्न मुलुकमा छरिएर रहनुभएका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको ठुलो जमघटमा हुन लागेको उक्त कार्यक्रमका प्रमुख अतिथि विश्वकवि तथा संस्कृतिविद् श्री तुलसी दिवस रहनु हुनेछ ।

महासङ्घका केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व रहने उक्त कार्यक्रममा ६७ वर्ष अघिदेखि त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यास मार्फत पढिँदै आउनुभएका वरिष्ठ साहित्यकार पद्मश्री लीलबहादुर क्षेत्री, रोमानियाका अवैतनिक महावाणिज्यदूत श्री नवराज पोखरेल, चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आले, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मादेखि लीलाबोधी चिन्तक श्री कृष्ण धरावासी हुँदै नयाँ पुस्तासम्मका लेखक साहित्यकारहरूको उपस्थिति रहने छ । त्यसैगरी प्राज्ञिक व्यक्तित्वहरूमा त्रिपुरा विश्वविद्यालय, भारतका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईं, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्माराज जोशी, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा जगमान गुरुङ, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा भीम खतिवडा, सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख प्रा डा कविता लामा, काशी हिन्दू विश्वविद्यालय, भारतीय भाषा विभागका अध्यक्ष प्रा डा दिवाकर प्रधान, बि. बरुवा कलेज गुवाहाटीकी विभाग प्रमुख प्रा डा इन्दुप्रभादेवी, भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्य, त्रिचन्द्र कलेजका विभाग प्रमुख प्रा डा गोविन्दमान सिंह कार्की, पद्मकन्या क्याम्पसका पूर्व विभाग प्रमुख प्रा डा शैलेन्दुप्रकाश नेपाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पस, बिराटनगरका प्रा डा वद्रीविशाल पोखरेल, मिसिगन विश्वविद्यालय अमेरिकाका प्रा डा महेन्द्र लावती, जेएनपिजे कलेज लखनऊका प्रा डा नलीन रञ्जन सिंह लगायत दर्जनौँ विद्वानहरूको उपस्थिति रहने छ । कार्यक्रममा डा मधु माधुर्य अमेरिका र श्री विश्वासदीप तिगेला बेलायतलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।
जुममा जोडिएर उक्त ऐतिहासिक कार्यक्रममा सहभागी हुन तपाईंहरू सबैलाई विश्व नेपाली साहित्य महासङ्घ हार्दिक निमन्त्रणा गर्दछौँ ।
कार्यक्रम : विनेसाम स्थापना दिवस, भानुजयन्ती तथा सम्मान
मिति : १४ जुलाई २०२३/शुक्रवार
समय : साँझ ७:०० बजे नेपाली
स्थान : जुम ID – 883 9574 7031
सोझै जोडिन : https://us02web.zoom.us/j/88395747031
Passcode : No need
