भानु विमर्श, दाङ शाखा घोषणा तथा सिर्जना वाचन सम्पन्न

२८ असार/ १३ जुलाई २०२३,

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको मूल आयोजना साथै प्रदेश समितिहरू र जिल्ला समितिहरूको सहआयोजनामा आज २८ गते असार २०८०/ बिहीवार भर्चुअल्ली जुमबाट २१०औँ भानुजयन्ती, दाङ शाखा घोषणा तथा सिर्जना वाचन भव्य रुपमा सम्पन्न भयो ।

विनेसाम नेपाल शाखाकी उपाध्यक्ष सीता बिस्ट कार्कीको स्वागत मन्तव्यसँगै गतिलिएको कार्यक्रमका सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु, प्रमुख अतिथि प्रा डा कृष्णप्रसाद घिमिरेज्यू, विशिष्ट अतिथिज्यूहरू विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीज्यू, डा नवीनबन्धु पहाडीज्यू (भानुमथी विद्यावारिधि र आजको कार्यक्रमका प्रमुख वक्ता), विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाज्यू साथै अतिथिज्यूहरू विभिन्न ठाउँबाट जोडिनु भएका आदरणीय सर्जक/स्रष्टाहरू हुनुहुन्थ्यो ।

विनेसाम नेपाल शाखा, प्रदेशहरू र जिल्लाहरूको संयुक्त आयोजनामा आयोजित आजको कार्यक्रमको धेयउपर नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटाज्यूले स्पष्ट पार्नुभयो । लगत्तै आजको कार्यक्रमकी सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले नवगठित दाङ शाखा समितिका पदाधिकारीहरूको नाम पढेर अधिकारिक रुपमा घोषणा गर्दै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

_ दाङ शाखाका पदाधिकारीहरूको नामावली यसप्रकार छन् :
१) अध्यक्ष – श्री सुरेशकुमार पाण्डे
२) उपाध्यक्ष – रेशम बी सी
३) सचिव – वसन्त अनूभव
४) सहसचिव – यादव एन पी
५) कोषाध्यक्ष – बिना रोका
_ कार्यकार्यी सदस्यहरू..
६) काशिराम जिएम
७) मेटर कपाली
८) चेतन खनाल
९) सुनिता आचार्य पाण्डे
१०) शर्मिला गिरी
११) पदपूर्ति गरिने
यसरी आज ११ सदस्यीय विनेसाम दाङ समिति घोषणा भयो । घोषणा पछि कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित केही कुराहरू दाङ शाखाका नवनिर्वाचित अध्यक्ष श्री सुरेशकुमार पाण्डेले पाण्डेले राख्नुभयो ।

कार्यक्रममा भानुमाथि विद्यावारिधि गर्नुभएका आजको विशिष्ट अतिथि तथा प्रमुख वक्ता डा नवीनबन्धु पहाडीज्यूले अत्यन्तै महत्वपूर्ण कुराहरू राख्नुभयो । भानुभक्त नेपाली भाषा, नेपाली संस्कृति र नेपालीत्व बोकेर संसारभरि छरिएर रहेका नेपालीहरूको लागि श्रद्धाका तिर्थस्थल हुन् भन्नुहुँदै करिब अड्तीस मिनेट आफ्ना गहन कुराहरू राख्नुभयो । यसपश्चात केही स्रष्टाहरूले सिर्जना वाचन गर्नुभयो भानुमा समर्पित । कार्यक्रमको उत्तरार्धमा विशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले छोटो मन्तव्य राख्नुहुँदै भानुजयन्तीको अवसरमा शुभकामना साथै नवगठित दाङ समितिका पदाधिकारीहरूलाई बधाई दिनुभयो र विनेसाम नेपाल शाखा, प्रदेश र जिल्लाहरूलाई भव्य कार्यक्रम आयोजना गार्नुभएकोमा बधाई तथा शुभकामना दिनुभयो ।

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा साथै प्रदेश र जिल्लाहरूद्वारा संयुक्त रुपमा आयोजित भानु विमर्श, दाङ शाखा घोषणा तथा सिर्जना वाचन कार्यक्रमका संचालन लेक प्याकुरेल (लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल शाखाका सदस्य)ले गर्नुभयो । आजको कार्यक्रममा उपस्थिति प्रमुख अतिथि प्रा. डा. कृष्णप्रसाद घिमिरेज्यू, विशिष्ट अतिथिज्यूहरू विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, नवीनबन्धु पहाडीज्यू लगायत अतिथिज्यूहरू, प्रत्यक्ष उपस्थिति र भर्चुअल माध्यमबाट साथ्-सपोर्ट गर्नुहुने सबैसबैप्रति हार्दिक आभार व्यक्त गर्दै नवगठित दाङ शाखालाई पुनः शुभकामना दिदै आजको कार्यक्रमकी सभापति तथा विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *