विनेसाम कर्णाली प्रदेश गठन

कर्णाली १५ जुन २०२३,

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित साहित्ययात्रा तथा विनेसाम कर्णाली प्रदेश शाखा आज १५ जुन २०२३/बिहीवार गठन भएको छ ।

कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु”काे अध्यक्षतामा र प्रमुख अतिथि दुल्लु नगर प्रमुख भरत प्रसाद रिजाल साथै विशिष्ट अतिथि उपमेयर बिना कार्की, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा ईन्द्र बहादुर भण्डारीकाे विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे।

कार्यक्रममा नेपाल शाखाकी अध्यक्ष कल्पना पाैडेल जिज्ञासुले साहित्यकार चन्द्र रावत गुँरास काे अध्यक्षतामा, भुपेन्द्र प्रसाद उपाध्याय, नारायण प्रसाद रिजाल, मनु कुमारी पाैडेल, उदयराज उपाध्याय, हिरा कुमारी खड्का, भिम कुमारी खड्का, काेपिला शर्मा, हिक्मत शाही, गिरिप्रसाद बुडा, जीवन शाही सहितकाे ११ सदस्यीय विनेसाम कर्णाली प्रदेश शाखा गठनगरी घाेषणा गर्नुभयो ।

कार्यक्रममा चन्द्र रावत गुराँसले स्वागत मन्तब्य राख्नु भएकाे थियाे भने विनेसाम नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटाले विनेसामकाे परिचय, भ्रमणकाे उदेश्य, कर्णाली प्रदेशशाखा गठनकाे औचित्य माथि प्रकाश पार्नुभएकाे थियाे। विनेसाम लुम्बिनी प्रदेशका सल्लाहकार तथा प्रज्ञा प्रतिष्ठान खजुराका उपकुलपति डा ईन्द्र बहादुर भण्डारीले नेपाली भाषा साहित्यकाे विकासमा साहित्यिक सङ्घ-संस्थाहरूको महत्वपूर्ण भूमिका रहने र स्थानिय तहमा प्रज्ञाप्रतिष्ठान गठन गरेर दुल्लुकाे भाषा साहित्य र यहाँकाे ऐतिहासिक र साँस्कृतिक संरक्षण गर्न सकिने धारणा व्यक्त गर्नुभयो

विनेसाम लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलले सन्चालन गरेकाे कार्यक्रममा बाँकेबाट साहित्यिक यात्रामा जानुभएका साहित्यकारहरू कल्पना पाैडेल जिज्ञासु, डा ईन्द्र बहादुर भण्डारी, ऋषिराम सापकाेटा, बाेधराज प्याकुरेल, लेकप्रसाद प्याकुरल, रुद्रहरि ज्ञवाली, मन्दिरा निराैला, सविता ज्ञवालीलाई दुल्लु नगर प्रमुखले मायाको चिनाे प्रदान गर्नुभएकाे थियाे।

मेयर रिजालले विनेसाम कर्णाली प्रदेश शाखालाई बधाई तथा शुभकामना व्यक्त गर्दै साहित्कार तथा स्रष्टाहरूले दैलेख दुल्लकाे ऐतिहासिक भाषा संस्कृत लाई आफ्नो लेख, रचना र सृजनाहरूमा समेट्न आग्रह गर्नुभयाे। नेपाल शाखाकी अध्यक्ष पाैडेलले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै साहित्यकार हरूलाई न्यानाे आतिथ्यता प्रदानगरी साहित्यीक कार्यक्रमलाई समय प्रदान गर्नुभएकाेमा मेयर उपमेयर, वडा अध्यक्षहरू र दैलेखी साहित्यकारहरुलाई धन्वाद ज्ञापन गर्दै औपचारिक रुपमा कार्यक्रम समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *