स्मृति सभा कार्यक्रम भव्य रुपमा सम्पन्न

२९ मार्च २०२३

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित वरिष्ठ साहित्यकार तथा अनुवादक, विनेसाम केन्द्रीय वरिष्ठ सल्लाहकार श्री कृष्ण प्रकाश श्रेष्ठ स्मृति सभा कार्यक्रम आज २९ मार्च २०२३/बुधवार भर्चुअल जूममा भव्य रुपमा सम्पन्न गरियो ।

विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व, त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूको प्रमुख आतिथ्य, लीलाबोधि चिन्तक तथा वरिष्ठ साहित्यकार श्री कृष्ण धरावासीज्यू , प्राज्ञ कविता आलेज्यू, प्राज्ञ तथा वरिष्ठ साहित्यकार ध्रुव मधुकर्मीज्यू विशिष्ट अतिथि, अतिथिज्यूहरू, केन्द्रीय सल्लाहकार, पदाधिकारीहरू, विभिन्न शाखाबाट उपस्थित पदाधिकारीहरू, आजीवन सदस्यहरुको बाकुलो उपस्थितिमा कार्यक्रम स्मृति सभा सम्पन्न भयो ।

संस्थाका महासचिव सुनिता राई कन्दङ्वाको स्वागत मन्तव्यसँगै अघि बढेको कार्यक्रम स्मृति सभामा संस्थाको तर्फबाट सचिव डा मनमुर्ति भुर्तेलले श्री कृष्णप्रकाश श्रेष्ठ बारे संक्षिप्तमा महत्वपूर्ण कुराहरू राख्नुभयो । उहाँ एक सशक्त, सक्रिय, शालीन, सरल र बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो भन्दै उहाँ हर चिजको जानकारी राख्नुहुन्थ्यो यसैले उहाँलाई इन्साइक्लोपेडीय भन्ने गर्थे उहाँलाई नजिकबाट चिन्ने/बुझ्नेले भन्नुभयो । त्यसपश्चात् कार्यक्रममा श्री कृष्णप्रकाश श्रेष्ठको नाममा रसियाली साहित्यकार तथा अनुवादक कवयत्री तत्यना चेक्लोभा ”चे”ज्यूलाई उहाँले नेपाली साहित्य अनुवाद क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको सम्मान गर्दै ”कृष्णप्रकाश श्रेष्ठ स्मृति सम्मान-पत्र” समर्पण गरियो । समर्पणका शब्दमाला विनेसाम केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति सुरेन्द्र लिम्बूपरदेशीले राख्नु भयो भने ”सम्मान-पत्र” मा उल्लेख नेपाली र रसियान भाषामा समर्पण भाव सचिव डा मनमुर्ति भुर्तेलले पढ्नु भै सम्मानित व्यक्ति/तत्यनालाई स्पष्ट पार्नुभयो । नेपाल र नेपाली भाषालाई अत्यन्त माया गर्ने चेक्लोभाले सम्मान प्राप्त पश्चात् श्री कृष्णप्रकाश श्रेष्ठ एक बहुप्रतिभाशाली, भाषा-साहित्य, कला-संस्कृति, सम्पदालाई माया गर्ने महान व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो । उहाँकै नाममा आज सम्मानित हुन पाउँदा अत्यन्तै हर्षित बनेको बताउंदै म नेपाल औधी मन पराउंछु भन्नुभयो नेपाली भाषामै।

त्यस्तैगरी प्रमुख अतिथि प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यू, विनेसाम केन्द्रीय संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार डा मधु माधुर्य श्रेष्ठज्यू, विधुप्रकाश कायस्थज्यू, मदन मानन्धरज्यू, प्रा डा भीम खतिवडाज्यू, विशिष्ट अतिथि श्री कृष्ण धरावासीज्यूले मन्तव्य राख्नु भयो। लगत्तै श्री कृष्णप्रकाश श्रेष्ठ बारे तयार पारिएको विकिपेडिया समबन्धि विनेसाम केन्द्रीय सदस्य नवराज न्यौपानेले जानकारी राख्नु भयो । यदि कसैले कृष्णप्रकाश श्रेष्ठसँग सम्बन्धित कुनैपनि जानकारी खोजे वा सोध गर्न चाहे सहजै उपलब्ध होस् भन्ने हेतु यो उहाँकै सम्मानमा तयार गरिएको थियो । आज उहाँको स्मृतिकै दिन यो जानकारी सबैमाँझ सार्वजनिक गरियो ।

आजको कार्यक्रम वरिष्ठ साहित्यकार तथा अनुवादक, विनेसाम केन्द्रीय वरिष्ठ सल्लाहकार श्री कृष्णप्रकाश श्रेष्ठज्यूको दोस्रो पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । र यसैवर्षबाट उहाँको नाममा एक व्यक्तिलाई सम्मान गर्ने निर्णय केन्द्रको पछिल्लो बैठकबाट पारित भएको थियो । सम्मान गर्दा कसलाई गर्ने भन्ने विषयमा निकै छलफल/विमर्श भैरह्यो तर निर्णय लिन मुस्किल परिरहेको थियो । जसलाई सम्मान गरिन्छ उहाँ साहित्यकार साथै अनुवाद क्षेत्रमा कार्य गर्ने व्यक्ति र निर्विवाद हुनुपर्ने थियो । यसको लागि निकै गृहकार्य गर्नुपर्यो । समय एकदमै छोटो थियो र अन्ततः भेटियो उक्त व्यक्ति जसको खोजि थियो हामीलाई । उहाँ रुसी साहित्यकार तथा अनुवादक श्रीमती तत्यना चेक्लोभा ”चे” । उहाँ नेपाल र नेपाली साहित्यलाई औधी माया गर्ने र नेपाली मै पनि कृति प्रकाशित गरिसक्नु भएको छ । उहाँ श्री कृष्णप्रकाश श्रेष्ठज्यूको नाममा सम्मान गर्न उपयुक्त व्यक्ति हुनुहुन्थ्यो । चेक्लोभाले श्री कृष्ण प्र श्रेष्ठज्यूसँग साहित्य अनुवाद (नेपाली साहित्य रुसिमा र रुसी साहित्य नेपालीमा) गर्न धेरै सहकार्य गर्नुभएको थियो अतः उहाँ यस सम्मानका निम्ति सही व्यक्ति हो भन्ने ठान्यौँ । र तयार भयो सम्मान-पत्र । यस महत्वपूर्ण कार्यको जिम्मा विनेसाम केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूले अहोरात्र खट्नु भयो र उपाध्यक्ष गोविन्द प्रसाद गौतमज्यू, सचिव डा मनमुर्ति भुर्तेलज्यूले पनि साथ् दिनुभयो ।

..आजको कार्यक्रम ‘स्मृति सभा’मा उपस्थित..

१) सभापति/विनेसाम केन्द्रीय अध्यक्ष = सुरेन्द्र लिम्बू परदेशी (नेपाल)
२) प्रमुख अथिति = प्रा डा गङ्गाप्रसाद प्रसाईं (त्रिपुरा/भारत)

…विशिष्ट अतिथिज्यूहरू…
३) तत्यना चेक्लोभा = रसिया
४)श्री कृष्ण धरावासी (अमेरिका)
५) प्राज्ञ ध्रुव मधीकर्मी (नेपाल)
६) प्राज्ञ कविता आले (नेपाल)
७) तेजप्रकाश श्रेष्ठ (नेपाल)

अतिथिज्यूहरू…
८) प्रकाश मान साक्वो (नेपाल)
९) नर्मधेस्वोर मान प्रधान (नेपाल)
१०) डा बालगोपाल श्रेष्ठ (बेलायत)
११) तिर्थराज अधिकारी (अमेरिका)
१२) डा शान्ताबिर सिंह तुलाधर (बेलायत)
१३) रोहिणी शर्मा (अमेरिका)
१४) विधुप्रकाश कायस्थ (पञ्जाप/भारत)
१५) मदन मानन्धर (काठमान्डू/नेपाल)
१६) डम्बर पहाडी (नेपाल)

….विनेसाम केन्द्रीय सल्लाहकार…
१७) डा मधुकृष्ण/माधुर्य श्रेष्ठ (अमेरिका)
१८) प्रा डा भीम खतिवडा (दाङ/नेपाल)
१९) डा घनश्याम परिश्रमी (नेपाल)

२०) डा लेखनाथ काफ्ले (ताइवान)
२१) गोविन्द प्रसाद गौतम (नेपाल)
२२) विजय हितान (नेपाल)
२३) केबी पौडेल (काठमान्डू/नेपाल)
२४) नवराज न्यौपाने (नेदरल्याण्ड)
२५) दीपा लिम्बू राई (बेल्जियम)
२६) अविलाशी गङ्गा
२७) देविका मंग्राती राई (सिलगुडी/भारत)
२८) भीम विरही राई (धरान/नेपाल)
२९) रजनी शर्मा
३०) रीतादेवी प्रधान (अमेरिका)
३१) कृष्णप्रसाद गौतम (इटहरी/नेपाल)
३२) सुमित्रा अविरल (दार्जिलिङ्ग/भारत)
३३) मनमुर्ति भुर्तेल (मस्को/रसिया)
३४) कल्पना पौडेल जिज्ञासु (नेपालगन्ज/नेपाल)
३५) कपिल अधिकारी (ताइवान)
३६) मंजुला तामाङ्ग (दार्जिलिङ्ग/भारत)
३७) डा नाज सिंह (डेल्ली/भारत)
३८) सुनिता राई कन्दङ्वा (इजरायल)

अन्त्यमा
श्री कृष्णप्रकाश श्रेष्ठज्यूको सम्मानमा आयोजना गरिएको कार्यक्रम ‘स्मृति सभा’का संचालन संस्थाका सहसचिव डा नाज सिंहले गरिन भने आजको यस भव्य भर्चुअल कार्यक्रममा उपस्थिति हुनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, केन्द्रीय सल्लाहकारज्यूहरू, पदाधिकारीहरू, शाखाहरूबाट उपस्थित पदाधिकारीहरू, आजीवन सदस्यज्यूहरू लगायत भर्चुअल झ्याल/सामाजिक सञ्जालबाट साथ् दिनुहुने समस्तमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै आजका कार्यक्रमको सभापति तथा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिबू परदेशीले कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *