विनेसाम नेपालको साहित्यिक जमघट

टाेखा- ९ / काठमाडौं चैत्र २५ गते

टाेखा नगरपालिकामा अवस्थित साहित्यिक गराेकाे रूपमा चिरपरिचित खाल्डे गराेमा ( व्यामिन्टन काेर्ट) तुप्चे काठमाडौं एकता समाजकाे आयाेजना र विश्व नेपाली साहित्य महासङ्घ ( नेपाल शाखाकाे ) सहआयाेजनामा समाजसँग साहित्यलाई जाेड्ने कार्यकाे सुभारम्भ हुन पुगेकाे थियाे ।

एकता समाजका अध्यक्ष दिपेन्द्रराम भण्डारीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथि आदरणीय व्यक्तित्व तीर्थराज अधिकारी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा शिवकुमारी के.सी र डिल्लीनाथ भण्डारी लगायत हुनुहुन्थ्यो । यसैगरी अतिथिहरूमा संस्थाका सल्लाहकारहरू र साहित्यकारहरू रहनुभएकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य तुप्चे एकता समाजका सदस्य सुमन अधिकारीले गर्नुभएकाे थियाे । प्रमुख अतिथिले पानसमा बत्ती बालेर समुद्घाटन गरिरहँदा पण्डित नारायणाचार्य काैशिक र राजेन्द्र भण्डारीले स्वस्ती वाचन गरिरहँदा सदाबहार कवि ताेयानाथ सुवेदीले शङ्ख बजाउदा उक्त कार्यक्रम स्थल यज्ञभूमि जस्तै गुञ्जायमान भएकाे थियाे ।

उक्त समाराेहमा विनेसाम केन्द्रका साहित्य तथा सञ्चार प्रमुख दामाेदर ढकाल दीपक, तुप्चे काठमाडौं एकता समाजका सल्लाहकार उज्वल जङ्ग ठकुरी,वेदविज्ञ तिलकप्रसाद लुइँटेल , संस्थाका सल्लाहकार साेमप्रसाद भण्डारी , काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुख एस.एस.पी. डा. मनाेज के.सी. संस्थाका सल्लाहकार उत्तम अधिकारी , तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर अथक रेग्मी , विनेसाम केन्द्रका काेषाध्यक्ष के.बी. पाैडेल लगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे भने कविहरू प्रा. डा. गार्गी शर्मा, मुरलीप्रसाद ढकाल, दुर्गा अधिकारी भमरकाेटे, सुशीला ढकाल अधिकारी , ताेयानाथ सुवेदी, नारायणाचार्य काैशिक, वासुदेव गुरागाई, सत्यनारायण ढकाल, कल्पना अधिकारी भट्टराई , द्वारिका कुईकेल, चन्द्रा न्याैपाने, कृष्णप्रसाद पाैडेल, धरणीधर गुरागाई, निराजन अधिकारी आदिले कविता वाचन गर्नु भएकाे थियाे ।

तीन घन्टासम्म चलेकाे उक्त कार्यक्रम समाजसँग साहित्यलाई जाेड्नु नै विवेकशील र उन्नत समाजकाे विकास हुनु हाे भन्ने निस्कर्ष निस्किएको थियाे । कार्यक्रमकाे परिकल्पना र संचालन तुप्चे काठमाडौं एकता समाज र विनेसाम नेपाल शाखाका सचिव कृष्णबहादुर के.सी सापकोटाले गरेका थिए । कार्यक्रम काे सम्पूर्ण भिडियाे सुखशान्ति मिडियामा गएर हेर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *