विनेसाम केन्द्रले ११३औँ नारी दिवस मनायो

मार्च ०८-२०२३

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस आज (८ मार्च २०२३/बुधवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्व तथा अधिवक्ता श्री दिलकुमारी राईज्यूको प्रमुख आतिथ्य साथै विशिष्ट अतिथिज्यूहरू.. प्रा डा इन्दुप्रभा देवीज्यू, प्राज्ञ कविता आलेज्यू, डा सिर्जना शर्मा, साहित्यकार प्रगति राईज्यू, कविता राईज्यूको उपस्थिति र पन्द्र देशबाट प्रविनिधित्व गर्दै विशेष वक्ताज्यूहरूको प्रत्यक्ष उपस्थितिमा नारी दिवस कार्यक्रम गरियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूको स्वागत मन्तव्यसँगै विशेष वक्ताज्यूहरूले आ-आफ्नो विचार, अनूभव, भोगाई र समाजमा देखिएका, भएका, गरिएका विभिन्न पक्ष र पाटोमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो यसवर्षको नारा समेतलाई समेटेर । यसरी विभिन्न देशबाट प्रत्यक्ष उपस्थित हुनुभएका विभिन्न वक्ताहरूले हाम्रो सामाजिक संरचना, सोंच र आफु रहेको देशको अनूभव फरक/फरक र सुन्दरसँग प्रस्तुत गर्नुभयो ।

_विशेष वक्ता/अतिथिज्यूहरू..
१) पुर्णिामा जि शाह (हङकङ)
२) दिपा मेवाहाङ राई (दक्षिण कोरिया)
३) रमिता प्रजापति (ताइवान)
४) अनिता गुरुङ ( जापान)
५) सर्गम धिताल (म्यान्मा/वर्मा)
६) लिली अधिकारी (पोखरा/नेपाल
७) सामु उप्रेती ( अस्ट्रेलिया)
८) मेघा वैध (नेदरल्याण्ड)
९) शान्ती लिम्बू ( बेलायत )
१०) नीतु खतिवडा (इजरायल)
११) डा नाज सिंह (मस्को/रसीया)
१२) आस्था (युएई)
१३) शोभा मानन्धरज्यू (रोमानिया)
१४) तारा उप्रेती (क्यानडा)
१५) रिता देवि प्रधान ( अमेरिका)

कार्यक्रममा दि पोइट आइडल टप बाह्रमा पर्न सफल कवयत्री छबिना लुंगेली मगरको पनि उपस्थिति रहेको थियो । उहाँले ”रजस्वला” शिर्षकको कविता प्रस्तुत गर्नुभयो । संस्थाका सल्लाहकार, पदाधिकारीहरू, विभिन्न शाखा, प्रदेश, जिल्ला र आजीवन सदस्यहरूको उपस्थितिमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम भव्य बन्यो । धेरै सुन्ने र थोरै सुनाउने लक्ष्य राखिएको यस कार्यक्रममा सिर्जना वाचनमा चारजना स्रष्टालाई मात्र समेटिएको थियो (प्रगति राई, कविता राई, छबिना लुंगेली मगर र देविका मंग्राती राई)।

प्रमुख अतिथि अधिवक्ता श्री दिलकुमारी राईज्यू, विशिष्ट अतिथि प्रा डा इन्दुप्रभाव देवीज्यू, प्राज्ञ कविता आलेज्यू, डा सृजना शर्माज्यू साथै सल्लाहकार प्रा डा दिवाकर प्रधानज्यू, अतिथि श्री दिनेश पौडेलज्यूले अत्यन्तै महत्वपूर्ण कुराहरू राख्नुभयो ।

आजको कार्यक्रममा उपस्थिति…

१) सभापति : सुरेन्द्र लिम्बू परदेशी/विनेसाम केन्द्रीय अध्यक्ष (नेपाल)
२) प्रमुख अतिथि : अधिवक्ता श्री दिलकुमारी राई (काठमाण्डु/नेपाल)
३) विशिष्ट अतिथि : प्रा डा इन्दुप्रभाव देवी (असम/भारत)
४) विशिष्ट अतिथि : प्राज्ञ : कविता आले (नेपाल)
५) विशिष्ट अतिथि : डा सिर्जना शर्मा (गुहाटी, असम/भारत)
६) विशिष्ट अतिथि : प्रगती राई (काठमाण्डौ/नेपाल)
७) विशिष्ट अतिथि: कविता राई (भोजपूर/नेपाल)
८) विशिष्ट अतिथि : दीपा एवाई (हङकङ)
९) अतिथि : छबिना लुंगेली मगर (सुनसरी/नेपाल)
१०) सल्लाहकार : प्रा डा दिवाकर प्रधान (काशी/भारत)
११) पुर्णिामा जि शाह (हङकङ)
१२) दिपा मेवाहाङ राई (दक्षिण कोरिया)
१३) रमिता प्रजापति (ताइवान)
१४) अनिता गुरुङ ( जापान)
१५) सर्गम धिताल (म्यान्मा/वर्मा)
१६) लिली अधिकारी (पोखरा/नेपाल
१७) सामु उप्रेती ( अस्ट्रेलिया)
१८) मेघा वैध (नेदरल्याण्ड)
१९) शान्ती लिम्बू ( बेलायत )
२०) नीतु खतिवडा (इजरायल)
२१) डा नाज सिंह (मस्को/रसीया)
२२) आस्था (युएई)
२३) शोभा मानन्धरज्यू (रोमानिया)
२४) तारा उप्रेती (क्यानडा)
२५) रिता देवि प्रधान ( अमेरिका)
२६) दिनेश पौडेल (इटहरी/नेपाल)
२७) केबी पौडेल (काठमाण्डौ/नेपाल)
२८) सुमित्रा अविरल (दार्जिलिङ्ग)
२९) भीमा थापा (इजरायल)
३०) नवराज न्यौपाने (नेदरल्याण्ड)
३१) डा सरोजिनी ‘सागर’देवान (दार्जिलिङ्ग)
३२) कृष्णप्रसाद गौतम (इटहरी/नेपाल)
३३) मोहनराज खनाल (म्यान्मा)
३४) कपिल अधिकारी (ताइपेइ/ताइवान)
३५) सर्बधन थुलुङ्ग (बेलायत)
३६) डेन्जोम साम्पाङ्ग (अमेरिका)
३७) गङ्गा भण्डारी (बेलायत)
३८) भीम विरही राई (धरान/नेपाल)
३९) दीपा लिम्बू राई (साइप्रस)
४०) गोमा राना (बेलायत)
४१) बिमला जोशी प्रधान (कलकत्ता/भारत)
४२) डा लेखनाथ काफ्ले (ताइवान)
४३) गोविन्द गौतम (मस्को/रसिया)
४४) देविका मंग्राती राई (खर्साङ्ग)
४५) अरुणा शर्मा (हङकङ)
४६) सुधा मिश्र (नेपाल)
४७) सुनिता राई कन्दङ्वा (इजरायल)

विनेसाम केन्द्रद्वारा आयोजित आजको यस ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नेपाल तथा विभिन्न मुलुकबाट चार दर्जन बढी व्यक्तित्वहरू उपस्थितिले कार्यक्रम भव्य रुपमा सफल भयो । कार्यक्रमको संचालन संस्थाका महासचिव सुनिता राई कन्दङ्वाले गरेकी थिइन् । आजको यस विशेष नारी दिवस कार्यक्रममा उपस्थिति हुनु भएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, सल्लाहकार, संस्थाका पदाधिकारीहरू, शाखाहरू, आजीवन सदस्य लगायत प्रत्यक्ष जोडिनु भएका तथा भर्चुअल्ली साथ् सम्पूर्णमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमका सभापति तथा विनेसाम केन्द्रीय अध्यक्षज्यूले सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रम विधिवत रुपमा समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *