३ मार्च २०२३
विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले २६ फेब्रुअरी २०२३/आइतवार ताइवानको नेशनल पिङ्तोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा साहित्यिक भेला साथसाथै बसिवियालो कार्यक्रम सम्पन्न गर्यो ।
उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले, विश्व नेपाली साहित्य महासङ्घ ताइवान शाखाका अध्यक्ष मनोज कंडेल, उपाध्यक्ष सुदर्शन पाण्डे, सचीव शंकर पन्थी (कार्यक्रम संचालक), कोसाधक्ष सुविन ज्ञवाली र सोही विश्वविद्यालौयामा अध्यन गर्ने अन्य नेपालीहरु सहभागी हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा पिङ्तोङ विश्बिवविद्श्वयालयमा स्नातकोत्तर सकेर नेपाल फर्किन लाग्नु भएको मनोज पन्तको बिदाइ पनि गरिएको थियो। कार्यक्रममा बोल्दै लेखनाथ काफ्लेज्युले ताइवानमा आएदेखी अहिलेसम्मको रोमान्चक कहानी बताउनु भयो। उहाँको विध्यार्थीकालदेखि प्रोफेसर हुँदा सम्मका सफलताका कथा र त्यस पछाडी लुकेका लगन, मेहनत र संघर्ष बारे जानकारी दिनु भयो। मनोज कंडेलले आफ्नो ताइवान बसाइँ र ताइवानमा नेपालीलाई जोड्न साहित्यले खेल्ने भूमिका बारे प्रकाश पार्नुभयो। अन्य उपस्थित सबैजानाले आआफ्नो अनूभव साझा गर्नुभयो।
देश बाहिर जादा सबैको आआफ्नै कथा भै नै हाल्छन्। तर पनि नेपालमा खासै चर्चामा नहुने ताइवान जस्तो देशमा आउँदा त केही र केही विशेष अवस्था वा कथा पक्कै हुन्छ। त्यसैले अब आउने मूलबाटोको तेह्रौँ अङ्कमा ताइवान बासी नेपालीहरुको ताइवान आउनु पछाडीको कहानी र यहाँ आए पछिको अनूभव समेट्ने योजना पनि उक्त कार्यक्रममा बन्यो।