१३ फेब्रुअरी २०२३,
विश्व नेपाली सहित्य महासङ्घ नेपाल शाखाले मासिक रुपमा भर्चुअल्ली गर्दै आएको रचना वाचन कार्यक्रम यसपाली पनि निरन्तरता दिंदै यही २९ माघ २०७९ आइतवार विनेसाम शाखा भक्तपुर जिल्लालाई जोडेर सिर्जना वाचन भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरियो I

विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ”जिज्ञासु”को अध्यक्षता र महासङ्घ केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। प्रेम दिवसको समेत अवसर पारेर आयोजित रचना वाचन विषेश कार्यक्रममा नेपाल शाखाकी उपाध्यक्ष सीता विष्ट कार्कीले स्वागत मन्तव्य सहित रचना वाचन गर्नुभएको थियो l
विनेसाम केन्द्रीय उपाध्यक्ष डेनजोङ सामपाङ राई, महासचिव सुनिता राई कन्दङ्गवा, कोषाध्यक्ष केवि पौडेल, सदस्य भीम विरही राई, देवीका मंग्राती राई, रीतादेवी प्रधान, भारतीय साहित्यकार सारिक रब्बानीको विषेश उपस्थितीमा सम्पन्न कार्यक्रम नेपाल शाखाका सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेलले सन्चालन गर्नुभएको थियो l
नेपाल शाखाका सल्लाहकार मणिराज सिंह, ऋषिराम सापकोटा, सहसचिव गङ्गा आचार्य सापकोटा, सुदूरपश्चिम प्रदेश ७ का सल्लाहकार कोपिला शर्मा, भक्तपुर शाखा अध्यक्ष रेणु घिमिरेले, सुरेश पाण्डे, ललिता जोसी ,चन्द्रावति अधिकारी, हितेश पौडेल, अरुणा शर्मा(हङअङ), प्रेम घिमिरे (महोतरी) करिब दुई दर्जन बढीको सहभागिता रहेको थियो आजको विशेष सिर्जना वाचन कार्यक्रममा I
