विनेसाम ताइवान शाखाद्वारा साहित्यिक जमघट

१२ फेब्रुअरी २०२३,

विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले यही फेब्रुअरी ११ तारिक ताइवानको औद्योगिक शहर थाइचुङमा साहित्यिक भेला तथा रचना वाचन कार्यक्रम सम्पन्न गर्यो । विश्व नेपाली साहित्य महासङ्घको ताइवान शाखाका अध्यक्ष मनोज कंडेलको सभापतित्त्वमा भएको साहित्यिक कार्यक्रमका प्रमुख अतिथि विश्व नेपाली साहित्य महासङ्घका वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा कविता, गजल, ब्यङ्ग, गीत र नृत्य प्रस्तुत गरिएको थियो। गजलकार जीवन श्रेष्ठज्यूले गजलको ऐतिहासिक पृष्ठभुमि र लेखन तरिकाबारे प्रकाश पार्नु भएको थियो। प्रमुख अथिति डा. काफ्लेले विश्व नेपाली साहित्य महासङ्घको स्थापना काल देखि अहिलेसम्मका विविध विषय र यो संस्थाले नेपाल बाहिर बस्ने नेपालीहरू माँझ नेपाली साहित्यको पहुँच बढाइ नेपाली भाषा सहित्यमा पुर्याएको योगदानको बारेमा जानकारी गराउनुभएको थियो।
सभापति मनोज कंडेलले यस्तो साहित्यिक कार्यक्रम ६/६ महिना गर्नुपर्ने र ताइवानका बढी भन्दा बढी साहित्य प्रेमीलाई संग्लग्न गर्नु पर्ने कुरा बताउनु भयको थियो।
मृगेन्द्रराज देवकोटाले संचालन गर्नु भएको उक्त कार्यक्रममा डा. लेखनाथ काफ्ले, डा बिजय कुमार जसवाल, डा सरोज अधिकारी, सुमन पाण्डे, जीवन श्रेष्ठ, प्रकृति रेग्मी, अस्मिता बिष्ट, सन्ध्या रिजाल, मनोज कंडेल, शुशिल अधिकारी, विजय जसवाल, मृगेन्द्र राज देवकोटा, सुर्य प्रसाद जैसी र कपिल अधिकारीको उपस्थिति थियो।

रचना वाचन;
डा. लेखनाथ काफ्ले: कविता
कपिल अधिकारी: कबिता हरु
मनोज कंडेल: कबिता
जीवन श्रेष्ठ: गजल हरु
सुमन पाण्डे: गजल
मृगेन्द्र राज देवकोटा: कविता र गित
सुर्य प्रसाद जैसी: नृत्य

Leave a Reply

Your email address will not be published.