विनेसाम नेपालद्वारा सिर्जना वाचन तथा भक्तपुर शाखा घोषणा

आज मिति २०७९ पौष ७ गते बिहिबार दिउँसो १२:३० बजे विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा र बागमती प्रदेश शाखाको सयुंक्त आयोजनामा बिशेष रचना वाचन र भक्तपुर जिल्ला शाखा गठन समारोह एक भब्य कार्यक्रमका बिच जेष्ठ नागरिक शिब कुमारी के.सी.लाई सम्मान गर्दै सम्पन्न गरियो।

उक्त समारोहमा ३० भन्दा बढि कवि तथा साहित्यकारहरूले आआफ्नो रचना वाचनका साथ शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेल जिज्ञाँसुज्यू र प्रमुख अतिथिको आतिथ्यता विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका साहित्य र सञ्चार विभाग प्रमुख दामोदर कुमार ढकाल ” दिपक”ज्यू ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका सचिव एवम् प्रथम शीत ईश्वर कृष्ण बहादुर के.सी.ले पृथक शैलीमा कविताबाटै आशन ग्रहण गराउँदै सञ्चालन गर्नु भएको थियो।

उक्त कार्यक्रमका अन्य विशिष्ट अतिथिहरुमा प्रा.डा. शैलेन्दु प्रकाश नेपालज्यू, कवि कृष्ण बहादुर के.सी.काे ममता मयी माता शिब कुमारी के. सी.ज्यू, विनेसाम केन्द्रका आर्थिक सचिव के. बि. पौडेलज्यू र विनेसाम नेपाल शाखा को सल्लाहकार मणि राज सिंहज्यू साथै अन्य अतिथिहरुमा विनेसाम नेपाल शाखाकी उपाध्यक्ष सीता बिष्ट कार्की, राष्ट्रिय सुसेली मञ्च नेपालको अध्यक्ष दुर्गा अधिकारी, वरिष्ठ साहित्यकार चन्द्रा न्याैपाने, सुशीला ढकाल अधिकारी, सूचिता काफ्ले, बासुदेव ठकुरी, विनेसाम बागमती प्रदेशका महासचिव माधव बिडारी, कवि धरणीधर गुरागाईँ, कवि सुरेशचन्द्र घिमिरे, पूर्व सेनानी टंक बहादुर खत्री, जिज्ञांसु पाैडेल तिलक, कुलेश्वर पुडासैनी, गुनु के. सी. राधिका रिमाल, भूमीका राई, रिता सिंह., गंगा प्रसाद तिवारी, सुबास सुबेदी, शिशिर ढकाल, विश्वास ढकाल, रेणु घिमिरे, संगीता ठाकुर लगाएत अन्य दर्जनौं साहित्यकारहरुको उपस्थिति रहेको थियो।

उक्त समारोहमा स्वागत मन्तव्य माधब बिडारीज्यूले कवितात्मक शैलीमा गर्नु भएको थियो। राष्ट्रियगान पछि कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिज्यु ले सयुंक्त रूपमा द्वीप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो। उक्त समारोहमा विनेसाम केन्द्रिय आर्थिक सचिव के.बि.पौडेल ज्यू र नेपाल शाखा का सल्लाहकार मणि राज सिंह ज्यू ले शुभकामना मन्तब्य राख्नु भएको थियो। त्यस्तै आदरणीय गुरु डा. शैलेन्दु प्रकाश नेपालज्यूले यस्ता साहित्यिक कार्यक्रम निरन्तर रूपमा गर्न र आफू हरतरहले सहयोग गर्न तयार रहेको बताउनभयो।

उक्त समारोहमा ११ सदस्यीय विनेसाम भक्तपुर शाखा गठनकाे प्रस्तावको नामावलि अध्यक्षज्यूले पढेर सुनाउनु भयो भने प्रमुख अतिथि ले टिका र खादा लगाई स्वागत गर्दै नवगठित पदाधिकारीहरुलाई कर्यसफलताकाे शुभकामना दिंदै आफू हरतरहले विनेसामको केन्द्रदेखि नेपाल , प्रदेश र जिल्ला शाखाको साहित्यिक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्न तयार रहेको बताउनु भयो।

भक्तपुर शाखा:-
अध्यक्ष :- रेणु घिमिरे
उपाध्यक्ष:-
सचिव:- संगीता ठाकुर
सह सचिव:- मोहिनी पाैडेल
कोषाध्क्ष:- सविता कोईराला
सदस्य:- राजबाबु श्रेष्ठ
सदस्य:- दुर्गा बराल
” जगत नेपाल
” भूमीका शर्मा
” तारा सुनुवार
“। श्री के .सी.
सल्लाहकार
मणिराज सिंह
डा. राधेश्याम ठाकुर

अन्त्यमा कार्यक्रम सम्पन्न भएकोमा अत्यन्त प्रसन्नता व्यक्त गर्दै नवगठित टीमलाई सफल कार्यकालको शुभकामना र सम्पूर्ण उपस्थित कवि तथा साहित्यकारज्यूहरुलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम समापन को घोषणा भयो।

सचिव
कृष्ण बहादुर के. सी.
विनेसाम नेपाल शाखा
कार्यक्रम संचालक

Leave a Reply

Your email address will not be published. Required fields are marked *