पारसमणि जयन्ती तथा सिर्जना वाचन सम्पन्न

१ जनवरी २०२३,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित आज १ जनवरी सन् २०२३/आइतवार १२५ औँ पारसमणि प्रधान जयन्ती, ग्रेगोरियन पात्रोनुसार आजबाट सन् २०२३ सालको सुरुवात तथा दसौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा भर्चुअल्ली भव्य रुपमा आजको विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्व तथा साहित्यकार डा जस योञ्जन प्यासीज्यूको प्रमुख आतिथ्य साथै विशिष्ट अतिथिमा श्री मिलन रुचाल, श्री उदयमणि प्रधान, डा टेक बहादुर क्षेत्री, डा बलराम पाण्डे, श्री शिबु क्षेत्रीज्यू हुनुहुन्थ्यो । साथै केन्द्रीय पदाधिकारीहरु, राष्ट्रिय शाखाहरू, प्रदेश, जिल्ला र आजीवन सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

विनेसाम केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लेखेनाथ काफ्लेज्यूको स्वागत मन्तव्यसँगै अघि बढेको साहित्यिक कार्यक्रममा विशिष्ट अतिथिज्यूहरूको विशेष मन्तव्य रहेको थियो नेपाली साहित्य आकाशमा वरिष्ठ साहित्यकार डा पारसमणि प्रधानज्यूको साहित्यिक योगदान सम्बन्धि महत्वपूर्ण कुराहरू राख्नुभयो ।

डा परसमणि प्रधान भारतीय नेपाली साहित्यका भानुभक्त हुन्, उहाँ स्वयम् संस्था हुन् भन्दै आफ्नो गहन मन्तव्य प्रमुख अतिथि डा जसज्यूले राख्नु भयो । आफ्नो एक्ला प्रयासमा शिक्षालाई सामान्य तहबाट विश्वविद्यालयसम्म पुर्याउने महान व्यक्ति हुनुहुन्थ्यो प्रा डा दिवाकर प्रधानज्यूले मन्तव्यमा राख्नु भयो । साथै आजको विशेष कार्यक्रममा साहित्यकार डा पारसमणि प्रधान बारे निकै महत्वपूर्ण कुराहरू आए प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूबाट ।

आजको यस विशेष कार्यक्रममा अङ्ग्रेजी नयाँ वर्ष, अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको शुभकामना आदानप्रदान गर्दै उपस्थित पदाधिकारीहरूले सुन्दर कविता, गजल, मुक्तक आदि वाचन गर्नु भयो । समग्रमा आजको कार्यक्रम निकै भव्य भयो ।

आजको कार्यक्रममा उपस्थित…

१) सभापति – सुरेन्द्र लिम्बू परदेशी (भारत)
२) प्रमुख अतिथि -डा जस योञ्जन प्यासी (दार्जिलिङ्ग)

_विशिष्ट अतिथिज्यूहरू..
३) श्री मिलन रुचाल (भारत)
४) श्री उदयमणि प्रधान (भारत)
५) डा टेक बहादुर क्षेत्री (भारत)
६) डा बलराम पाण्डे (भारत)
७) श्री शिबु क्षेत्रीज्यू (भारत)

८) प्रा डा भीम खतिवडा (दाङ//नेपाल)
९) प्रा डा दिवाकर प्रधान (काशी/भारत)
१०) डा गोकुल क्षत्रिय (भारत)
११) डा लेखनाथ काफ्ले (ताइवान)
१२) विजय हितान (बेलायत)
१३) बिलोक शर्मा (भारत)
१४) रेणु घिसिंह (भारत)
१५) डा नाज सिंह (मस्को/रसिया)
१६) पी प्रधान (भारत)
१७) पुर्णिमा जी शाह (हङकङ)
१८) भीम विरही राई (धरान/नेपाल)
१९) कल्पना पौडेल जिज्ञासु (नेपालगन्ज/नेपाल)
२०) कपिल अधिकारी (ताइवान)
२१) नारन सिटौला (काठमाण्डु/नेपाल)
२२) आयुष प्रधान (भरात)
२३) मंजुला तामाङ (दार्जिलिङ्ग)
२४) राहुल राई बोगिको (मणिपुर/भारत)
२५) रेणु घिसिङ् (भारत)
२६) सपन प्रधान (भारत)
२७) अम्बिका शर्मा (भारत)
२८) सुमन मेवाहाङ्(मोरङ्ग/नेपाल)
२९) अविशेक कोइराला ‘आसिस’ (भारत)
३०) मानार्थ चापागाईं (भारत)
३१) अन्जना गौतम (भारत)
३२) मान्नु शंकर (भारत)
३३) सीता देवी क्षेत्री (भारत)
३४) प्रनिता भुजेल (भारत)
३५) वाई के श्रेष्ठ (भारत)
३६) अन्जना क्षेत्री (भारत)
३७) मोहनराज खनाल (म्यान्मा)
३८) अमित थेबे (बेलायत)
३९) अर्पना ढकाल (भारत)
४०) सिर्जना सुब्बा (भारत)
४१) मौसम शर्मा (भारत)
४२) मणिराज सिंह (काठमाण्डु/नेपाल)
४३) संगीता प्रधान (भारत)
४४) नविन पौड्याल (भारत)
४५) उपासना शर्मा (भारत)
४६) पी श्रेष्ठ (भारत)
४७) मोहन गौतम (भारत)
४८) देवेन्द्र कार्की (
४९) सन्तोष राज (भारत)
५०) शान्ति भुजेल (सिक्किम/भारत)
५१) प्रेम न्यौपाने (भारत)
५२) मीना राई (भारत)
५३) दामोदर ढकाल दिपक (काठमाण्डौ/नेपाल)
५४) देविका मंग्राती राई (खर्साङ्ग/भारत)
५५) सुनिता राई कन्दङ्वा (इजरायल)

अन्त्यमा, आजको विशेष कार्यक्रम १२५औँ पारसमणि प्रधान जयन्ती, अङ्ग्रेजी नयाँ वर्ष तथा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको शुभकामना आदानप्रदान साथै सिर्जना वाचन कार्यक्रमको संचालन केन्द्रीय सदस्य देविका मंग्राती राईले गरिन् भने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, केन्द्रीय पदाधिकारीहरू, विभिन्न शाखाहरूबाट उपस्थित प्रतिनिधिहरू, आजीवन सदस्यहरू सम्पूर्णमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै विनेसाम केन्द्रीय अध्यक्ष तथा आजको कार्यक्रमका सभापति सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *